×

NMB BANK
NIC ASIA

सर्वोच्चको आदेश कार्यान्वयनमै विलम्बः

फेवातालको अतिक्रमित संरचना हटाउने समय २ महिना बाँकी, तयारीका नाममा अलमल !

काठमाडाैं | माघ १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

फेवातालको मापदण्डभित्र पर्ने संरचना हटाउन र तालको उच्चतम बिन्दुबाट ६५ मिटरको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा उल्लेख्य प्रगति हुन सकेको छैन ।

Muktinath Bank

सर्वोच्चले २०८० असार ४ गते दोस्रोपटक गरेको आदेशको पूर्णपाठ असोज ९ गते आइसकेको छ । आदेशमा ६ महिनाभित्र आदेश कार्यान्वयन गरिसक्न भनिएको छ । पूर्णपाठ आएको मितिलाई आधार मान्दा सर्वोच्चले दिएको ६ महिनामध्ये ४ महिनाको समय सकिएको छ । तर, उल्लेख्य काम हुन सकेको देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न अध्ययन प्रतिवेदनले फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नुपर्ने औंल्याएका छन् । त्यसै अनुसार सर्वोच्चको आदेश आएको थियो । २०७५ वैशाख १६ मा सर्वोच्चले फेवातालको पक्षमा पहिलो आदेश जारी गरेर ६ महिनाभित्र तालको ६५ मिटर मापदण्डभित्र पर्ने संरचना भत्काउनू भनेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यतिबेला आदेश कार्यान्वयन हुन सकेन । उल्टै पोखरा महानगरपालिकाले तालको मापदण्ड नै घटाएर ३० मिटर कायम गरिदियो । त्यसैविरुद्ध परेको रिटमा सुनुवाइ भएर दोस्रो आदेश आएको हो ।

Vianet communication
Laxmi Bank

आदेशको पूर्णपाठ आएको २ महिनापछि मंसिर १३ गते फेवातालको मापदण्ड कार्यान्वयन गर्न गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले एउटा समिति गठन गरेको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि छन् । समिति गठनका अलावा देखिने गरी काम भएको छैन । रेखांकन र मापदण्डभित्रका जग्गा पहिचानको काम भइरहेको समितिका सदस्यहरू बताउँछन् ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आफूहरू आन्तरिक तयारीमा रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

‘अहिले भनिहाल्ने चिज छैन । सबै आन्तरिक तयारी गर्नुपर्ने चिज नै छन् । विभिन्न समिति बनाएर आन्तरिक तयारीमा नै छौं । केही दिनमा पब्लिक हुन्छ,’ आचार्यले भने ।

समितिले अहिले प्राविधिक अध्ययनमा काम गरिरहेको उनले बताए । नतिजामुखी काम देखाउने भनेर महानगरले हालसम्म भएका कामको विवरण दिन चाहेको देखिन्न ।

समितिका एक सदस्यका अनुसार ताल सीमाकंन र जग्गाको लगत लिने काम भइसकेको छ । 

‘सीमाकंन गर्ने काम करिब–करिब गरिसक्यो । कुन–कुन क–कसको नाममा दर्ता छ, त्यसको लगत लिने काम भइसक्यो । अब त्यसलाई महानगरले तिम्रो यो मापदण्डभित्र परेको हुँदा अदालतको आदेशलाई सम्मान गर्दै संरचना हटाउन/खाली गर्न इज्जत साथ पत्राचार गर्ने काम हुन्छ । त्यसमा अटेर गरेछन् भने सरकार अरू एक्सानमा जान्छ,’ ती सदस्यले भने । 

फेवातालको सीमांकन प्रतिवेदन यसअघि पनि सार्वजनिक भइसकेको छ । २०७७ फागुन २ गते पुण्य पौडेलको संयोजकत्वमा फेवातालको सीमांकन प्रतिवेदन सार्वजनिक भएको थियो, जसले पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चंखपुरबीचको दम्किले र दक्षिणमा चिसापानी रानीवन कायम गरी चार किल्ला तोकेको थियो । सो प्रतिवेदनमा १ हजार ४७९ रोपनी जग्गा अतिक्रमण भएको उल्लेख छ । 

