×

NMB BANK
NIC ASIA

दशैपछि डेंगुका बिरामी बढ्ने आशंका, घर जाँदा विषेश सावधानी अपनाउन डाक्टरको सुझाव

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ७ असोज– महोत्तरी बर्दिबासकी बबिता बस्नेतलाई ज्वरोे आउँने, खान मन नलाग्ने, हातखुट्टाका जोर्नी दुख्ने समस्या भयो । विरामी परेपछि उनका आफन्तले बर्दिबासकै एक नीजि क्लीनिकमा उपचारका लागि लगे ।

क्लिनिकमा पुगेपछि उनलाई डेंगुको संक्रमण भएको थाहा भयो । क्लिनिकमा २ दिन भर्ना गरेर राखेपछि निको हुने संकेत नदेखिएपछि उनलाई त्यहाको क्लिनिकले काठमाडौं रिफर गर्दियो ।

बस्नेतको अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ । लोकान्तर संवाददाता अस्पताल पुग्दा बस्नेत अस्पतालको शैयामा सुतिरहेकी थिइन् । ‘ यहाँ भर्ना भएको ३ दिन भयो । अहिले अलि ठिक भएको छ । हाम्रो गाउँमा लामखुट्टे छ्यापछ्याप्ती छ ।’ उनले भनिन्, ‘पानी पर्दा जताततै जम्छ । गाउँमा अरु पनि धेरै विरामी भएका छन् । त्यहिको क्लिनिक र अस्पतालहरुमा उपचार गराइरहेका छन् । केही विरामी यहि अस्पतालमा उपचार गर्न पनि आउँदै छन् रे ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार पछिल्लो तीन साता यता तराईका विभिन्न जिल्लाहरुबाट डेंगुका विरामीहरु काठमाडौंका अस्पतालमा आउने क्रम बढेको छ । काठमाडौंका विभिन्न अस्पतालमा गत भदौ १५ गते देखि असोज १ गते सम्ममा १ सय १४ गेंगुका विरामी आएको डा. पुनले बताए । उनले भने,‘ डेंगुको संक्रमण भएको आशंकामा ३० सय ९० जनाले स्वास्थ्य परिक्षण गराएकोमा १ सय १४ मा डेंगुको संक्रमण देखिएको हो । दैनिक नयाँ विरामीहरु आउने क्रम जारी नै छ ।’

काठमाडौंमा पनि डेंगुको संक्रमण देखिन थालेको डा पुनको भनाइ छ । उनले लोकान्तरलाई भने,‘ मैले स्वास्थ्य जाचँ गरेको विरामीहरुमध्य धेरै जस्तो सलार्हिबाट आएको बताएका थिए । तर डेंगु भाइरसको संक्रमण काडमाडौंमा पनि देखिन थालेको छ । काठमाडौंकै विभिन्न स्थानबाट आएका १२ जना विरामीलाई मैले नै उपचार गरेको छु ।’

डेंगु भाइसर भनेको के हो ?

डेंगु भनेको एक प्रकारको भाइसर हो । एडिस एनिप्टाई जातको संक्रमति पोथी लामखुट्टेको कोटाइबाट रोग डेंगको संक्रमण हुने डा. पुनले बताए । उनका अनुसार संक्रमित व्यक्तिमा यस्तो लक्षणहरु देखिन्छ ।

डेंगु भाइरसका लक्षणहरु

अत्याधिक ज्वरो आउँने ।
टाउँको दुख्ने ।
आँखाको गेडीहरु दुख्ने ।
मांसापेशी तथा जोर्निहरु दुख्ने ।
शरीरमा विविराहरु आउँने ।

