×

NMB BANK
NIC ASIA

हामीले स्थापना गरेको संघीय शासन प्रणाली डेढ दशक पुरानो भयो । यसको संस्थागत विकास भएको पनि एक दशक पुग्न लागेछ । र, अब यसको सञ्चालन, प्राप्त उपलब्धि र भविष्यको बारेमा समीक्षा गर्ने हो कि भनेर केही दिनअघि सीमित सचेत व्यक्ति हरू (राजनीतिक घेरा बाहिरका) बीच भेटघाट र छलफल सम्पन्न हुँदा निकै निराशाजनक निष्कर्षमा पुग्नुपर्‍यो ।

Muktinath Bank

भेलाका सहभागी कसैले पनि उत्साहजनक भावना व्यक्त नगर्नुले र जनमानसमा पैदा भएको निराशा र आक्रोशले हामीले अतिशय प्रेम गरेको प्रणाली नै खराब हो कि अथवा यसका सञ्चालकहरू अपात्र हुन् भन्ने गम्भीर प्रश्न उब्जाएको छ । यसै छलफलमा सहभागी नेपाल सरकार सञ्चालन वा राष्ट्र सेवामा लामो अनुभव भएका एकजना अवकाशप्राप्त उच्चपदस्थ अधिकारीको सुझाव मननीय थियो । यद्यपि सहभागी सबैको चिन्ता जायज र वस्तुनिष्ठ थियो । अन्तरक्रियामा यस पंक्तिकारले नेपाली समाजको विद्रुप चित्र प्रस्तुत गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त तस्वीरले नेपालको भयावह भविष्यको संकेत गर्थ्यो, जसका आधारमा कहालिलाग्दो खाका समेत तयार गर्न सकिन्छ । त्यस छलफलमा उनले भनेका थिए, 'अहिले त जटिलताबीच यदाकदा सहजता भेटिएको पनि छ, तर तपाईंको विश्लेषण सुन्दा त आगामी दश वर्षभित्र अनियन्त्रित परिस्थिति खडा हुने र नेपालको अस्तित्व नै गम्भीर खतरामा पर्नेजस्तो लाग्यो । अब अहिले नै के गर्ने हो, थालनी गरिहाल्नोस्, भविष्यमा पछुताएर केही हुँदैन । अहिले सरकारमा भएका बेला केही गरिहाल्नोस्, पछि मौका नआउन सक्छ । मौका आउँदा केही नगर्ने पार्टी र नेताका कुरा पछि कसले पत्याउने ?'


Advertisment
Nabil box
Kumari

दुःखको कुरा त के छ भने देशको विकास र जनताको हित अहिलेका नेता र दलहरूको प्राथमिकतामा नै छैन । बारम्बार जनताले अवसर दिँदा पनि राष्ट्रको बहुमूल्य समय खेर मात्र गएको दुःखद् अनुभव हामीसँग छ ।

Vianet communication
Laxmi Bank

उनको सुझाव निकै राम्रो थियो तर कार्यान्वयन कसले गर्ने ? ...आफू मरेपछि .... राजा ! भन्ने प्रचलित उखानबारे त ज्यादा बहस गर्न सकिँदैन तर वर्तमानका जल्दाबल्दा राजनीतिक दलहरूको मनोविज्ञान यही नै हो । यसको ओखती नेपाली समाजले नै खोज्नुपर्छ, तर कसरी ? यसको थालनी कहिले र कसबाट?आजसम्म मुखले अग्रसरता लिने धेरै भए तर कर्म, व्यवहार र सकारात्मक परिणामले कोही पनि भएन । अब एक क्षण देशका विभिन्न क्षेत्रको नाजुक अवस्थाबारे चर्चा गरौं ।

