×

NMB BANK
NIC ASIA

बलेवामा गुञ्जियो ‘झरनाको चिसो पानी’

काठमाडाैं | माघ ४, २०८०

NTC
Premier Steels

बलेवा–         झरनाको चिसो पानी...
        सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी...
        झरनाको चिसो पानी...

Muktinath Bank

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधवार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको शुरुआत गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गरेका हुन् । बुधवार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उहाँले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।


Advertisment
Nabil box
Kumari

‘घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाए,’ शर्माले भने ।  

Vianet communication

विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देखेका उनले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए । 

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए । मैदानमा उपस्थित अधिकांश दर्शक उनका गीतमा झुमे । शर्मालाई उनकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिए । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिन्छन् । 

स्थानीय हेमलाल शर्माले भने, ‘उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।’ उनका गीतले जहिले जनताको दुःख बोल्यो । जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँचेका छन् । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उनको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उनले बाँसुरीको धुन राम्रोसँग निकाके । 

शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उनले जनताकै पक्षमा गाएका छन् । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन् ।  ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उनले गाएका छन् । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

‘मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ,’ शर्माले भने, ‘समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।’

सिमली छायाँ उनको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै हुन्छन् । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लागेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देखेका छन् । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x