कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
चाडपर्वमा खाने चिजवस्तु हाम्रो नियमित आहाराभन्दा फरक हुनुपर्छ भन्ने छैन । साधारण मानिस, जो दिनभर ठूलो परिश्रम गर्दैनौं, शारीरिक व्यायाम पनि गर्दैनौं, त्यस्तालाई २४ घण्टामा २ हजार २५० किलो क्यालोरी खानेकुरा चाहिन्छ । त्यो प्राप्त गर्नका निम्ति हाम्रो दैनिक आहारामा चामल, दाल, तरकारी, तेलको मात्रा मिलाउन आवश्यक छ । शरीरका लागि आवश्यक पर्ने कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरल सबैको मात्रा मिलाउन सकेको खण्डमा हामीले अहिले जे खाइरहेका छौं, त्योभन्दा फरक केही खानु पर्दैन । तर, चाडवाडको नाममा हामी चाहिनेभन्दा बढी र हाम्रो ‘रुटिन’भन्दा बढी खान्छौं । पाहुनालाई पनि बढी खानका निम्ति ढिपी गर्छौं । यो चलन स्वास्थ्यका लागि सबैभन्दा घातक छ ।
शरीरलाई चाहिने शक्ति प्राप्त गर्न हप्तामा दुईपटक मासु, दुई दिन एक–एक वटाका दरले अण्डा, दैनिक ५० ग्राम चामल, ५० ग्राम दाल र तरकारी भए पुग्छ । योभन्दा खानेकुरा बढी हुनेबित्तिकै ‘इनर्जी’ बढी हुन्छ । बढी भएको इनर्जी काम गरेर वा व्यायाम गरेर खर्च गर्नुपर्ने हुन्छ । खर्च गर्न सकेनौं भने शरीरमा सञ्चित भएर बस्छ । यसरी जोगिएर बसेको शक्तिले शरीरमा हानी गर्छ ।
खानेकुरामा प्रोटिन, कार्बोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाउन आवश्यक छ । चाडपर्वमा कार्बोहाइड्रेडको मात्रा नियमितभन्दा कम र प्रोटिन तथा चिल्लो पदार्थ बढी खान्छौं । माछामासु चिल्लो पदार्थका स्रोत हुन् । त्यसमा पनि भुटुन हालेर माछा–मासु पकाउने चलनले चिल्लो पदार्थ बढी हुन जान्छ । पनिर, मासु, चिल्लोमा डुबेका वस्तु हामीलाई मन पर्छ । जसले गर्दा चिल्लो पदार्थको उपभोग बढी र कार्बोहाइड्रेडको मात्रा कम हुन्छ । यसले अनुपात मिल्दैन अनि चिल्लो पदार्थ पाचन प्रणालीमा जान सक्दैन र अपच हुन्छ । जब अपच हुन्छ, हाम्रो स्वास्थ्यमा हानिकारक अवस्था आउँछ । त्यसैले कार्बोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाएर खान सक्यौं भने हामीलाई कहिल्यै पनि अपच हुँदैन । दिनमा हामीले ४ देखि ५ टुक्रा (पिस) मासु खायौं भने पर्याप्त हुन्छ । चाडबाडमा त्यसलाई थपेर ७ टुक्रासम्म पुर्याउन सकिन्छ, त्योभन्दा बढी भए हानिकारण मानिन्छ ।
विज्ञानले भन्छ- चिल्लो पदार्थ जल्न वा टुक्रिएर शक्तिमा परिवर्तन गर्नका लागि कार्बोहाइड्रेड जरुरी हुन्छ । हामीले खाएको खानेकुरा पचाउनका निमित्त पेटका दुई खण्ड छन्– माथिल्लो पाचन प्रणाली र तल्लो पाचन प्रणाली । कार्बोहाइड्रेड पचाउने वा टुक्र्याउने प्रक्रिया मुखबाटै शुरू हुन्छ । मुखमा आउने र्याल (सेलिभरी इन्जाइम)ले पचाउने प्रक्रिया शुरू गर्छ । त्यसपछि सानो आन्द्रामा पुग्छ र त्यसले पचाउने धेरै प्रक्रिया पूरा गर्छ । त्यसपछि ठूलो आन्द्राले पचाएका वस्तुहरू, भिटामिन र पानीजन्य पदार्थलाई शोषण गर्ने काम गर्छ । सानो आन्द्राले राम्रोसँग पचाउन नसकेको वस्तु ठूलो आन्द्रामा पुग्छन् ।
