फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
वि. स. २०७८ भदौमा नेकपा (माओवादी केन्द्र)का एक नेता हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव रहेका मोहन वैद्य ‘किरण’ समक्ष पार्टी एकताको प्रस्ताव लिएर गएका थिए । किरणले उनको प्रस्ताव ठाडै अस्वीकार मात्रै गरेनन्, प्रचण्डलाई अस्थिर नेताको उपमा दिएर फिर्ता पठाई दिए। ‘कहाँ एकताको कुरा गर्नुहुन्छ, दक्षिणपन्थी अवसरवादसँग हुँदै हुँदैन भन्नुस् । उहाँ (प्रचण्ड)को लहड र उत्तेजनाले विश्वास टुटिसक्यो, एकताको सम्भावनै छैन,’ वैद्यले ती नेतालाई प्रतिउत्तर दिएर पठाए । वैद्यको भनाइको अर्थ थियो दक्षिणपन्थी अर्थात् ‘भारत परस्त नेता ।’ कम्युनिष्टलाई चलायमान बनाउन र माओवादी युद्धलाई रणनीतिक हिसाबले अघि बढाउने सन्दर्भमा वैद्य नेपालका एक वामपन्थी गुरु मानिन्छन् । माओवादी युद्धका सहयात्री रहेका वैद्यले प्रचण्डप्रति करिब एक दशक यता अविश्वासको दुरी बढाउँदै लगेका छन् । यसको कारण हो, पछिल्ला दिनहरूमा भारतको सत्ता राजनीतिसँग प्रचण्डको निकटता । उनका स्खलित अभिव्यक्ति पनि यसैसँग धेरै जोडिएका छन् ।
प्रचण्डले यही साता (गत सोमवार) एक कार्यक्रममा भारतका ट्रक व्यवसायी प्रितम सिंहको तारिफ गर्ने क्रममा यति उत्तेजक अभिव्यक्ति दिएका उनको त्यो बोली आफ्नै लागि आत्मघाती सावित भएको छ । सिंहले आफूलाई प्रधानमन्त्री बनाउन निकै मिहिनेत गरेको, दिल्ली धाएको र भारतका नेताहरूसँग छलफल गरेको भन्ने प्रचण्डको गैरजिम्मेवारी भाषणले अहिले उनलाई नै संकट परेको छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यम र संसद्मा समेत यसले हंगामा भएको छ । प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । यही अभिव्यक्तिलाई लिएर संसदमा एमालेसहित रास्वपा र राप्रपाले प्रचण्डको राजीनामा मागिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रितम सिंहको परिवारसँग निकट सम्बन्ध रहेको र त्यहीअनुसार प्रचण्डको भावना प्रस्फुटन भएको प्रष्टीकरण दिएको छ । प्रचण्डको नियत सही भएको र बाहिर आएका हल्लाजस्तो आसय गलत नभएको सचिवालयको दाबी छ । यही आलोचनालाई स्वयं प्रचण्डले पनि खण्डन गर्दै अन्य कार्यक्रममा उही भनाइलाई थप पुष्टि हुनेगरी बोल्दै आएका छन् । तर, प्रचण्डको जिकिरमा कोही पनि विश्वस्त हुन सकिरहेका छैनन् ।
प्रचण्ड किन भारततिर लहसिए ?