अस्पताल

तराईको एक जिल्लाको भारतीय सीमानजिकैको गाउँबाट प्रदेश सदरमुकाम  आएको एक सवारी दुर्घटनामा परेको बिरामीलाई निजी अस्पतालमा भर्ना गरियो । बिरामीको हालत नाजुक भएकाले तत्कालै उपचार शुरू भयो । परिवारका सदस्यहरूमा निकै आतेश थियो किनकि उसको हालत एकदमै खराब थियो र घरको कमाउने सदस्य ऊ मात्रै थियो । शुरूमा परिवारले आफूसँग भएको सबै पैसा जम्मा गरेर शुरू भएको उपचारको खर्च एक हप्तामा आश्चर्यजनक रूपले लाखौं पुग्यो । अस्पतालले थप पैसा ल्याउन भन्यो । परिवारले व्यवस्था गर्दै गयो । केही दिनमा बिरामीको होश आयो, सबै खुशी भए । २/३ दिनमा थप सुधार भयो । अनि बिरामीले भइरहेको खर्चबारे चासो देखाए । जब खर्चको विवरण थाहा पाए, अनुहारमा देखिएको ज्योति हरायो र उनी बोल्न छाडे । अब विस्तारै औषधिले काम गर्न छाड्यो । चिकित्सकहरूले निकै कोशिश गरे पनि अन्ततः बिरामी उठ्न सकेनन् । र, अस्पताल भर्ना भएको २१ दिनमा उनको मृत्यु भयो । बिरामीको मृत्यु भए पनि अस्पतालले बिल चुक्ता नभई लास उठाउन दिएन । परिवारको सम्पत्ति सर्वस्व भयो र मान्छे पनि बचेन ।

नेपालमा रोजगारीको सम्भावना न्यून छ । एउटा जेहेन्दार नेपाली युवाले नेपालका सरकारी बैंकहरूमा लगातार लिखित परीक्षा उत्तीर्ण गर्दा पनि अन्तर्वार्तामा सबै ठाउँबाट फालिएपछि रुँदै विदेशिनु परेका कतिपय दृष्टान्त छन् । स्नातकोत्तर गरेका युवाहरूलाई नेताहरूले या त राजनीतिक दलको झोले बनाउँछन् या त घरको कारिन्दा । आखिर यो कहिलेसम्म ? यसलाई रोक्ने कसले ?

यो त एउटा सामान्य दृष्टान्त मात्र हो, यस्ता घटना कति छन्, कति । निमोनिया, झाडापखालाजस्ता साधारण बिरामीका कारण धेरै नेपालीको ज्यान गएको गएको छ । सुत्केरी भएर धेरै नेपाली महिला दिवंगत भएका छन् । धेरैजसो नेपाली त खर्च नभएर अस्पताल जानै सक्दैनन् । र, ठूलाबडा नेता, कर्मचारी र राज्यमा पहुँच भएका व्यक्तिहरू सामान्य बिसञ्चो हुँदा पनि महंगा अस्पताल या विदेशमा उपचार गर्न जान्छन् । गरिब जनताका लागि नेपालमा सरकार नै छैन । उनीहरू मरुन् बाँचुन्, कसैलाई सरोकार छैन । पशु र मानव स्वरूपमा अन्तर छ, तर राज्यले गर्ने व्यवहारमा कुनै अन्तर छैन । यस्तो अमानवीय र विभेदकारी शासन प्रणाली हो त लोकतन्त्र ? यदि यस्तै हो भने यस्तो प्रणालीलाई गतिलो कसरी भन्ने त ? कि राजनीतिक दल र नेताको व्यवहार लोकतान्त्रिक चरित्र प्रतिकूल भएको हो ?

शिक्षण संस्था र प्रतिभा पलायन

नेपाली जनताका सन्तानले गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनु उनीहरूको नैसर्गिक तथा संविधानप्रदत्त मौलिक अधिकार हो । देशभरि शिक्षण संस्था बग्रेल्ती छन् । पढ्न जाने बालबालिकाको संख्या पनि प्रशस्तै छ । शहर मात्र होइन, गाउँ घरमा पनि स्कूलमा पढाइ हुन्छ । तर, वास्तविकता डरलाग्दो छ । एकातिर कम्तीमा १२ कक्षासम्म पढेका किशोरकिशोरीसँग कुनै पनि व्यावसायिक ज्ञान हुँदैन भने राज्यसँग उत्पादित जनशक्तिलाई के काम दिने भन्ने कुनै कार्ययोजना छैन । हरेक वर्ष उत्पादन हुने जनशक्ति न त स्वदेशी श्रम बजारमा खपत हुन्छ, न त विदेशी बजारका लागि सुयोग्य हुन्छ ।

जेजस्तो हुँदै आएको छ, त्यसैको निरन्तरता कायम छ । खासगरी शहरमा पढेका र ठिकै आर्थिक हैसियत भएका किशोरकिशोरीहरू १२ कक्षा उत्तीर्ण गरेपछि नेपाल बस्न चाहँदैनन् र लाखौं संख्यामा विदेश गई पनि सकेका छन् । उनीहरू सकभर नेपाल फर्कनै चाहँदैनन् । परिवारले पनि जोड गर्दैन । गाउँमा अध्ययन गरेका बच्चाहरूलाई पनि यो लहरले छुँदै गएको छ । इन्टरनेटमा पहुँच भएका गाउँमा त यसले प्रकोपको रूप लिन थालेको छ । शहर रित्तिँदै गएपछि अब गाउँ रित्तिने पालो छ । आखिर यो कहिलेसम्म ? दुःखको कुरा त के भने धनी देशमा पढ्न जानु त सामाजिक प्रतिष्ठा र भाग्यको कुरा पो हुन थालेको छ ।

