×

NMB BANK
NIC ASIA

आधुनिक कृषि

क्यानडाको पीआर त्यागेका गजेन्द्र शर्मा : कृषि उद्योगमा ४ करोडको लगानी

विराटनगर | असार २३, २०८०

NTC
Premier Steels

अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा गएर बस्न युवाहरूले नेपाली नागरिकता नै त्याग्ने गर्छन् । नक्कली शरणार्थी बनेर विदेश जान खोज्नेको लर्काे समेत चर्चामा आउँछ ।

Muktinath Bank

तर विराटनगरका एक युवा भने विदेशमा कमाएको करोडौं रुपैयाँ नेपाल ल्याएर लगानी गरिरहेका छन् । विराटनगर महानगरपालिका–१२ दरैयाका गजेन्द्र शर्मा २ वर्षदेखि आधुनिक कृषिमा लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शर्माले १४५ गाई पालेका छन् । दैनिक १ हजार १०० लिटर दूध उत्पादन गर्छन् । फर्ममा दानापानी दिने, गोबर पखाल्ने, दूध दुहुने सबै काम ‘अटोमेटिक’ हुन्छ । त्यहीँ फर्ममै साइलेज फ्याक्ट्री छ । दाना उद्योग पनि त्यहीँ छ । गाई फर्मको रेखदेखका लागि पञ्जाबबाट स्पेसल डाक्टर ल्याएर उनले रोजगारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

उद्योगमा अहिलेसम्म ४० करोड लगानी भइसकेको उनी बताउँछन् । ५ बिघा जग्गामा शुरू भएको फर्ममा अहिले ३२ जनाले रोजगारी पाएका छन् । 

Vianet communication

उनी अहिले पनि विश्वविख्यात होटल सञ्चालक कम्पनी हिल्टनका उच्च ओहोदाका कर्मचारी हुन् । अहिले दुबईमा हिल्टनले सञ्चालन गरेको पाँचतारे होटलमा उनी म्यानेजर पदमा कार्यरत छन् । त्यसभन्दा अगाडि उनी चाइनामा थिए । उनकी पत्नी र २ छोरा अस्ट्रेलियामा छन् ।

सन् २००७ मा क्यानडामा उनले पीआर पाएका थिए । आफू जन्मे–हुर्केको ठाउँमा गएर केही गर्ने लक्ष्यका कारण पीआर त्यागेको उनले बताए । उनलाई छोराहरूले अहिले पनि अस्ट्रेलिया बोलाइरहेका छन् । २ छोराले नै पीआर पाइसकेको उनले सुनाए । चीनले कृषिमा आकर्षित गरेको उनले बताए ।  

पहिलो फेजको काम सकिएको र अब ८८ वटा गाई थप्नका लागि संरचना निर्माण भइरहेको उनले बताए । अहिलेको ४० करोड लगानीमध्ये १० करोड जति ऋण रहेको उनी बताउँछन् । अहिले दैनिक ४६ लिटरसम्म दूध दिने होलिस्ट्रियन जातका गाई फर्ममा रहेका छन् ।
 
उनले गाईका लागि घाँस तथा दानापानी उत्पादन गर्ने हेतुले सुनसरीका किसानलाई अग्रिम ४० प्रतिशत भुक्तानी गरेर मकै उत्पादनमा प्रोत्साहन गरेका छन् । किसानहरू पनि खुशी छन् । देवागंज गाउँपालिका–५ का २० परिवारले ३० बिगाहाभन्दा बढी क्षेत्रफलमा मकै खेती गर्ने गरेका छन् । ‘पहिला चाहिँ दाना छोडाएर दिनुपर्थ्यो, त्यही पनि समयमा पैसा पाइँदैन्थ्यो,’ देवांज–५ का राजेन्द्रप्रसाद साहले भने, ‘ढोड सहितको दाना लाग्दै गरेको मकै बिक्री हुने गरेकाले थोरै फाइदा छ ।’