तत्कालीन नेकपा माओवादीले जनयुद्ध अवधिभर कार्यकर्ता र लडाकुको दिमागमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद शब्द रचना गरेर विरोधको मूलमन्त्र तयार गरिदिएको थियो । अध्यक्ष प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिँदा भारतको विरोध गर्न उक्साउने भाषण गरिदिन्थे । उनको यो आदेशलाई कार्यकर्ताले पालना गरेर खुब भारतको विरोध गर्दै आए । तर, स्वयं प्रचण्ड भने युद्धको रणनीति तयार गर्न भारतीय भूमि पुग्थे । त्यतिबेला युद्धमा प्रयोग गर्ने हतियार नै भारतीय विभिन्न सशस्त्र समूहबाट ल्याउँथे । माओवादी युद्धको पृष्ठभूमि केलाउँदा यी तमाम कुरा स्वयं माओवादी नेताहरूले बताउँदै आएका छन् ।
माओवादीका यी क्रियाकलाप नजिकबाट नियालेको चीन प्रचण्डको भारतसँगको हिमचिमप्रति रुष्ट हुँदै आएको थियो । गणतन्त्र आउँदा पहिलो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले चीनलाई मनाउन भरमग्दुर प्रयास गरे । तर, चीनले पत्याएन । उल्टो उनलाई चीनले माओवादी पार्टी नाममा आपत्ति जनायो । माओको मार्गदर्शन पछ्याएर पार्टीको नाम नै माओवादी राखेका प्रचण्डले चिनियाँ महान कम्युनिष्ट नेता माओत्सेतुङको नाम भजाएको आरोप खेपेका छन् ।२०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको ड्राफ्ट नै दिल्लीमा भएको प्रचार बाहिरिएपछि चिनियाँ कम्युनिष्ट पार्टी प्रचण्डसँग रुष्ट हुँदै आएको थियो । सम्झौता नेपालमा भए पनि दिल्लीले मध्यस्थता निभाएको घटना बाहिरिएपछि प्रचण्डले माओको नाम भजाएर राजनीति स्वार्थ पूरा गर्न खोजेको चीनले आरोप लगाउँदै आएको छ । तर यो कुरा माओवादी नेताहरूले इन्कार गर्दै आएका छन् ।
जब प्रचण्ड पहिलो पटक ०६५ साउनमा प्रधानमन्त्री भएपछि चीनले पटक–पटक माओको नाममा आपत्ति प्रकट गर्दै आयो । त्यसपछि प्रचण्ड चीनभन्दा बढी भारतको संस्थापन राजनीतितिर झन् बढी नजिकिन पुगे । यहींबाट प्रचण्डको भारतीय संस्थापन राजनीतिप्रतिको निकटता यति धेरै बढ्यो कि पछिल्लो पटक ‘प्रधानमन्त्री हुन दिल्ली जानू’को चर्चा प्रचण्डको शिरमाथि बर्सियो । पछिल्ला दिनहरूमा भारत परस्त नेताको आशंकाबाट घेरिएका प्रचण्ड आफूमाथि लागेको आरोप चिर्न असफल भएका छन् । उनले न सिमाना विवादको प्रसंगमा कहिल्यै बोलेका छन्, न भारतले जारी गरेको अखण्ड भारतको नक्सामा आपत्ति जनाएका छन् । यही आशंका बढिरहेका बेला भारतीय नागरिक प्रितम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको विषयमा सबैलाई गम्भीर बनाएको हो । प्रचण्ड बहकिए वा वास्तविक बकेका हुन्, गम्भीर बहसको विषय बनेको छ ।
ताली नपाउँदै गाली !
नक्कली भुटानी शरणार्थीदेखि ललिता निवास प्रकरणमा मुछिएका व्यक्तिको अनुसन्धान शुरू गर्दा सरकारप्रति जनताको विश्वास जाग्दै थियो । सरकार प्रमुखको नाताले यसको जस प्रचण्डले पाउनेवाला थिए । उनको प्रशंसा शुरू भइसकेको पनि थियो । तर, जब सार्वभौम मुलुकको प्रधानमन्त्री अन्यत्र कतैबाट सञ्चालित भएजस्तो आचरण प्रचण्डमा देखियो, तब सरकारले गरेका राम्रा कामहरू ओझेलमा पर्ने अवस्था सृजना भयो । यसै त नेपाल बेलाबेलामा भूराजनीतिक चेपुवामा पर्दै आएको छ । त्यसमाथि सार्वभौम मुलुकको सरकार प्रमुखको ढुलमुले प्रवृतिले धेरैलाई हैरान बनाएको छ ।
देशभित्र भ्रष्टाचार विरुद्धको कार्यलाई अघि बढाएका प्रचण्ड स्याबासीको भागिदार छन् नै । तुलनात्मक रूपमा अघिल्ला सरकारभन्दा सुशासनको पक्षमा काम भएका संकेत पनि बाहिर आएका छन् । जनताले यी मात्र हेरेका हुँदैनन् । हाम्रा प्रधानमन्त्री कतिको राष्ट्रवादी छन् भन्ने पनि नियालिरहेका हुन्छन् । भारत भ्रमणमा इपीजी प्रतिवेदन प्रचण्डले उठाउलान् भनेर नेपाली जनताले हेरिरहेका थिए । तर, उनले सिमाना विवादको विषय नै उठाएनन् । नेपाल भारतबीच देखिएका सिमाना विवादका विषय इपीजी प्रतिवेदनमा उल्लेख छ । भारत यो प्रतिवेदनप्रति वास्तै गर्दैन । भारत सरकारले जारी गरेको अखण्ड भारतको नक्साप्रति बंगलादेश र पाकिस्तान सरकार प्रमुख बोल्दा नेपाल भने चुपचाप बस्दा नेपाली जनताको प्रधानमन्त्री प्रचण्डप्रति हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा ताली आउन नपाउँदै भारत रिझाउन शिर झुकाएको आरोपको गाली प्रचण्डमाथि बर्सिन थालेको छ ।
प्रचण्डको हुस्सु बोली !