यसैगरी गुणस्तरीय नतिजा र आर्थिक हैसियत कमजोर भएका युवायुवती जोखिमपूर्ण कामका लागि भए पनि खाडी जाने विकल्प रोज्न थालेको धेरै भयो । यसले राज्यलाई पोल्दैन । उल्टो विप्रेषण वृद्धिको डंका पिटेर रमाइरहेका छन्, सरकारी अधिकारीहरू । जुन देशको युवा जनशक्तिले आफ्नो ऊर्जा राष्ट्र निर्माणका निम्ति खर्च गर्ने अवसर पाउँदैनन्, त्यो देशको भविष्य उज्ज्वल हुने कुनै सम्भावना हुँदैन । आफ्नो सीप, ऊर्जा र समय विदेशी भूमिमा खर्चेर जीवनको बुढ्यौली आफ्नो मातृभूमि सम्झेर उपेक्षितरूपमा विदेशमा बिताउन कति गाह्रो हुन्छ, शब्दमा व्यक्त गर्न सकिँदैन । नेपाल फर्किएको नेपाली पनि देशको अवस्थाले आफ्नो जीवन गुजाराका निम्ति संघर्ष गर्दागर्दै बितेको पीडाले छट्पटीमा हुन्छ । अर्कातर्फ दिनैपिच्छेजसो खाडीबाट आएका नेपाली युवाका लासमाथि श्रद्धाञ्जली अर्पण गरेर आफ्नो कर्तव्य पूरा गरेको ठान्ने राजनीतिक नेतृत्वको निर्लज्जताले सीमा नाघेको धेरै भयो । यसमा पूर्णबिराम लाग्ने कुनै लक्षण छैन ।

शिक्षा अध्ययनको नाममा वा श्रमिकको रूपमा विदेश जाने युवा जनशक्तिबाहेकका नेपाली युवा कतिपय 'डिप्रेसन'को त कतिपय 'ड्रग एडिक्सन'को सिकार हुन्छन् । नेपालमा रोजगारीको सम्भावना न्यून छ । एउटा जेहेन्दार नेपाली युवाले नेपालका सरकारी बैंकहरूमा लगातार लिखित परीक्षा उत्तीर्ण गर्दा पनि अन्तर्वार्तामा सबै ठाउँबाट फालिएपछि रुँदै विदेशिनु परेका कतिपय दृष्टान्त छन् । स्नातकोत्तर गरेका युवाहरूलाई नेताहरूले या त राजनीतिक दलको झोले बनाउँछन् या त घरको कारिन्दा । आखिर यो कहिलेसम्म ? यसलाई रोक्ने कसले ? राज्यमा अवसर पाएकाहरूमा योग्यता र क्षमता देखिँदैन र योग्य एवं क्षमता भएकाहरूले अवसर नै पाउँदैनन् ।

सरकारी कार्यालय

नेपालका सरकारी कार्यालयहरू पेशेवर राजनीतिक व्यक्ति तथा धनीमानी व्यक्तिका प्रभाव क्षेत्र, औपचारिकरूपमा राज्यका प्रतिनिधि संस्था तर समाजका सीमित धुर्त र पहुँचवाला मानिसहरूका निम्ति खडा भएका सेवा केन्द्र र धन आर्जन गर्ने औपचारिक अखाडा भएका छन् । पैसा र पहुँच नभएका नेपालीहरूले सामान्य कामका लागि पनि महिनौं भौँतारिनु पर्ने यी कार्यालयहरूमा प्रभावशाली नागरिकहरूले घर बसीबसी काम गराउँछन् ।