दाना लाग्न थालेपछि कृषकले शर्माको फर्मलाई बेच्ने गरेका छन् । ३ महिनामै बोट सहितको मकै बिक्री हुन थालेपछि किसानले २ बाली मकै लगाउने गरेका छन् । उद्योगले गाईको खान्कीका लागि ८०० टन साइलेज आफैं बनाएर राखेको छ ।

बञ्जरा एग्रो, दरैया प्लास्टिक उद्योग र कुन्ती क्याटल फोडर सबै उद्योग एकठाउँमा सञ्चालन गरिरहेका छन् शर्माले । गजेन्द्रका ५२ वर्षका बुवा गोविन्दप्रसाद बञ्जरा मोरङ सुगर मिलका कार्यालय सहयोगी थिए । उनकी आमा रुक्मिणी बञ्जरा ठेक्कापट्टामा खेतीपाती गर्थिन् । उनले विराटनगरकै मिल्स माध्यमिक विद्यालयमा पढेका थिए । २०४२ सालमा एसएलसी गरेका गजेन्द्रले त्यसपछि महेन्द्र मोरङमा आईकम गरे । आईकममा उनले ९७ प्रतिशत नम्बर ल्याएका थिए । उनले क्याम्पसमा उत्कृष्ट विद्यार्थी भएर पढेका थिए ।

null

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका पीए अमोद कटवालको पशुपति एक्सप्रेस बस थियो । त्यो रात्रिबस  मोरङबाट काठमाडौं जान्थ्यो । अमोदको सहयोगमा उनी १५५ रुपैयाँ बुवासँग मागेर भविष्य खोज्दै काठमाडौं गएका थिए ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट उनले व्यवस्थापनमा स्नातकको पढाइ सके । शंकरदेवमा पढ्दापढ्दै काठमाडौंमा जुद्धबहादुर श्रेष्ठलाई काममा लगाइदिन आमोदले अनुरोध गरेका थिए । जुद्धबहादुरले छोरा विनोदबहादुर श्रेष्ठको कार्पेट फ्याक्ट्रीमा महिनाको ९०० रुपैयाँ तलब दिने गरी २०४८ सालमा काममा लगाइदिए ।

उद्योगमा काम गर्दै गजेन्द्रले विद्यार्थीलाई ट्युसन पढाउने गरेका थिए । 

उनी त्यो उद्योगको मेनेजर पनि भए । उद्योगले उत्पादित सामान विदेश निर्यात गर्थ्यो । उद्योगकै कारण उनले स्वीटजरल्याण्डका नागरिकसँग काम गर्ने अवसर पाए । उनलाई स्वीटजरल्याण्डका नागरिकले  होटल म्यानेजमेन्ट पढ्न जान सुझाव दिएका थिए । सोही सुझावका आधारमा उनी होटल म्यानेजमेन्ट पढ्न स्वीटजरल्याण्ड गए । त्यहाँ उनले होटल म्यानेजमेन्टमा डिग्री हासिल गरे । डिग्रीपछि उनले कामको अवसर पाए । २३ वर्षदेखि उनले त्यही होटलमा काम गरिरहेका छन् ।

nullभियाना, अस्ट्रेलिया, कतार, अवुधावी, चाइना, क्यानडा, थाइल्यान्ड र दुबईमा पनि उनले काम गरे । आफूले गरेको काम र पाएको पारिश्रमिक ल्याएर कृषि क्षेत्रमा लगानी गरेको उनी बताउँछन् । 

कोशी प्रदेश सरकारले पनि विदेशबाट आएर नेपालमै केही गर्ने युवालाई प्रोत्साहन गर्ने बताउँदै आएको छ । अघिल्ला वर्षमा अनुदानमा मनपरी भएकाले अब अनुदान नभई उत्पादनसँग जोड्ने खालको कार्यक्रम ल्याएको कोशी प्रदेश सरकारका कृषिमन्त्री भक्ति सिटौलाले बताए । सरकारबाट शर्माजस्ता उद्यमीलाई कस्तो सहयोग हुन्छ ? हेर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x