खपौँदीमा भएको अतिक्रमण : गूगल तस्वीर

महानगरले समिति बनाएर काम गरिरहँदा पर्यटन व्यवसायीको आफ्नै गुनासो छ । अदालतको आदेशपछि महानगर डोजर लिएर तालछेउ पुग्न सकेको त छैन नै व्यवसायीसँग बसेर छलफल पनि गरेको छैन । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेबानका अध्यक्ष नरेश भट्टराईले महानगरले अदालतको आदेश पूरा गर्ने भन्दै हिँडिरहे पनि कसरी गर्ने भन्नेमा समन्वय नगरेको गुनासो पोखे । 

‘समितिले बोलाएर छलफल पनि गरेको छैन । यहाँ सरोकारवालासँग कुनै सहकार्य गरिएको छैन । जति पनि पीडित हुनुहुन्छ, उहाँहरूको कुरा सुन्नुपर्छ । हामी तालविरोधी होइनौं, तर  हाम्रो समस्या बुझ्ने काम भइरहेको छैन,’ भट्टराईले भने ।

तालको मापदण्डभित्र बनेका संरचनामा निर्वाधरूपमा व्यवसाय सञ्चालन भइरहेका छन् ।  वर्षायाममा उच्चतम पानीको बिन्दुको किनाराबाट तालको मापदण्ड ६५ मिटर तोकिएको छ, जसमा २०१८ देखि २०३१ सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा बाहिरको जग्गाको हकमा कानूनबमोजिम मुआब्जा दिनुपर्ने अदालतको ठहर छ । समितिले यही जग्गा पहिचान गर्ने काम गरिरहेको जनाएको छ ।

अदालतको निर्णय कार्यान्वयन गर्न २ महिनाको समय रहेकाले यो किचलो सुल्झाउन प्रदेश र संघीय सरकारको पनि सहयोग आवश्यक रहेको महानगरका जनप्रतिनिधिहरू बताउँछन् ।

मानवीय अतिक्रमणले फेवाताल संरक्षणमा चुनौती देखिएपछि २०६४ साउन २८ गते तालको मापदण्ड ६५ मिटर तोकिएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेको नेतृत्वमा अध्ययन समिति गठन गरेर तालको वस्तुस्थिति अध्ययन गरिएको थियो । 

त्यसबाहेक विभिन्न गैह्रसरकारी निकायको अध्ययनले समेत फेवाताल संरक्षणमा पहल नथाले फेवाताल पुरिएर सकिने उल्लेख गरेका छन् ।

पोखरा उपत्यका नगर विकास समिति र जिल्ला परिषद् कास्कीको बैठकले तालको मापदण्ड तोकेपनि फेवा छेउमा संरचना थपिँदै गए, जसको शुरूआत २०६६ मा वाटर फ्रन्ट रिसोर्टका सञ्चालक कर्ण शाक्यले गरेका थिए ।

सो समयमा नै रिसोर्टको संरचनाबारे विवाद भएपछि जाँचबुझ समिति गठन भएको थियो । नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा ‘पोखरास्थित पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिसम्बन्धी जाँचबुझ समितिको प्रतिवेदन २०७५’ ले वाटर फ्रन्ट रिसोर्ट मापदण्ड मिचेर बनाइएको उल्लेख गर्‍यो । 

‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिका संरचनाहरूमा पानी शुद्धीकरण गर्ने टयांक, स्विमिङ पुल, स्विमिङ पुलसँगै रहेको शौचालय, ट्रस बगैँचा, गाडी पार्किङस्थल, मूल गेट र पालेघर फेवातालको किनाराबाट ६५ मिटरभित्र तथा दुई भवन ६५ मिटरभन्दा बाहिर पर्ने देखिन्छ,’ समितिको प्रतिवेदनमा उल्लेख छ ।