ठूलो आन्द्रासम्म पुग्दा ‘क्रुड फाइबर’को पनि पर्याप्त मात्र जरुरी हुन्छ । मासु र चिल्लो पदार्थको मात्रा बढी अनि कार्बोहाइड्रेड तथा बोक्राजन्य वस्तु कम खायौं भने पाचन प्रणालीमा फाइबरको मात्रा अपुग भई दिसा कडा हुन जान्छ, कब्जियत हुन्छ । कब्जियतले पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ । अल्छी लाग्छ र स्पाइनल कर्डमा त्यसको असर पर्छ । त्यसबाट सुषुम्नामा प्रभाव परेपछि शरीरमा इन्जाइमहरू चलायमान हुँदैनन् र पाचन प्रणालीमा एक प्रकारको अवरोध उत्पन्न हुन्छ । त्यसैले हामीले कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थको मात्रा एकदम मिलाएर खानु जरुरी छ । चिल्लो पदार्थबाट ९, कार्बोहाइड्रेडबाट चार र प्रोटिनबाट पाँच किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । यो मात्रा मिल्नु पर्छ र साथमा फाइबरको मात्रा पनि मिल्नुपर्छ ।
दशैँ–तिहारमा मासु बढी खाइन्छ । चाडबाड सांस्कृतिक परम्परा हो, यसलाई तोड्न सकिँदैन । पर्वको बेलामा पाहुना जाँदा दिएको खानेकुरा नाइँ भन्न सकिँदैन । खान्नँ भनियो भने अपमान गरेको महसुस हुने भएकोले चाहेर–नचाहेर बढी खान पुग्छौं । शरीरलाई चाहिनेभन्दा बढी इनर्जी पेटमा पुगेपछि त्यसले समस्या पार्छ । एउटा सिद्धान्तले भन्छ ‘हामीले जति शक्ति खाएका छौं, त्यति बराबरकै शक्ति काम गरेर, व्यायाम गरेर वा कुनै पनि विधिबाट खर्च गर्नुपर्छ । खर्च नहुँदा मानिस मोटाउँदै जाने, इन्जाइमहरूले काम नगरी आराम गरेर बस्ने अवस्था आउँछ । शरीरमा रोग शुरू हुने मुख्य कारण नै यही हो ।
मासु धेरै खान हुँदैन भनेर मुख्य गरेर दुई कारणले भनिएको हो । मासु खाँदा छाला र चिल्लो पदार्थ बढी खान्छौं । छाला शरीरका लागि हानिकारक छ । बोसोयुक्त मासुले शरीरलाई आवश्यकभन्दा बढी चिल्लो पदार्थ सेवन गर्न सहयोग पुग्छ । अर्को कुरा मासुका लागि पैसा तिरेर छाला खानु बुद्धिमतापूर्ण पनि छैन । त्यसैले सकेसम्म छालारहित मासु खानुपर्छ । तर हाम्रो जिब्रो छालासहितको मासुमा रमाउन बानी परेको छ । छाला रोग र सूक्ष्म जीवहरूको भण्डार पनि हो ।
अर्कोतर्फ आर्थिक अवस्था कमजोर भएका वा कडा परिश्रमी वर्गले मासुको पैसा तिरेर बोसो किनिरहेको देखिन्छ । बोसो मासु होइन । मासुको मूल्य महंगो छ, जुन गरिब परिवारको उपभोग्य क्षमताभन्दा बाहिर छ । त्यसैले उनीहरू यस्तै चाडबाड र मौकामा मात्र मासु खान्छन् । जतिबेला मासु खान्छन् यो मिहिनेती वर्गले मासुमा बोसोको मात्रा बढी रुचाउँछ ।
धेरैले पोलेको मासु मन पराउँछौं । हाम्रा घर–घरमा सेकुवा खाने पनि चलन छ । सेकुवा क्यान्सरको स्रोत हो । मासु सेक्नु वा पोल्नु एकदमै खराब कुरा हो । मासु पोल्दा त्यसमा भएको प्रोटिन डढ्छ । डढिसकेपछि त्यसमा क्यान्सर उत्पन्न गर्ने पदार्थ बन्छ । सकेसम्म मासु पोलेर वा डढाएर खानु हुँदैन । सेकुवा नडढ्ने गरी निकै माथि राखेर तताएर खान सकियो भने मात्र असर गर्दैन नत्र खराबी हुन्छ ।
