×

NMB BANK
NIC ASIA

गरिबी र अभावले निम्त्याएको पीडा

किड्नी बिक्रीको सूचनाभित्र लुकेको दर्दनाक कथा– अनि टकबहादुरले देखेनन् विकल्प

काठमाडाैं | मंसिर १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ एउटा ‘ह्वाइट पेपर’मा लेखिएको यो सन्देश अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्याला मजदुरी गरेर गुजारा गर्ने नवलपरासी–बर्दघाट सुस्ता पूर्व कावासोती –१३ बुढौलीकुनाका टकबहादुर परियारले चारैतिरबाट साहु र बैंकको ऋणले घेरिएपछि यस्तो सूचना निकालेका हुन् ।


Advertisment
Nabil box
Kumari

परियारले यो सन्देश गाउँका बिजुलीका पोल, खम्बा र सार्वजनिक स्थलमा आफ्नो मोबाइल नम्बरसहित टाँसेका छन् । यसरी टाँसिएको सूचना अहिले सामाजिक सञ्जालमा समेत भाइरल छ ।

Vianet communication
Laxmi Bank

बैंकको ऋण तिर्न नसकेपछि आफ्नै मिर्गौला बिक्रीमा राखेको टकबहादुरले सुनाए ।

उनको उतारचढावपूर्ण जीवनकथा सुन्ने जो कोहीको मनलाई पनि यसले विक्षिप्त बनाउँछ । सानो बैंकिङ कर्जा र सापटीले टकको जीवनलाई अँध्यारो बनाएको छ । चुलिँदो ऋण र आर्थिक भार कम गर्न रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका उनी दशैं मनाउने गरी घर फर्किए । 

साढे दुई वर्षअघि टक निःशुल्क टिकट र भिसामार्फत रोजगारीका लागि परदेश लागेका थिए । १५ हजार ऋण लिएर विदेश गएका टकलाई शुरूमा काम गर्ने उद्योगले पारिश्रमिक दिएन । त्यसपछि महिनाको ५० हजार तलब दिने अर्को उद्योगमा काम शुरू गरे । विदेश जानुअगाडि उनले गाउँलेहरू र फाइनान्ससँग १० लाख रूपैयाँ ऋण लिएर ‘पिकअप’ भ्यान निकालेर चलाएका थिए । 

गाडीको कमाइबाट ऋणको ब्याज र घर खर्च जसोतसो चलेको थियो । गाडी भाडामा चाहियो भनेर विभिन्न मानिसहरूले फोन गर्दा श्रीमतीले शंका गर्न थालिन् । महिलाको फोन आउँदा श्रीमतीले अर्कैसँग लागिस् भनेर निहुँ खोज्न थालिन् । एकदिन दुईदिन श्रीमतीसँग झगडा बढ्न थाल्यो । घरबार बिग्रनुभन्दा बरु आफैं विदेश गए । 

गाडी खरिद गर्दाको ४ लाख रुपैयाँ ऋण बाँकी नै थियो । विदेश जान भनेर काठमाडौंतर्फ लागेपछि श्रीमतीले दुई लाखमा गाडी बिक्री गरिदिइन् ।

विदेश रहेकै बेला श्रीमतीले तिमीले ऋण तिर्न सक्दैनौ, म पनि विदेश जान्छु, नाता प्रमाणित गर भनेपछि छोरालाई भनेर नाता प्रमाणित गरिदिए ।

आफूले श्रीमतीका लागि दुबईकै एक ब्युटीपार्लरमा काम खोजिदिए पनि एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै श्रीमती कुवेत पुगेको उनले बताए । परियारका अनुसार ५ महिनाअघि श्रीमती कुवेत पुगेकी हुन् । कुवेत पुगेकी श्रीमतीले फोन र अन्य सामाजिक सञ्जाल ब्लक गरेको परियारले बताए ।

अहिले गाडी निकाल्दाको र अन्य व्यक्तिहरूसँग लिएको ऋण करिब ८ लाख रुपैयाँ बाँकी रहेको छ । परियारले स्वरोजगार बैंकबाट निकालेको २ लाख ५० हजारको मासिक १४ हजार ५०० किस्ता तिर्नुपर्छ । छिमेक लघुवित्तबाट ल्याएको २ लाख रूपैयाँमध्ये ५० हजार तिर्न बाँकी छ । स्थानीय सहकारीलाई ५० हजार तिर्न बाँकी छ । अन्य छिमेकीहरूसँग ५० हजारदेखि डेढ लाखसम्म मासिक २ रूपैयाँ ब्याजमा लिएको गरी करिब ८ लाख ऋण बाँकी रहेको उनले बताए । ब्याजमा लिएको पैसाको ३/४ वर्षदेखि तिर्न नसक्दा ऋण चुलिँदै गएको परियारले बताए ।