फेवाताल पहिले र अहिले । गूगल तस्वीर

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा सुनुवाइपछि सर्वोच्चले २०७५ वैशाख १६ मा मापदण्डभित्रका सबै संरचना भत्काउन पहिलो आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशलाई लत्याउँदै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको नेतृत्वमा बसेको ५५औं कार्यपालिका बैठकले तालको मापदण्ड घटाएर ३० मिटर कायम गर्‍यो ।

२०७८ चैत १६ मा बसेको बैठकले फेवाको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर बनाउने निर्णय गरेको थियो । महानगरको सो निर्णयविरुद्ध अधिवक्ता सुवेदी पुनः सर्वोच्चमा मुद्दा लिएर पुगे, जसको आदेश यही असार ४ गते आइसकेको छ । 

आदेशमा भनिएको छ, ‘६ महिनाभित्र फेवातालको चार किल्ला कायम गराउनु, तालको किनारबाट ६५ मिटरसम्मको भू–भाग भवनलगायत तालको संरक्षणमा असर पर्ने कुनै भौतिक संरचना निर्माण गर्न नपाउने व्यवस्था गर्नू र भएका संरचनाहरू हटाउनू ।’ 

अदालतको आदेशपछि कर्ण शाक्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका थिए । 

‘सर्वप्रथम हाम्रो होटलको भवन तालबाट ६५ मिटर टाढा छ । २० वर्ष पहिले रैथाने पोखरेली उद्यमीसँग नै उनको पुरानो होटलसहितको १८ रोपनी जग्गा किनेको थिएँ,’ शाक्यले सामाजिक सञ्जालमा लेखेका थिए ।

सर्वोच्चको आदेशमा २०३१ सालपछि व्यक्तिको नाममा दर्ता भएका फेवा छेउका जग्गा सरकारी स्वामित्वकै हुने उल्लेख छ । आफ्नो रिसोर्ट ६५ मिटरभित्र नपर्ने दाबी गरिरहेका कर्णले पछि मापदण्डभित्र पर्ने संरचना हटाएर लेकसाइड विस्थापित गर्न लागेको धारणा राखेका थिए । मंसिर १० गते शाक्यले फेसबूकमा लेखेका थिए–

‘विश्वप्रसिद्ध पर्यटनको यो गन्तव्यस्थलमा ६५ मिटर मापदण्ड लगाएर लेकसाइड नै विस्थापन गर्नुको कारण के हो, धेरैले बुझेन र सोच्न पनि सकेन । लेकसाइडको संरचना हटाएर त्यहाँ के गर्ने ? योजना के छ ?’ 

अध्ययन प्रतिवेदन र तथ्य जाँचबुँझ गरेर अदालतले उनको रिसोर्ट गैरकानूनी रूपमा निर्माण भएको ठहर गरिसकेको छ । आदेशको पूर्णपाठ आएको ४ महिना बितिसक्दा पनि समिति गठन गर्नेबाहेक उल्लेख्य काम हुन सकेको छैन । 

फेवाताल अतिक्रमणको अवस्था । गूगल तस्वीर

फेवाताल र तालका समस्यालाई नजिकबाट नियालिरहेकी अधिवक्ता भगवती पहारी अहिलेको हिसाबले आदेश कार्यान्वयनमा शंका रहेको बताउँछिन् ।

फेवाताल संरक्षणका विषयमा आवाज उठाउँदै आएकी भगवती यसमा दुई कठिनाइ देख्छिन् ।

‘एउटा कारणचाहिँ तालकै छेउमा जसले व्यवसाय गरेर बसेका छन्, उनीहरूले धेरै खर्च गरेका छन्, त्यसलाई जोगाउन चाहन्छन् । सरकार बलियो छैन । गर्न खोजे पनि एक्लै सक्दैन । उसमा इच्छाशक्ति र कार्यान्वयन गर्ने शक्ति पनि प्राप्त हुनुपर्छ । त्यो प्राप्त भएको छैन । यो एक्लै गर्न सक्ने काम पनि भएन । केन्द्रले नै कुनै एउटा कार्यान्वयन समिति बनायो भने होला, नत्र यही रूपमा सरकारले गर्छ भन्ने मैले पत्याएको छैन,’ उनले भनिन् ।
 
