×

NMB BANK
NIC ASIA

अमेरिकाबाट नेपाल आउँदा विमानस्थलबाट गहना चोरियो

कात्तिक २०, २०७४

NTC
Premier Steels
Goldकाठमाडौं, २६ पुस — नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन तस्करी भएको घटना सेलाउन नपाउँदै त्यहीँबाटै लाखौंका गरगहना चोरिएको खुलासा भएको छ ।

छोरीको विवाहको लागि अमेरिकाबाट आमाले बोकेर ल्याएका गहना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको उजागर भएको छ । विराटनगरकी सीता चन्दा ओझा आचार्यले अमेरिकाबाट बोकेर ल्याएको गहनाहरू त्रिभुवन विमानस्थलमा ओर्लेपछि चोरिएको हो । यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत उजुरी परेको छ ।

यसरी चोरियो गहना

पुस १७ (जनवरी १) मा आचार्य अमेरिकाबाट चीनको ग्वान्जाउ ट्रान्जिट बनाएर नेपालतर्फ उडिन् । उनले आफ्नो सबै सामग्री ब्यागेजको रूपमा विमानभित्र राख्नको लागि दिइन् । छोरीको विवाहको लागि बनाएका गरगहना सहितको सानो ‘ह्यान्ड क्यारी’ चाहिँ हातैमा बोकेर विमान चढिन् ।

चीनको ग्वान्जाउमा ट्रान्जिट प–यो । त्यहाँ तीन घण्टा बिताएपछि नेपाल आउन अर्को जहाज चढिन् । नेपाल आउने जहाजमा यात्रु सिटमाथिको –याकमा उनको ब्याग अटेन । एयर होस्टेसहरूले झोला अलिकति ठूलो भएकोले त्यसलाई पनि होल्ड ब्यागेजमा राख्न अनुरोध गरे ।

उनीहरूले जहाज सानो भएकोले झोला आफूहरूले नै राखिदिने बताएका थिए । आचार्यले एयर होस्टेसले भनेजस्तै गरिन् । तर त्रिभुवन विमानस्थल उत्रिएर ब्यागेज लिने बेलामा चाहिँ त्यो सुन राखिएको झोला फोडिएर आयो ।
फोडिएर आएपछि शंका भयो, उनले त्यहीँ खोलेर हेरिन् । सुन चोरिएको रहेछ । आफन्तहरूको सहयोगमा विमानस्थल प्रहरीमा खबर समेत गरिन् ।

‘अरू ब्यागेजभन्दा आधा घण्टा ढिलो गरी सो झोला विमानस्थलमा प्राप्त भएको थियो,’ उनका आफन्त हरि काफ्लेले लोकान्तरसँग भने, ‘हामीले राति दुई बजेसम्म त्यहीँ बसेर विमानस्थलका कर्मचारी र प्रहरीलाई खोजिदिनको लागि अनुरोध गरेका थियौं, तर अहिलेसम्म पनि खोजी भएन ।’

काफ्लेका अनुसार सो झोलामा चोक्कर हार, रानी हार, हरियो पोते भएको तिलहरी, कानको झुम्का २, चुरा दुई, सुनको औंठी ३ र हीराको औंठी रहेको थियो । एकमुष्ट नौ तोला सुन भएको झोला फोडिएसँगै त्यहाँ भएको सबै समान चोरी भएको छ ।

उनीहरू चाइना साउथ एयरलाइन्सको विमान चढेर नेपाल आएका थिए । काफ्ले विमानमा झोला लोड÷अनलोड गर्ने कर्मचारी र उनीहरूलाई जाँच्ने प्रहरीले आफूहरूको झोला फोडेको हुन सक्ने आरोप उनले लगाएका छन् । उनका अनुसार सिसिटिभी फुटेजहरू हेर्दा विमानदेखि ब्यागेज लिने काउण्टरसम्म कुनैपनि गलत काम नभएको देखिएको छ । सो काम विमानभित्रै भएको उनले बताए ।

तर विमानस्थल प्रहरीले चाहिँ विमानस्थलमा कार्यरत प्रहरी तथा अरू कर्मचारीबाट झोला फोड्ने काम नभएको बताएको छ । विमानस्थलका डिआइजी गोविन्द निरौलाले सो झोला ग्वान्जाउमै फोडिएको हुन सक्ने बताए ।
‘बहुमूल्य समान बोक्दा त्यसको रिसिट लिनुपर्ने हुन्छ,’ उनले लोकान्तरसँग भने, ‘अहिले आएर प्रहरीले चो–यो भन्ने जस्तो कुरा गरेर त हुँदैन नि ।’ उनका अनुसार ग्वान्जाउमै यात्रुले बहुमूल्य समान होल्ड ब्यागेजमा राख्ने बेलामा सोको रिसिभ लिनुपर्छ ।

‘अमेरिकाबाट आएको मान्छेलाई चीन आउँदासम्म त्यो ब्याग ठूलो हुँदैन, तर चीन आएपछि ठूलो भने भनेर अन्तै राख्न पठाउँछ,’ निरौलाले भने, ‘अनि एयर होस्टेसहरूले पनि रिसिट नदिइकनै सामान्य प्रकारको ट्याग लगाएर झोलालाई होल्ड ब्यागेजमा राखिदिन्छन्, यो यात्रु र एयरलाइन्सको पनि कमजोरी भयो ।’

उनले त्रिभुवन विमानस्थलमा गलत काम भएको नभेटिएको बताउँदै झोला चीनमै फोडिएको हुन सक्ने बताए । अरु यात्रुहरूको पनि दोहा, दिल्ली, चीन लगायतका ट्रान्जिटमा झोला फोडिने गरेको उनले बताए ।

निरौलाले सम्बन्धित एयरलाइन्सले नै यसको जवाफ दिनुपर्ने बताए । ‘थप अनुसन्धानका लागि हामीले काम गरिरहेका छौं, तर यसमा यात्रु र एयरलाइन्स दुवैको गल्ती छ,’ उनले भने, ‘विमानस्थलमा झोला फोडिनसक्छ भनेर लोडरहरूलाई तीखो वस्तु लिएर विमानमा जान समेत हामीले निषेध गरेका छौं ।’

पीडित आचार्यले सम्बन्धित एयरलाइन्स, विमानस्थल प्रहरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायमा आफ्नो समान चोरी भएको भन्दै उजुरी दिएकी छिन् । विमानस्थलबाट सुन तस्करी भएको घटना सेलाउन नपाउँदै व्यक्तिको सुन चोरिएको घटना सोमवार प्रधानमन्त्री कार्यालयमा समेत चर्चाको विषय बनेको थियो ।
Application2
‘विमानस्थलमा चोरीका घटना दैनिकजसो हुन्छन् भनेर जिम्मेवार अधिकारीको कुराले खिन्न बनाएको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘पहुँचवालाले सामान फिर्ता पाउने, निर्दोषको सामान हराउने घटना भइरहेको रहेछ ।’

विमानस्थलबाट यात्रुका लगेज फोरिने घटनाले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको छवि धुमिल बनाएको छ । यात्रुका लगेज फोरिएको विषयमा संसदीय समितिले यसअघि पटक–पटक चासो राखेको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x