×

NMB BANK
NIC ASIA

चलचित्र ‘राजमहल’मा रमेश, आँचलदेखि मिस पविसम्मको अभिनय रहने

काठमाडाैं | पुस ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । 

Muktinath Bank

सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् भने मोडल तथा टिकटकर मिस पवि ‘पवित्रा साकी’ र सिम्रन पन्तले पनि ‘राजमहल’बाट चलचित्रमा डेब्यु गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अस्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्डसम्म पुगेर केही सिन खिचिने जानकारी गराइयो । चलचित्रको बाँकी ७० प्रतिशत छायांकन भने नेपालमै गरिने छ । 


Advertisment
Nabil box
Kumari

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता परिचत अनुहारसहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो अन्य चारित्रिक भूमिकामा देखिने भएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्नेछन् । 

Vianet communication
Laxmi Bank

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् ।  अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन । त्यसैगरी सह–निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अस्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् । 

कार्यक्रममा निर्देशक तोलाङ्गीले चलचित्रको कथालाई न्याय गर्ने गरि आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन् । अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन् । अभिनेता रमेश उप्रेतीले चाहीँ अहिले नै आफूले ठूलो कुरा नगर्ने चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए । 

कार्यक्रममा राजदरबारको प्रसङ्ग निस्किँदा नेपालको राज दरबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक–फरक मत राखेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x