×

NMB BANK
NIC ASIA

पर्यटकीय स्थल

दशैँमा घुमघाम: यी हुन् घुम्नलायक १८ गन्तव्य

काठमाडाैं | कात्तिक ५, २०८०

NTC
तस्वीर: गोपाल श्रेष्ठ
Premier Steels

वर्षायाम सकिएसँगै पर्यटकीय सिजन शुरू भएको छ । घुम्नका लागि देश विदेशबाट पर्यटकहरू आउने क्रम पनि शुरू भएको छ । यसबीचमा आन्तरिक पर्यटकहरू पनि घुम्ने योजनामा हुन्छन् । दशैंको टीका लगाएपछि घुम्न निस्किने संस्कृति पनि बढ्दै गएको छ । घुम्न जानु अघि लाग्ने समय, आवश्यक बजेट र अवस्थितिबारे समान्य जानकारी हुनु आवश्यक छ । यहाँ केही घुम्न सकिने स्थानको चर्चा गरिएको छ । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं आसपास
जहरसिंह पौवा
टीका लागएपछि घुम्ने छोटो दुरीको यात्रामा घुम्ने हो भने काठमाडौं उपत्यका पनि थुप्रै स्थानहरू रहेका छन् । काठमाडौंको पूर्वतिरबाट साँखु हुँदै यात्रा गर्न सकिने क्षेत्र हो जहरसिंह पौवा । यो यात्रालाई आफ्नो अनुकुतामा यात्रा गर्दा हुन्छ । समय छ भने जहरसिंहबाट नगरकोटसम्मको यात्रा गरेर फर्किदा रमाइलो हुनसक्छ । यो मार्गमा पर्यटकहरू प्रायः सवारीसाधानबाटै यात्रा गर्ने गर्दछन् । इन्धनबाहेक सामान्य खाजा खर्च नै यो यात्राको बजेट हो । 


Advertisment
Nabil box
Kumari

सुर्यचौर
सुर्यचौर हाइकिङ गर्ने एउटा अर्को उत्कृष्ट थलो हो । खासै चर्चामा नरहेको यो क्षेत्र नुवाकोटको ककनीसम्म सवारी साधानमा यात्रा गरेर चार घण्टा हिडेपछि बूढानीलकण्ठ क्षेत्रमा आइपुगिन्छ । ककनी पुग्दा फ्रेस माछाको मज्जा लिन सकिने नै भयो । यो मार्गमा सावारी साधानबाहेक सामान्य खर्चबाहेक खाजा खर्च बोक्दा पुग्छ । एक दिन पूरै समय छुट्उँदा राम्रो हुन्छ । 

Vianet communication

तारेभिर
गोकर्णेश्वर नगरपालिकामा पर्ने यो क्षेत्र रमाइलो पदमार्ग छ । गोकर्णसम्म सवारीसाधनमा यात्रा गरेर त्यहाँबाट तारेभिरसम्म यात्रा गर्न सकिन्छ । 

पुल्चोकी डाँडा
काठमाडौं उपत्यकाको पूर्व–दक्षिण क्षेत्रमा रहेको पुल्चोकी डाँडा । २५ सय मिटर उचाइबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । छोटो दुरीको यो गन्तव्य रमाइलो छ । फर्किदा गोदावारीमा पनि पस्न सकिन्छ । सामान्य खर्चमा यो यात्रा तय गर्न सकिन्छ । 

चन्द्रागिरि
चन्द्रगिरि स्थापित पर्यकीय क्षेत्र हो । भालेश्वर महादेवको दर्शन गर्न सकिने र रोमाञ्चक दृश्यावलोकन गर्न यो क्षेत्रमा पर्यटक पुग्ने गर्छन् । ४ घण्टाको हाइकिङ र केबलकार दुबैबाट यात्रा गर्न सकिन्छ । यो पनि समान्य खर्चमै यात्रा गर्न सकिन्छ  । 

पार्कहरू
काठमाडौं उपत्यका भित्रै घुम्नका लागि विभिन्न पार्क पनि रहेका छन् । टीका लगाएपछि छोटो यात्रा गर्न गार्डेन अफ ड्रिम, त्रिभुवन पार्क, बालाजु २२ धारा पार्क, चिल्ड्रेन पार्क, दहचोक स्थित काजी कालु पाँडेको समाधिस्थल, चम्पादेवी पार्क, स्वीजरल्याण्डपार्क जस्ता पार्कमा पुग्न सकिन्छ । 