‘कतैबाट पनि ऋण तिर्न सक्ने उपाय नदेखेपछि मिर्गौला बिक्री गर्ने सोचमा पुगें,’ उनी भन्छन्, ‘डक्टरसँग पनि सल्लाह गरें । ऋणबाट मुक्ति पाउन यो निर्णय मेरो हो । विभिन्न ठाउँदेखि विदेशबाट समेत मिर्गौलाका लागि फोन आइरहेको छ ।’ गत वर्ष खेत जोत्दा लागेको २ हजार ऋण समेत तिर्न नसक्दा घरमा पालेका ३ वटा हाँस समेत उठाएर लैजान्छु भन्दै साहु घरमा आएको उनले दुखेसो पोखे । 

सम्पत्तिको नाममा परियारको केही छैन । २ कठ्ठा उब्जनी नहुने जग्गा छ । ५ धुरमा काठको खाँवा हालेर टिनले छाएको कच्ची घर छ । ती सबै ऐलानी जग्गा हुन् । घरको खाँवा र टिन पनि पुराना भएर बर्खामा पानी चुहिने र जाडोमा चारैतिरबाट चिसो आउने गर्छ ।  

null

परियार तीन भाइमध्ये परियार कान्छा छोरा हुन् । आमा र बाबु पनि परियारसँगै छन् । आमा प्रेसर र दमको रोगी रहेको र पैसा नहुँदा उपचारसमेत गराउन नसकेको उनले सुनाए । 

किड्नी बिक्रीको पम्प्लेट देखेपछि परियारलाई भेट्न विभिन्न व्यक्तिहरू उनको घरमा पुग्ने गरेका छन् । परियारले किड्नी बेच्नुबाहेकको विकल्प नरहेको भन्दै त्यसका लागि विभिन्न ठाउँबाट फोन आएको बताए ।

कानूनतः मिर्गौला खरिद/बिक्री गर्न पाइँदैन । तर, विकल्पै नभएकाले त्यसो गर्नु आफ्नो बाध्यता रहेको परियारको भनाइ छ । उनले किड्नीको मूल्य २० लाख रुपैयाँ लगाएका छन् । सर्जरी खर्चसहित अन्य खर्च किड्नी लिनेले नै तिनुपर्ने उनले बताए । ‘मैले २० लाख मेरो खातामा पठाएपछि मात्र अपरेसन कक्षमा जान्छु भनेको छु । उहाँहरूले सम्पर्क गर्छु, भन्नुभएको छ,’ परियारले भने । 

‘मसँग मर्नु वा किड्नी बेच्नुबाहेकको विकल्प छैन । कि सरकारले ऋण तिर्ने वातावरण मिलाइदिनुपर्‍यो, कि किड्नी बेच्न दिनुपर्‍यो,’ उनले भक्कानिँदै भने ।  

बाबालाई ऋणले थिचेपछि उनका छोराछोरी विद्यालय जान छाडे । ‘कक्षा ९ मा पढ्ने जेठो र कक्षा ४ मा पढ्ने कान्छो दुवै छोराले घरको आर्थिक अवस्था दयनीय भएपछि स्कूल जान छाडेको छन् । दशैंतिहारमा ममीको फोन आउँछ भनेर छोराहरूले आश गरेका थिए, तर फोन आएन । छोराहरूको चाडपर्व आमाको फोनकै आशमा बित्यो,’ उनले भने । 

कावासोती नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष लालबहादुर गुरुङले टकको आर्थिक अवस्था कमजोर रहेको बताए ।

‘उनले मिर्गौला बिक्रीमा भन्ने पम्प्लेट टाँसेपछि हामीले बुझेका थियौं,’ वडा अध्यक्ष गुरुङले लोकान्तरसँग भने, ‘गरिबीसँगै उनीको पारिवारिक असन्तुलन पनि देखिन्छ । गाडी किनेर चलाएका उनको त्यसैबाट आर्थिक अवस्था बिग्रिएको रहेछ ।’

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले मिर्गौला बिक्रीको पेपर टाँस्दै हिँडेपछि टकलाई कार्यालयमा ल्याएर काउन्सिलिङ गरिएको बताए । ‘हामीले कार्यालयमा ल्याएर उनको पृष्ठभूमि बुझियो,’ डीएसपी पौडेलले लोकान्तरसँग भने, ‘हामीले ऋण सबैलाई लाग्छ, ऋण लाग्दैमा गैरकानूनीरूपमा अंग बिक्री गर्छु भन्दै हिँड्न मिल्दैन भन्यौं । धेरै सम्झाएर पठाएका छौं, आर्थिक रूपमा विपन्न भएर विक्षिप्त भएपछि उनले लेख्दै हिँडेका रहेछन् ।’
 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x