हामीले शरीरको आवश्यकता पूरा गर्न खानेकुरा खान्छौं । शरीरलाई जति आवश्यकता हुन्छ त्यति खानुपर्छ । खानेकुरा धेरै वा थोरै हुँदा त्यसले असर गर्छ । खाना बढी भयो भने अपच हुने, शक्ति बढी भई मोटाउने र कम भयो भने दुब्लाउनेजस्ता समस्या हुन्छ । जब हामीसँग शक्ति धेरै हुन्छ, शरीरका इन्जाइमहरूले काम गर्न छोड्छन् । अपच हुनेबितिकै छाडापखाला, बान्ताजस्ता समस्या हुन्छ । अपच हुँदा खाना पचाउने इन्जाइमहरूलाई सुषुम्ना शीर्षकले राखिदिन्छ । जसका कारणले मानिसलाई आलस्य बनाउने, छाडापखाला लाग्ने, बान्ता हुनेजस्ता समस्या हुन्छ । हामीलाई चाहिनेभन्दा बढी पौष्टिक तत्व खाने प्रचलनले कलेजो (लिभर)मा पनि समस्या हुन्छ । राम्रो चिजलाई शरीरमा पठाउने र नराम्रोलाई बाहिर निकाल्ने फिल्टरको काम कलेजोले गर्छ । रक्सीलगायत अनावश्यक वस्तुको सेवन बढी भयो भने लिभर ब्लक भई ‘ड्यामेज’ हुने सम्भावना पनि हुन्छ ।
खानामा चिल्लो पदार्थ बढी भयो भने पानीमा मिसिएर मिर्गाैलासम्म पुग्छ र त्यसले असर गर्छ । खानपान नमिलेको खण्डमा छालामा एलर्जीलगायतका समस्या हुनसक्छ । एलर्जीले इन्जाइमहरूलाई निष्कृय र ‘डाइभर्ट’ गराउँछन् । पाचन प्रणालीकै असरले सुगर तल–माथि हुने समस्या हुन्छ । त्यसैले पाचन प्रणाली शरीरका लागि महत्वपूर्ण छ । शरीर स्वयं एउटा औषधि उद्योग हो । पाचन प्रणालीले शरीरलाई सन्तुलित बनाइराख्ने भएकोले सँधै सन्तुलित आहारको सेवनमा जोड दिनुपर्छ ।
प्रोटिनबाट मांसपेशी निर्माण हुने, कार्बोहाइड्रेडबाट शक्ति प्राप्त हुने, चिल्लो पदार्थले कार्वोहाइड्रेडलाई पचाउने र शक्ति उत्पादन गर्ने, क्यालिसयम, फस्फोरसजस्ता मिनरलले हाडजोर्नी बन्न मद्दत गर्ने र भिटामिनबाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्न सहयोग हुने भएकोले यी पाँचवटा तत्वहरू शरीरलाई जरुरी हुन्छ । जुन सन्तुलित आहारबाट आवश्यक मात्रामा प्राप्त गर्न सकिन्छ ।
हामीले खाना खाएनौं भने शरीरमा सञ्चित भएको प्रोटिन खर्च हुँदैजान्छ । धेरै भोको बस्यो भने कार्बोहाइड्रेड अभाव हुन्छ । त्यसका कारणले गर्दा शरीरमा सुगरको मात्रामा असन्तुलन हुनपुग्छ । कार्बोहाइड्रड शरीरमा सञ्चित नहुने भएकोले समय समयमा खाइरहनु पर्छ । खानेकुरा धेरै खायौं भने वा खान पाएनौं भने क्षति हुन्छ । त्यसैले मेरो सुझाव छ, दशैँमा हामीले एकदमै धेरै खानुपर्ने र अरुबेला भोकै बस्नुपर्ने भन्ने होइन । शरीरलाई जति शक्ति जरुरी पर्छ त्यति खाऊँ, त्यसो भयो भने न हामी बिरामी पर्छौं वा कम भएर अस्वस्थ हुनुपर्ने अवस्था नै आउँछ ।
(खाद्य विज्ञ तारानाथ निरौलासँग लोकान्तरकर्मी उत्तम पोख्रेलले गरेको कुराकानीमा आधारित ।)
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...