उपत्यका बाहिर नजिकका स्थाल
चित्लाङ–इन्द्रसरोबर
दशैंपछि घुम्न जान सकिने क्षेत्र मकवानपुरको चित्लाङ पनि हो । यहाँ पुगेर ‘होम स्टे’ मज्जा लिन सकिन्छ । आन्तरिक पर्यटकका लागि यो क्षेत्र चर्चित थलो हो । यहाँ जान व्यक्तिगत सवारी साधनमै यात्रा गर्दा ठीक हुनेछ । जहाँबाट इन्द्रसरोबर क्षेत्र पनि घुम्न सकिन्छ । यातायातबाहेक ५ हजारले नै यो यात्रा गर्न सकिन्छ । त्यहाँ पुगेर कुन्छाल भिलेज न छुटाउनु होला, यो निकै राम्रो गाउँ मानिन्छ

चिसापानी
बूढानीलकण्ठ वा सुन्दरीजलको बाटो हुँदै चिसापानीमा एक रात बसेर भोटेचौर, जहरसिंह पौवा हुँदै भोलिपल्ट काठमाडौं फर्किन सकिन्छ । बिचमा ढाप ड्याम अवलोकन गर्न त सकिन्छ नै । यति यात्रा गर्न व्यक्तिगत ५ देखि ७ हजार भन्दा धेरै खर्च लाग्दैन । 

पाँचपोखरी
सिन्धुपाल्चोकको पाँचपोखरी ४ दिनका लागि योजना गर्दा ठिक हुनेछ । काठमाडौं नजिकै जिल्ला भएपनि त्यहाँ पुगेर फर्किन सजिलो भने छैन । तर यात्रा भने निकै रोमाञ्चक हुनेछ । धार्मिक तथा पर्यटकीय यो क्षेत्रमा पुग्न कम्तीमा ८ हजार खर्च लाग्छ । 

उपत्यकाबाट केही टाढा
अन्नपूर्ण
अन्नपूर्ण विश्वभर चर्चा कमाएको पदमार्ग हो । आन्तरिक र विदेशी पदयात्रीलाई यो उत्कृष्ट गन्तव्य हुन सक्छ ।  काठमाडौंबाट अन्नपूर्ण पदमार्गसम्म यात्रा गर्दा ५ देखि १५ दिनसम्मको यात्रा गर्न सकिन्छ । घोरेपानी पुनहिल, मार्दी हिमाल, मुक्तिनाथ मन्दिर, धान्द्रुक क्षेत्र पाँच दिनमा यात्रा गर्न सकिन्छ । अन्नपूर्ण वेस क्याम्प (एबीसी), मुस्ताङ लोमाङथाङ, अन्नपूर्ण सर्किट यी सबै क्षेत्रको यात्रा गर्न कम्तीमा १५ दिन लाग्छ । पदयात्राको सुरुआती स्थानमा पुग्न लाग्ने यातायात खर्चबाहेक दैनिक १५ सयदेखि २ हजार रुपैयाँ लाग्न सक्छ । फर्किँदा मनोरम पोखरामा केही दिन बसेर फ्रेस हुन पनि सकिन्छ । 

खप्तड
घुम्नै पर्ने अर्को क्षेत्र हो खप्तड । यो क्षेत्र प्राकृतिक फाँट तथा धार्मिक हिसावले चर्चामा रहेको छ । खप्तड पुगेपछि खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर केदारढुंगा पुग्नु पर्ने हुन्छ । खप्तड पुग्न काठमाडौंबाट ७ देखि १० दिन छुट्याउनु पर्छ । यहाँ पुग्न व्यक्तिगत २० हजारसम्म बजेट लाग्छ । सामूहिक रुपमा जाँदा केही कम शूल्क लाग्छ । 

अपर मुस्ताङ 
नेपालीहरूले कागबेनी पुगेपछिनै मुस्ताङ पुगेको ठान्दछन्, त्यसैले अपर मुस्ताङको वास्तविक दृश्यावलोकन गर्न पाएका हुँदैनन् । अपर मुस्ताङ पुग्न ७–१० दिन छुट्याँउदा राम्रो हुन्छ । यहाँ काठमाडौं–पोखरा–जोमसोम उडान गरेर बाँकी यात्रा हिड्न पनि सकिन्छ । सवारी भाडा सधारी साधान अनुसार फरक पर्छ । पदयात्रा गर्दा दैनिक २५ सयदेखि ३ हजार खर्चसम्म लाग्छ । 