यी लक्षणहरु देखिएमा मानिसलाई डेंगुको संक्रमण भएको अनुमान गर्न सकिने डा पुनको भनाइ छ । डेंगु दुई चरण र ४ प्रकारको हुने उनको भनाइ छ । ‘ यो प्राइमरी र सेकेन्डरी चरणको हुन्छ । प्राइमरी भनेको पहिलो पटक लाग्नु हो । डेंगुलाई १,२,३,४ गरी ४ प्रकारको हुन्छ । उनले भने,‘ सेकेन्डेरी भनेको चाहि पहिलो पटक लामखुट्टेले टोकेर डेंगुको संक्रमण भएपछि फेरी अर्को पटक वा अर्को वर्ष पनि हुनु हो । सेकेन्डरी इन्फेक्सनमा रोग कडा हुने सम्भावना हुन्छ ।’

डेंगुको संक्रमण भाइसरको कारण हुने भएकाले यसको छुट्टै सुइ तथा औषधी भने नभएको उनले जानकारी दिए ।
डेंगुको संक्रमण भएका अपस्तामा चिकित्सको सहल्लाहमा मात्रै औषधी सेवन गर्न डा. पुनको सुझाव छ । ‘पुरानो टायर र पानी जम्मा गर्ने ट्याङ्कीमा समेत लामखुट्टेले अण्डा पार्ने गरेको छ । उनले भने,‘ नेपालमा जथाभावि रुपमा भएको ग्यारेज र पुरानो टायरको कारण पनि लामखुट्टेको संख्या बढेको छ । जसको कारण पनि वर्सेनि डेंगुका विरामीहरु बढेका छन् ।’

दशै पछि डेंगु बढ्ने आशंका, घर जादा विषेश सावधानी अपनाउनुुस्

डेंगुको सिजन भर्खरै सुरु भएकाले अबको समयमा विशेष साबधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । कात्तिक सम्म पनि डेंगुको संक्रमण देखिने भएकाले विषेश साबधानी अपनाउनु पर्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेर बहादुर पुनले बताए ।

दशै तिहारपछि डेंगुको संक्रमण बढ्ने सक्ने भन्दै उनले विशेष सावधानी अपनाउन सुझाव समेत दिए । डेंगु संक्रमित भाइसरले कोटेपछि यसको संक्रमण हुने भएकाले दशैमा काठमाडौंबाट घर जानेहरुलाई संक्रमण हुन सक्ने उनको भनाइ छ ।

गत वर्ष पनि चितवनमा एक दिन घुमेर काठमाडौं फर्किएपछि डेंगुको उपचार गरेको सुनाउदै उनले भने ‘तराइका जिल्लाहरुमा डेंगुको संक्रमण फैलिसकेको छ । दशैको बेला काठमाडौंमा हुनेहरु सबै घर जान्छन् । संक्रमण भएको जिल्लामा घर भएकाहरुलाई डेंगुले सताउन सक्छ । त्यसैले ति जिल्लाहरुमा जाने व्यक्तिहरुले विशेष सावधानी अपनाउनु पर्छ ।’

रोग नियन्त्रणको लागि सरकारी प्रयासहरु पनि भएका छन् । तर सरकारी प्रयासले मात्रै रोग नियन्त्रण नहुने डा. पुन बताउछन् । डेंगुको संक्रमणबाट बच्न सबैभन्दा पहिला लामखुट्टेको टोकाइबाट नै बच्नुपर्ने डा. पुनले बताए ।

डेंगुको संक्रमणबाट बच्न यी कुरामा ध्यान दिनुस्

लामखुट्टेलाई उचित वातवरण नबनाउने ।
घर वरीपरिका खाल्डाखुल्डी पुर्ने ।
घर बाहिर निस्किदा शरीर ढाक्ने पुराबाहुला भएको कपडा लगाउने ।
लामखुट्टेले नकोक्ने क्रिमको प्रयोग गर्ने ।
झुलको प्रयोग गर्ने ।
घरमा बाल्टि तथा भाडाहरुमा खारेको पानी छोपेर राख्ने ।
गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने ।

डेंगु भाइसर भएको लामखुट्टे विहान र बेलुकाको समयमा संक्रिय हुने भएकाले विहान बेलुका घर बाहिर निस्किदा विषेश साबधानी अपनाउने ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x