×

NMB BANK
NIC ASIA

नेपालमा ७८ हजार मानिसमा बिर्सने रोग, कसरी बच्ने ?

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौं, ५ असोज– कहिलेकाही हामी सामान्य कुरा पनि विर्सीरहेका हुन्छौं । आफैसंग भएको मोवाइल फोन, पर्स, सवारी साधन या घरको चाँबी होस् वा अरु कुनै सामान कहाँ राखेको हुन्छौं थाहै पाउदैनौं । तर एकछिन पछि हाम्रो होस खुल्छ । राखेकोे ठाउँ संझन्छौं ।

यो कुनै रोग भने होइन । जब हामी सामान हराएपछि त्यसको बारेमा चिन्तन गरिन्छ । कहाँ राखेको छु भनेर सोच्न थाल्छौं । अनि याद पनि आउछ । यो मानिसलाई कहिलेकाही हुने गर्दछ ।

तर जब उमेर बढ्दै गएपछि विर्सने बानी हुन्छ । हाम्रा बा आमाले आफ्नो सामान हराउछन् । र उनीहरुलाई हराएको समानको बारेमा चासो नै हुदैन भने चाँहि यसलाई सामान्य रुपमा लिनु हुदैन । किनकि यो विर्सने रोग अर्थात अल्जाइमरको लक्षण हुनसक्छ ।

विशेषगरी ६० वर्षको उमेर पछि वृद्धवृद्धाहरुले आफूले खाना खाइसकेपछि खानै पाएको छैन भन्ने र एउटै कुरा बारम्बार दोहो¥याएर किचकिच गरीरहन छन् भने उनीहरुमा अल्झाइमरको लक्षण देखिएको हो ।

अल्जाइमर रोग भनेको मानिसको संझने सक्ने क्षमतामा कमि हुनु हो । वृद्धा अवस्था सुरुभएपछि धेरै मानिसमा अल्जाइमर रोग लाग्न सक्छ । यहि अल्जाइमर रोग बारे जनचेतना फैलाउन हरेक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर महिनाको रुपमा लिइन्छ ।

सन् १९९४ देखि सेम्टेम्बर २१ लाई विश्व अल्झाइमर चेतना दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको दिन अल्जाइमर रोगबाट पीडित व्यक्ति, तिनका परिवार, स्याहारकर्ता र यस रोगसँग सम्बन्धित कार्य गर्ने संघ संस्थाहरुले विभिन्नकार्यक्रमको आयोजना गरि अल्जाइमर रोग बारेमा जनचेतना फैलाउने कार्य हुने गरेको छ । यस वर्ष पनि गत सोमबार हामीलाई सम्झ भन्ने नाराका साथ नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र अल्जाइमर विस्मृति समाज नेपालको संयुक्त आयोजनामा २४ औं विश्व अल्जाईमर चेतना दिवस मनाइएको छ ।


के हो अल्जाइमर रोग

विशेष गरी वृद्धा अवस्था सुरु भएसंगै अल्जाइमर रोग लाग्ने गर्दछ । नेपालमा ७८ हजार व्यक्तिमा अल्जाइमर अर्थात विर्सने रोगको समस्या रहेको विश्व अल्जाइमर रोग संघको अनुमान छ । हरेक ३ सेकेण्डमा एक व्यक्तिमा अल्जाइमर रोग लाग्ने अल्जाइमर विस्मृति समाज नेपालका महासचिव मनोहर उप्रेतीले बताए ।

उप्रेतीका अनुसार अल्जाइमर रोग पहिलादेखि नै मानिसमा देखिदै आएको भएपनि यसको बारेमा जानकारी र चासो कसैमा थिएन । वि. सं. २०६६ सालमा नेपाल सरकारको सहयोगमा अल्जाइमर रोगको विषयमा जनचेतनाको कार्य सुरु भएको हो । नेपालमा अल्झाइमरको विरामीहरु धेरै भएपनि जनचेतना र उपचारको पहुँच नहुदा विरामीहरुले उपचार नै नगराउने गरेको सरोकारवालाहरुले बताएका छन् ।

