×

NIC ASIA

गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली

काठमाडाैं | माघ ५, २०८०

Prabhu Bank
NTC
Premier Steels

 गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

Muktinath Bank

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उनको पार्थिव शरीरलाई सङ्गीतकार शम्भुजीत बास्कोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए। “उहाँको निधनले हामीलाई ठूलो क्षति भएको छ । केही दिन अगाडि मात्र नोर्बू छिरिङ्ग दाईलाई बिदाइ गरेका थियौँ, अहिले योगेश दाईलाई बिदाइ गर्दैछौँ । हामी मर्माहित छौँ”, अध्यक्ष सापकोटाले भने ।    


Advertisment
Nabil box
Kumari

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले दिवङ्गत गायक वैद्यसँग तीन दिन अगाडि मात्रै कुरा भएको बताए । उनले भने, “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो ।”

Vianet communication

वैद्यको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा लोकेस नन्दन वैद्यले दागबत्ती दिए । करिब पाँच सय नेपाली गीत तथा झण्डै एक सयभन्दा बढी नेपाल भाषाको गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए । गायक वैद्यको केही समयअघि मिर्गौलासमेत प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए । 

विसं २००३ मा नरदेवीमा जन्मिएका उनको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x