आवश्यक परे जग्गाको मुआब्जा दिएर तालको जग्गा अधिग्रहण गर्न अदालतले आदेश दिएको छ । २०७७ भदौ २९ गते तत्कालीन महानगर प्रमुख मानबहादुर जीसीले प्रधानमन्त्री समक्ष मालपोतको दरअनुसार १० अर्ब मुआब्जा दिनुपर्ने प्रतिवेदन बुझाएका थिए । यद्यपि अदालतले २०३१ सालयता व्यक्तिका नाममा पास भएका जग्गाको मुआब्जा दिनुनपर्ने उल्लेख छ । २०७६ सम्म ४ सय बढी संरचना मापदण्डभित्र पर्थे, तर त्यसपछि कति संरचना थपिएका छन्, त्यसको यकिन तथ्यांक छैन । लेकसाइड छेउमा संरचना निर्माणको काम भने बढ्दो छ । २०७७ मा बाँध मर्मत गर्न तालमा पानीको सतह घटाउँदा अस्थायी संरचना थप्ने काम भएको थियो ।

पानीको सतह घटाइएको अवस्था । तस्वीर : रिना थापा

त्यसपछि, कोभिड १९ महामारीको समयमा ताल छेउमा रेस्टुरेन्टको संख्या बढे । आन्तरिक पर्यटक पामे क्षेत्रमा पुग्न थालेपछि रेस्टुरेन्टको संख्या बढ्न थालेको थियो । महानगर त्यस समय पनि मौन बस्यो । पामे, खपौदी क्षेत्रमा रेस्टुरेन्टको संख्या थपिए । जुन संरचना भत्काउनुपर्ने आदेश आइसकेको छ । तर, उल्टै संरचना थपिइरहेको छ । बनेका संरचना हटाउने त के बन्दै गरेका संरचना रोक्न पनि महानगर निरीह बनिरहेको छ । यतिसम्म कि सीमसार क्षेत्रमा धमाधम प्लटिङको बाटो पोखरा महानगरले नै खोल्यो । जेठमा भूउपयोग नीतिमा जग्गा वर्गीकरण गरेर महानगरले सीमसार क्षेत्रका केही हिस्सालाई आवास क्षेत्र तोकेको थियो । सोही अनुरूप धमाधम प्लटिङ भइरहेको थियो । चौतर्फी आलोचनापछि महानगर सो कार्य रोक्न डोजर लिएर पुगेको थियो । 

जेठमा सीमसार क्षेत्रमा भएको प्लटिङ । तस्वीरः रिना थापा 

तालको मापदण्डभित्र गैरकानूनी रूपमा संरचना बनाउने पहिलो शक्तिशाली व्यक्ति उनै कर्ण शाक्य मानिन्छन्, जसले निर्बाध रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

प्रतिवेदनले रिसोर्टका आधा संरचना मापदण्डभित्र पर्ने ठहर नै गरेपनि संरचना भत्किन सकेको छैन । 

यी बाहेक तालपारी समेत तालछेउमा संरचना निर्माणको काम बढिरहेको छ । कर्मा गुरुङको तालपारि रिसोर्ट र पछिल्लो समय पर्यटकलाई तानिरहेको सुजन जोसीको लेक हाउस समेत मापदण्डभित्र पर्छन् । लेकहाउसको संरचना बनेको धेरै वर्ष भएको छैन ।

 लेक हाउस । गूगल तस्वीर

तत्कालीन राजपरिवारले निर्माण गरेका रत्नमन्दिर, हिमागृह र फिस्टेल लज पनि तालको मापदण्डभित्रै छन् ।  

हेर्नुहोस्, सर्वोच्चको आदेश :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x