पाटन अस्पतलका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रमेश कडेलका अनुसार उमेर बढ्दै गएसंगै वृद्धवृद्धामा विर्सने समस्या हुनु नै अल्झाइमरको लक्षण हो । उनका अनुसार अल्झाइमरको लक्षण तीन चरणको हुन्छ ।

पहिलो चरणमा देखिने लक्षणहरु
खाएको कुरा विर्सने ।
एउटै कुरा बारम्बार दोहो¥याइ रहने ।
जटिल बाक्यहरु संझन नसक्ने ।
समाजमा घुलमिल हुन नचाहने ।
एकोहोरी रहने ।

दोस्रो चरणमा देखिने लक्षणहरु
घर फर्किने बाटो विर्सने ।
सधै भेटिरहने आफन्तहरु र परिवार भित्रैका आफनतहरुलाई पनि नचिन्ने ।
अनावश्यक शंका गर्नु ।
भर्खरै सिकेका वा जानेका कुराहरु विर्सने ।
ऐनामा आफ्नै अनुहार पनि नचिन्ने ।
आफ्नो विगतका क्षणहरू बिर्सने ।
निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्ने ।
राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्ने ।
अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्ने ।
भ्रम, अवसाद, सन्कने, रसि, चिन्ता, शंका, बढि हुने।
समान्य कुरामा पनि अरुको सहायता खोज्ने ।

अन्तिम चरणमा देखिने लक्षणहरु
पहिलो र दोस्रो चरणको समस्याहरु झनै बढ्दै जाने ।
सामाजिक रुपमा आपत्तिजनका काम व्यवहार र भाषाको प्रयोग गर्नु ।
समवेदना हराउने, कुरा नबुझ्ने।
वजन घट्दै जाने ।
आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने।
दैनिक आफुले गर्ने समान्य क्रियाकलाप पनि गर्न नसक्ने । जस्तै खान, लगाउन, नुहाउन, बस्न
खानेकुरा चपाउन तथा निल्न नसक्ने ।
ओछ्यानमा थला पर्ने, दिसापिसाबको नियन्त्रण जथाभावी गर्दिने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
मानसिक सन्तुलन घुमाउने ।
यदि वृद्धवृद्धाहरुमा यस्तो प्रकारको लक्षणहरु देखिन्छ भने अल्झाइमर रोग लागको हुनसक्ने डा. कडेलको भनाइ छ ।
अल्झाइमर के कारणले हुन्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन । यो रोगको निधान सम्भव भने नभएको डा. कडेलले बताए । ‘यो रोग लागेपछि पूर्ण रुपमा निको त हुँदैन तर रोग नियन्त्रण गर्न सकिन्छ ।’ उनले लोकान्तरसँग भने, ‘अल्जाइमर भएपछि उपचार गरिएन भने विरामीको आयु बढिमा ४ वर्षसम्म मात्रै हुन्छ । समयमा उपचार गरेमा विरामीको आयु बढाउन सकिन्छ । हामीले उपचार गरेका विरामीहरु १५वर्ष सम्म पनि बाचेका छन् ।’

ग्रामीण क्षेत्रमा अल्जाइमर रोगको विषयमा जनचेतना र उपचारको पहँुच नहुदा धेरै रोगीको अनाहकमै मृत्यु हुने गरेको समेत डा. कडेलको भनाइ छ । नेपालमा काठमाडौंको पाटन, त्रिवि शिक्षण र वीर अस्पताल तथा उपत्यका बाहिर धारानमा मात्रै अल्जाइमरको उपचार हुने गरेको उनले बताए ।

अल्जाइमर रोगको उपचारमा पनि सरकारले एक लाख रुपैया दिने भएपनि झंजटिलो प्रकृयाको कारण विरामीले सेवा लिन नसकेका छैनन् । पाटन अस्पतालमा पछिल्लो एक वर्षमा एक सय ४० जना अल्जाइमरको विरामी पाटनमा उपचारको लागि आएकोमा ९ जनाले मात्रै सरकारको एक लाख अनुदान सुविधा लिएको कडेलको भनाइ छ । विर्सने रोग लागेपछि प्रयोग गर्ने औषधी निकै महंगो छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x