त्यहाँ कार्यरत इमान्दार राष्ट्र सेवकहरू उपेक्षित छन् । चालू र राजनीतिक पहुँच भएका व्यक्तिहरू रोजीरोजी विभिन्न कार्यालय चहार्छन् । इमानदारहरू सधैंभरि दुःख पाउँछन् । इमानको कदर छैन । पसिनाको मूल्य छैन । दक्षतालाई प्रोत्साहन छैन । कार्यालयले वितरण गर्ने सेवा सुविधामा पक्षपात छ र सेवाग्राहीलाई प्रभाव एवं पहुँचका आधारमा थरिथरि व्यवहार गरिन्छ । आखिर यस्तो कहिलेसम्म ? राज्यका समग्र साधन स्रोतमाथि सीमित व्यक्तिको दोहन छ । अझ निर्माण क्षेत्र त थोरै व्यक्तिको कब्जामा छ भन्दा फरक पर्दैन । विनियोजित रकमको पच्चिस प्रतिशत पनि सदुपयोग हुँदैन, बाँकी केही व्यक्तिको खल्तीमा जान्छ । यसका लागि मूलतः राजनीतिक नेतृत्व जिम्मेवार छ । कर्मचारीतन्त्र त फगत आदेशपालक मात्र हो । राजनीतिक व्यक्ति सही हुने हो र काम तथा इमानलाई कदर तथा प्रोत्साहन गरिने हो भने कर्मचारीतन्त्रले बदमासी गर्नै सक्तैन र देश बन्न बेर लाग्दैन । राजनीति ठीक ठाउँमा नहिँडेर देश बर्बाद भयो भनेर पिरोलिएका धेरै कर्मचारी हाम्रै गाउँठाउँमा छन् ।

धर्म संस्कृति

पछिल्लो समय नेपालको धर्म र संस्कृतिमाथि चौतर्फी आक्रमण बढेको छ । नेपाल दक्षिण एसियाको पुरानो राष्ट्र हो । यसको आफ्नो मौलिक पहिचान छ । यसको धर्म, संस्कृति र परम्परा कसैबाट नक्कल गरिएको होइन । यहाँको भौगोलिक, जातीय, धार्मिक तथा सांस्कृतिक विविधता विपुल र अतुलनीय छ । चीर कालसम्म यसको जगेर्ना साझा राष्ट्रिय दायित्व र हामी नेपालीको मुख्य कर्तव्य हो । हामीले आफ्नो मौलिक पहिचानलाई जोगाउन सकेनौं भने लामो समय उपनिवेशिक शासन झेलेका अरू देश झैं पहिचानविहीन बन्न पुग्छौं । नेपालको वर्तमान राजनीतिले यसको हेक्का राखेको छ त ? पटक्कै राखेको छैन भन्दा गलत आकलन हुँदैन । त्यसैले यी सम्पदाहरूमा विस्तारै विचलन आउन थालेको छ । गरिबी र बेरोजगारीका कारण धर्मान्तरण तीव्र छ । धार्मिक आस्थाका कारण नभई जीवन निर्वाहका निम्ति धर्म परिवर्तन भइरहेको छ । विभिन्न जाति, समुदायका बहुमूल्य रितिथिति र परम्परा मेटिँदैछन् । भाषा र भेषभुषा हराउँदैछन् । वास्तवमा भाषा र संस्कृतिले देशलाई बचाउने हो । एउटा निश्चित भूगोलको दायराभित्रको बहुरंग नै वास्तविक राष्ट्रियता हो । यता आएर बहुरंग मेटिँदैछ । नेपाली समाज सम्पूर्णरूपमा उपभोक्तावादी हुनेक्रममा छ । हामी सबैलाई उपभोक्तावादको नशा चढेको छ । भाषामा, भेषभुषामा, खानपानमा, चाडपर्वमा हामी एकपछि अर्को सिको गर्दैछौं । यस्तो विचलनलाई रोक्ने प्रजातान्त्रिक राजनीतिले हो । तर, विडम्बना, दूरगामी महत्त्वका यी गम्भीर विषयमा नेपालको प्रचलित राजनीतिलाई खासै सरोकार छैन । नेपालको राजनीति फगत चुनावमुखी र सत्तामुखी मात्र भयो ।

नेपालको भविष्य ठूलो जोखिम अर्थात् 'रेड जोन' मा छ । यसबाट बच्न राजनीति सुध्रिनु पर्छ । तर, दुःखका साथ भन्नुपर्छ, सुधारको कुनै लक्षण छैन । सत्ताको चास्नीलाई विकासको उत्कर्ष ठान्ने राजनीतिक नेतृत्वबाट जनताले अपेक्षा गर्नु सर्वाधिक मुर्खता शिवाय केही होइन ।

