×

NMB BANK
NIC ASIA

रविको राजनीतिक प्रतिवेदन

पुराना दलले मिसन ८४ चोरेको भन्दै रविको चुनौती– मध्यावधिमा जाऔं

काठमाडाैं | मंसिर १४, २०८०

NTC
Premier Steels

परम्परागत दलहरूले मिसन– २०८४ को चुनावी नारा चोरेका भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यावधि चुनावको प्रस्ताव गरेका छन् ।

Muktinath Bank

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्दै बाँकी तीन वर्ष काम नगरी चुनाव नै ताक्ने हो भने मध्यावधिमा जान दलहरूलाई चुनौती दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एकातिर मुलुक झन्झन् उँधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने, त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं,’ २०८४ को मिसनमा अरू दल पनि पछाडि लागेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हैन भने यही बेथितिको निरन्तरतासहित अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ? पुराना दलहरू आफू–आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् ।’


Advertisment
Nabil box
Kumari

दलहरू संकटमा रहेकाले यस्तो भनेको उनले बताए । यसैले मिसन ८४ को नारा फेरिन पनि सक्ने भन्दै पार्टीका सबै संरचनालाई 'स्ट्यान्ड बाइ' रहन समेत उनले निर्देशन दिएका छन् । 

Vianet communication

‘वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्यान्ड बाइ’ रहन निर्देशन दिन्छु,’ रविले पार्टी पंक्तिलाई भनेका छन् ।  

तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दललाई जनादेश खाँचो नपर्ने भन्दै उनले आफूहरूको नारा चोरेर लाचार बनेको आरोप पनि लगाए । 

‘भनिन्छ, सबै मान्छे स्वर्ग जान त चाहन्छन्, तर मर्न चाहन्नन् । त्यस्तै भएको छ, मिसन ८४ को हकमा पनि । तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दल पनि मिसन ८४ भन्न थालेका छन्,’ रविले भनेका छन्, ‘जबकि, देशको आवश्यकता र जनचाहनाअनुसार काम गर्न उनीहरूलाई नयाँ जनादेशको खाँचो नै छैन । उनीहरूले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन् । तर, हाम्रै नक्कल गरेर मिसन ८४ भन्नुपर्ने बाध्यतामा छन्, उनीहरू पनि ।’

मिसन ८४ मा सफल हुन इमान्दार उम्मेदवार भित्र्याउँदा टीमभित्रका नेता पछाडि हट्न पनि तयार हुनुपर्ने उनको मत छ । 

‘मिसन ८४ भनेको पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि हो । यस अभियानमा हाम्रो एजेन्डाको जानकारीसहित धेरैभन्दा धेरै नागरिकबीच पुग्न सक्नुपर्छ । पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार उम्मेदवारलाई भित्र्याउने र अगाडि बढाउने अभियान पनि हो मिसन ८४,’ रविले भनेका छन्, ‘यसको अर्थ, यो अभियान आफू पछि हटेर भए पनि टीमभित्र स्वच्छ छवि, स्पष्ट भिजन भएको इमान्दार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियान हो ।’

८४ को चुनावमा सफल हुन चुस्त संगठन, विकृति विसंगतिविरुद्ध खबरदाबरी र नागरिकका मुद्दामा एकाकार हुनुपर्ने उनको भनाइ छ । 

‘मिसन ८४ भनेको धैर्यताको अभियान पनि हो । आउँदो चार वर्ष संगठनलाई चुस्त बनाउँदै विकृति विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सक्यौं भने पनि हामी थप स्थापित हुनेछौं । राजनीतिमा स्थापित हुन गुट, उपगुट, सदस्यता खरिद, घात, अन्तर्घातको राजनीति अबको पुस्ताले गर्नु पर्दैन,’ रविले भनेका छन्, ‘मिसन ८४ आफ्नै पारदर्शिताको अभियान पनि हो । हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्छ । राजनीतिलाई जीवनयापनको माध्यम बनाउने होइन । जीवन धान्न धौधौ परेको साथीलाई उद्यममा सघाऔं, सक्रिय राजनीतिमा होइन । सके लिडर, नसके भोटर मात्र हुँदा पनि केही फरक पर्दैन, पर्नु हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x