मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
काठमाडाैं | साउन ३, २०८०
असार महिनाभरमा तीनवटा मात्र नेपाली फिल्म प्रदर्शनमा आए । ८ गते ‘अन्तिम संस्कार’ नामक फिल्म रिलिज भयो ।
१४ गतेबाट ‘परस्त्री’ प्रदर्शनमा आयो । गत शुक्रवार (असार २९) बाट फिल्म ‘बगान’ रिलिज भयो । यससँगै अर्को फिल्म ‘बिहे पास’ पुनः प्रदर्शनमा आयो ।
साउन महिनामा रिलिज हुने फिल्मको संख्या पनि निकै कम छ । ५ गते ‘लुङा’ नामक फिल्म प्रदर्शनमा आउँदैछ ।
सोही दिनका लागि ‘ढाक्रे’ नामक फिल्मले पनि प्रदर्शन मिति तय गरेको थियो, यद्यपि सो फिल्म निर्धारित मितिमा प्रदर्शनमा आउने सम्भावना एकदमै कम देखिएको छ ।
साउन १९ मा ‘अदृश्य’ नामक फिल्म प्रदर्शनमा आउँदैछ । साउनमा यीबाहेक अन्य फिल्मको चर्चा सुनिएको छैन ।
भदौमा भने फिल्म रिलिज गर्नका लागि हानथाप नै देखिएको छ । भदौ १ गतेका लागि फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले प्रदर्शन मिति तय गरेका छन् ।
उक्त मितिमा यसअघि ‘नम्बरी सुन’ले पनि प्रदर्शन मिति तय गरेकोमा उक्त फिल्म भने पछाडि सर्ने बुझिएको छ ।
भदौ ८ मा ‘जय हो’ नामक फिल्म रिलिज हुनेछ । १४ मा दुई नेपाली फिल्महरू एक आपसमा भिड्नेछन् ।
‘ऐंचोपैंचो’ र ‘गणपति’ फिल्मले प्रदर्शनका लागि उक्त मिति घोषणा गरेका छन् । भदौको २१ गते बलिउड अभिनेता साहरूख खानको फिल्म ‘जवान’ प्रदर्शनमा आउने भएपछि उक्त मिति रोज्न नेपाली निर्माताहरू हिच्किचाइरहेका छन् ।
भदौ २९ मा भने आशातीत दुई नेपाली फिल्म भिड्ने तय भएको छ । ‘नाङ्गो गाउँ’ र ‘एक भगवत् गीता’ले प्रदर्शनका लागि उक्त मिति रोजेका हुन् ।
यसरी हेर्दा भदौ महिनामा ७ वटा फिल्म रिलिज हुने तय अहिल्यै भइसकेको छ । भदौमा यीबाहेक अरू फिल्महरू समेत थपिने सम्भावना देखिन्छ ।
असोज, कात्तिकमा पनि थुप्रै फिल्म प्रदर्शनमा आउनेछन् ।
विगतदेखि नै हेर्दा फिल्म रिलिजका लागि निर्माताहरूको रोजाइमा बिदाको समय पर्ने गरेका छन् । नयाँ वर्ष, तीज, दशैंतिहारमा फिल्म रिलिजको चाप बढी हुने गरेको छ ।
असार, साउन भने विगतदेखि नै निर्माताहरूको कम रोजाइमा पर्दै आएको छ । प्रचार–प्रसार खासै नभएका, तुलनात्मक रूपमा सानो बजेटका फिल्महरू यतिबेला प्रदर्शनमा आउने गरेका छन् । फिल्म क्षेत्रको माहोललाई नियाल्दै आएका पत्रकार रघुनाथ सापकोटा असार–साउनमा फिल्मको खडेरी देखिनु नौलो कुरा नरहेको सुनाउँछन् ।
चलचित्र पत्रकार संघका महासचिव समेत रहेका सापकोटाले भने, ‘विगतमा पनि असार–साउनमा फिल्मको खडेरी हुने गरेको थियो । झरी परिरहने भएकाले दर्शक हलसम्म आउन गाह्रो मान्ने बुझाइ निर्माताहरूमा पाइन्छ ।’
चलेका ब्रान्डका फिल्म यो सिजनमा कमै प्रदर्शनमा आउने गरेका छन् । ‘असार–साउनमा फिल्म चल्दैनन् भन्नेचाहिँ होइन, राम्रो भनिएका फिल्म यति बेला चलाउन निर्माताहरूले आँट गर्दैनन् । सामान्य फिल्म रिलिज हुन्छन्, ती अपेक्षित चल्दैनन्,’ सापकोटा भन्छन् ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन पनि 'हाइप क्रिएट' गरेका फिल्महरू यतिबेला रिलिज गर्न निर्माताहरू डराउने गरेको सुनाउँछन् । यद्यपि, कन्टेन्ट बलियो भएका फिल्महरू बाह्रै महिना चल्ने धारणा उनको छ ।
‘सामान्य फिल्मका लागि त वर्षाले केही हदसम्म असर गर्न सक्छ, तर फिल्म नै राम्रो छ । एक किसिमको हाइप बनाएको छ भने वर्षाले खासै असर गर्छ जस्तो लाग्दैन,’ उनले उदाहरण दिँदै भने, ‘असारमै दर्पण छायाँ फिल्म रिलिज भएर एकदमै चलेको थियो । कन्टेन्ट भयो भने फरक पर्दैन । कन्टेन्ट भएन भने विभिन्न कुराले असर गरिरहेको हुन्छ ।’
राम्रो कन्टेन्ट भएको फिल्मलाई असर नपर्ने भए पनि ठूला फिल्महरू यतिबेला रिलिज गर्न निर्माताहरू डराउने गरेको उनले बताए । रिलिज भएर पिकअप लिइसकेका फिल्मलाई पनि वर्षाले असर नगर्ने धारणा उनको छ ।
उदाहरणस्वरूप वैशाखमा रिलिज भएर अहिलेसम्म चलिरहेको फिल्म ‘जारी’लाई लिन सकिने उनी बताउँछन् । पछिल्लो समय प्रदर्शनमा आएका फिल्महरू नचल्नुको कारण सम्बन्धित फिल्म स्वयं भएको उनको धारणा छ ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...