राजनीतिक दल

नेपालका राजनीतिक दलहरू बाहिरबाट हेर्दा सग्ला, गतिला र जनविश्वासप्राप्त भरपर्दा संस्थाजस्ता देखिन्छन् । तर वास्तविकता नितान्त फरक हुन्छ । दलमा हजारौं, अब त झन लाखौं सदस्यले योगदान गर्छन् । आमनिर्वाचनमा तन, मन र धन समेत लगाउँछन् । पार्टीको इज्जत, प्रतिष्ठा जोगाउन दिनरात चिन्तित भएर लागेका हुन्छन् । दलको नेतालाई भगवानसरह मान्छन् । चुनावमा भोट हालेर पटक-पटक जिताउँछन् । नेता र दलले चुनाव जित्दा हर्षोल्लास मनाउँछन् । यसैगरी हरेक आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन्छन् । तहगतरूपले नेतृत्व पनि गर्छन् । जनमत जुटाउँछन् । राजनीतिक योगदान मात्र होइन, आफूले सकेको आर्थिक मद्दत पनि गर्छन् । आन्दोलन सफल हुँदा उत्सव मनाउँछन्, र सधैँभरि आफ्नो दल र नेताको जयजयकार गर्छन् । नेतालाई चुनाव र आन्दोलन दुवैमा भव्य सत्कार गर्छन्, मीठो मसिनो खुवाउँछन् । हरेक दुःखमा साथ दिन्छन् । तर जब अवसर आउँछ र दल एवं नेता केही गर्नसक्ने भूमिका र स्थानमा हुन्छ, दलका सदस्यको उपेक्षा शुरू हुन्छ । जनता अर्थात् मतदाता त घोर तिरस्कृत नै हुन्छन् । लाग्छ, उनीहरू भोट छाप्ने मशिन मात्र हुन् । के संविधानमा लेखिदिएर मात्र पुग्ने हो ? न शिक्षा, न स्वास्थ, न रोजगारी, कतैपनि राजनीतिक दल र नेताको भूमिका देखिँदैन । फेरि चुनावमा यही नारा ! फेरि जनताको दोहन ! यस्तो सिलसिला कहिलेसम्म ?

यही कारण भएको हो, युवा पुस्ताको पलायन । एक त गरिबी र बेरोजगारीका कारण सन्तानोत्पादन नियन्त्रित छ । नेपालीहरूको जनसंख्या अस्वाभाविक रूपमा नियन्त्रणमा छ । मुश्लिम, चेपाङलगायतका सीमित समुदाय बाहेकका नेपालीका घरमा १ वा २ सन्तान मात्र छन् । आर्थिकरूपमा सम्पन्न वर्गका लागि त एक सन्तान 'फेसन' भएको छ । त्यस्ता १/२ सन्तान पनि विदेशमा छन् । हिजोआज हामी कलेज पढ्ने विद्यार्थी भएनन् भन्दैछौं, केही वर्षपछि स्कूल पढ्ने पनि भेटिने छैनन् । यसको सम्पूर्ण कारण राजनीति हो । क्षमता भएकाहरू देशको गएगुज्रेको परिस्थितिका कारण स्वेच्छिक रूपमा विदेश पलायन हुने र गरिब जनतालाई धनी देशहरूले मजदुर बनाएर लाने भएपछि नेपालको भविष्य के होला ? हामीले भर्खरै थाहा पाउँदैछौं, नेपालको सरकारी जागिर छाडेर केही युवा रुसी सेनामा भर्ना भएको घटना । यसको कारण पनि राजनीति हो । सम्पूर्ण जीवन राष्ट्रलाई समर्पित गर्दा पनि परिवार राम्रोसँग पाल्न नसकेपछि के गर्ने ?

यी केही प्रतिनिधि चित्र हुन् । हामी विकास र प्रगतिका आँकडा बोकेर बसेका छौं, तर एउटा कुरा चटक्कै बिर्सेका छौं, जुन विकासले गरिब जनता र गाउँघरलाई छुँदैन, त्यस्तो विकासको अर्थ छैन । जुन विकासले नयाँ पुस्तालाई प्रोत्साहित गर्दैन र आफ्नो देशप्रति आश्वस्त बनाउँदैन, त्यस्तो विकास विकास नै होइन । त्यसैले नेपालको भविष्य ठूलो जोखिम अर्थात् 'रेड जोन' मा छ । यसबाट बच्न राजनीति सुध्रिनु पर्छ । तर, दुःखका साथ भन्नुपर्छ, सुधारको कुनै लक्षण छैन । सत्ताको चास्नीलाई विकासको उत्कर्ष ठान्ने राजनीतिक नेतृत्वबाट जनताले अपेक्षा गर्नु सर्वाधिक मुर्खता शिवाय केही होइन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x