सगरमाथा
एभरेष्ट पदयात्रा गर्ने सोचमा हुनुन्छ भने गोक्यो–री, कालापत्थर, एभरेष्ट बेसक्याम्प, नाम्चे बजारमा जान सकिन्छ । प्रायः नेपालीले यो यात्रा रुचाएका छन् । मार्गमा यात्रा गर्दा समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाईसम्म यात्रा गर्नुपर्छ । यात्रा गर्दा ५–१४ दिन लाग्न सक्छ  । यातायात खर्चबाहेक यसमा पनि दैनिक २ हजारसम्म खर्च हुन्छ । माउन्टेन फ्याइटबाट सगरमाथाको दृश्यावलोकन पनि गर्न सकिन्छ । यो उडान गर्दा नेपालीका लागि १० देखि १५ हजारसम्म लाग्छ ।

लाङटाङ
रसुवा जिल्लाको लाङटाङ अर्को सहज गन्तव्य हो । ३ हजार ९ सय मिटर हाइटमा रहेको यो पदयात्रामा स्याफुबेसीसम्म सवारीसाधानमा यात्रा गर्नु सकिन्छ । यहाँबाट पैदल मार्ग हुँदै क्यान्जेन गम्बासम्मको यात्रा गर्न सकिन्छ । यहाँ लाङटाङ राष्ट्रय निकुञ्ज हुँदै लाङटाङ हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । ५ दिनमा यात्रा गर्न सकिने यो यात्रामा दैनिक २ हजारसम्म खर्च हुन्छ ।

गोसाईँकुण्ड
रसुवा जिल्लाको गोसाईँकुण्डमा जनै पूर्णिमामा मेला लाग्छ तर अब भने घुम्न जानेहरूको लर्को लाग्छ । ४३८० मिटर हाइटको यो मार्गमा पुग्न ४ दिनमै सकिन्छ । खर्च १० हजारसम्म लाग्छ । 

रारा
३ हजार मिटर उचाईमा रहेको रारा ताल दशैंपछि घुम्न सकिने क्षेत्र हो । मुगु जिल्लामा रहेको यो तालमा पुग्न ६ दिनसम्म लाग्छ । उत्कृष्ट गन्तव्यमा पुग्दा गरिएको खर्च खेरा गएको अनुभव हुँदैन । यहाँका पुग्न सामूहिक रुपमा जाँदा २० देखि २५ हजारसम्म बजेट लाग्न सक्छ । 

पाथीभरा
पाथीभरा नेपालको उत्कृष्ट धार्मिक यात्रा हो । ३ हजार ८ सयमिटर उचाई यात्रा गरेर पाथीभरा मन्दीर पुग्दा सबै थाकान अन्त्य भएको महसुस हुन्छ । किनभने यहाँ पुग्दा मन्दिर मात्रै पुगिन्न, मनोरम हिमशृङखला पनि आँखै अघि अवलोकन गर्न पाइन्छ । ताप्लेजुङ जिल्लामा रहेको यो स्थानमा पुग्न ५ दिन समय छुट्याउँदा हुन्छ । बिचमा इलाम, धरानका चर्चित क्षेत्र घुम्न मन लागे केही दिन थपिन सक्छ । खल्तीमा १८ हजार नगद र हिड्ने साहस भए पाथीभरा पुग्न सकिन्छ । 

बर्दिया
बाघ सहितका जंगली जनावर हेर्ने रहर छ भने तराईको बर्दिया राष्ट्रिय निकुञ्ज झर्दा राम्रो हुनसक्छ । काठमाडौं आसपासबाट जाने हो भने ३/४ दिन लाग्छ । त्यहाँ पुगेपछि नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदी पनि हेर्न पाइन्छ । मानवीय वस्तीमा आएपछि थारु संस्कृतिको मज्जा पनि लिन पाइन्छ । यहाँका लागि १५ देखि २० हजार बजेट छुट्याँउदा सहज हुन्छ ।  

यो लेख पर्यटन व्यवसायी गोपाल श्रेष्ठसँगको समन्वयमा तयार पारिएको हो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x