आफ्नो नेतृत्वमा भएको तत्कालीन माओवादी युद्ध सही भएको पुष्टि गर्न पाँच हजार नेपाली जनता मारेको जिम्मेवारी म लिन्छु भनेर प्रचण्ड चरम विवादमा तानिए । स्वयंले अपराध कबोल गर्दा किन प्रचण्डलाई कारवाही नगरेको भन्ने आवाज चौतर्फी उठ्यो । चार वर्षअघि उनले १२ हजार तत्कालीन राज्य र पाँच हजार जना जनता आफूले मारेको जिम्मा लिनुपर्ने बताएर थेगिनसक्नु विरोधको सामना गरे । आफ्नै बोलीका कारण यही विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको छ । कुन दिन अदालतले उनको बोलीलाई प्रमाणको आधार बनाएर फैसला गर्ने हो टुंगो छैन ।
२०७९ साउन १ गते जापान पुगेर यस्तै अनियन्त्रित बोलेका थिए । जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नेपाल भ्रमण गरेको र आफूले भेटेको बताएर प्रचण्डले आफूलाई हुस्सु सावित गरेका थिए । आबेले नेपालको भ्रमण कहिल्यै गरेका थिएनन् । तर, पनि प्रचण्डले बेहोसीमै यस्तो अनेक बोलेर धेरैलाई स्तब्ध बनाएका थिए । यी र यस्ता कयौं प्रचण्ड बोली छन्, जुन बोलीले धेरै पटक प्रचण्डलाई हुस्सु सावित गरिदिएको छ ।
प्रचण्ड हतारमा बोल्छन् र फुर्सदमा मजाले पछुताउँछन् । तुरुन्त क्षमा मागिहाल्छन् । क्षणभरमै मुड परिवर्तन गर्न सक्ने र तुरुन्त बदलिने उनको बानी अद्भुत छ । शेरबहादुर देउवासँग मुर्मुरिंदै एक्कासि बालकोट पुगेका प्रचण्ड केपी ओलीसँग अंगालो मारेरै प्रधानमन्त्री पद प्राप्त गरेका थिए । युवा अवस्थामा जुरुक्क हुनेगरी कुम हल्लाउँदै बोल्ने उनको शैली अहिले पनि उस्तै छ । उनी बोल्दा भावनामा मात्रै बहकिँदैनन्, चरम उत्तेजनात्मक अभिव्यक्ति दिन्छन् । उनको उत्त्तेजक शैलीले कयौं पटक आफूप्रतिको भरोसा टुटाइसकेका छन् । कयौं पटक वामपन्थी विश्लेषकहरू उनीमाथि भरोसा स्खलित नेताको रूपमा चित्रण गर्दै आएका छन् । पुराना कम्युनिस्ट नेता मोहन वैद्यले भने झैं के प्रचण्ड दक्षिणपन्थी अवसरवादी नेता नै हुन त ? यो आरोप प्रचण्डले कसरी चिर्न सफल हुन्छन् ? वैद्यले मात्र नभई अहिले चौतर्फी रूपमा उठेको यो प्रश्नको उत्तर प्रचण्डले कसरी देलान् ? दिन प्रतिदिन आफ्नै बोलीले गलपासो बनाएको भारत परस्त आरोपको गाँठो फुकाउन प्रचण्डलाई थप समस्या हुने देखिएको छ । पछिल्लो समय प्रितम सिंह रूपी अर्को डोरीको पारिदिएको गाँठो फुकाउन प्रचण्डलाई ‘फलामको चिउरा चपाए’ सरह कठिन हुने संकेत देखिएको छ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...