×

NIC ASIA

शहरी मोहले घट्दैछन् गाउँमा विद्यार्थी

काभ्रेपलाञ्चोक | माघ ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

१० वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी छन् । २०१५ सालमा स्थापित विद्यालयमा पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर, अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे । अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर, विद्यार्थीको सङ्ख्या स्वात्तै घटेको छ । 

Muktinath Bank

'पहिला १३/१४ सय विद्यार्थी हुँदा भुइँमा बसेर पढ्थे । अहिले भवन भव्य छ, विद्यार्थी खासै छैनन्, 'तेमाल गाउँपालिका–८, भोटेपाटी निवासी सो विद्यालयका पूर्व विद्यार्थी वेनीबहादुर श्रेष्ठ भन्छन्, 'मैले २०४४/४५ मा झिँगटीको छानो भएको सानो भवनमा बसेर बढेको थिएँ । अहिले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, प्रयोगशालाजस्ता सुविधा छ तर, ज्यामी काम गरेर भए पनि अभिभावकले छोराछोरीलाई काठमाडौँ वा अन्यत्र सहरका राम्रा मानिने विद्यालयमा पढाउन थालेका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले भने विद्यार्थी पढ्नकै लागि अभिभावकको साथमा सहरतिर धाउन थालेका छन् । कतिपय अभिभावकले छोराछोरी पढाउँकै लागि सहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

गाउँबाट सहरमा बसाईँसराईँ र गाउँमा बेरोजगारीको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी सहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन् । गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त ? कुशेश्वर माविका प्रधानाध्यापक दमैसिं दोङ आफूहरूले गुणस्तर सुधारका लागि सक्दो प्रयास गरे पनि गाउँमा बस्ने मानिसहरूको सङ्ख्या घट्दो भएकाले विद्यार्थी न्यून हुँदै गएको बताउँछन् । 

Vianet communication

दोङ प्रधानाध्यापक नियुक्त हुँदा २०७३ सालमा आउँदा विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म कुल एक हजार विद्यार्थी थिए, अहिले घटेर जम्मा दुई सय ७३ भएका छन् । शिक्षा सङ्कायमा पढाइ भइरहेको कक्षा ११ र १२ मा जम्मा २७ मात्रै विद्यार्थी छन् । 

विद्यालयका राहत र करारगरी २४ जना शिक्षक–कर्मचारी छन् । नर्स एक जना र कार्यालय सहयोगी दुई जना छन् । गाउँपालिकाले विद्यालयका मसलन्द र सामाजिक लेखा परीक्षणका लागि न्यून रकम दिने गरेको छ भने विद्यालयको मुद्धति खाताको ब्याजबाट करार शिक्षकलाई सुविधा दिँदै आएको छ । कुनै शिक्षक रिक्त भएमा विद्यालयले करारमा शिक्षक नियुक्त गर्न आन्तरिक स्रोतले धानेकाले शिक्षक अभावमा विद्यार्थीको पढाइ अवरोध हुने स्थिति छैन । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले जनगणना २०६८ र २०७८ को बीचमा शहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी शहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ ।  

प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ दशमलवमा  प्रतिशतमा झरेको देखिन्छ । शहरोन्मुख क्षेत्र भए पनि शहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसङ्ख्या अझै पनि एक तिहाई छ जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइँ कम गर्न दबाब परेको देखिएको छ । हाल नगरपालिकाको जनसङ्ख्या ६६ दशमलव १७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३ दशमलव ८३ प्रतिशत रहेको छ ।      

कुशेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थोकर समग्रमा मानिसहरूको जन्मदर कम हुनु, रोजगारी तथा अवसरका लागि अभिभावकहरू बनेपा, धुलिखेल र काठमाडौंतिरको  बसाइँसराइँ र विदेश जानुले गाउँका विद्यालयमा बालबालिका कम भएको बताउँछन् । गाउँमा सोचेजस्तो गुणस्तरीय शिक्षा नभएको र राज्यले पनि यहाँका विद्यालयको सुधारका लागि उचित व्यवस्थापन नगरेकाले आफूहरूले अभिभावकलाई आश्वस्त पार्न नसकेको अध्यक्ष थोकरको भनाइ छ ।

विद्यार्थीलाई गाउँमै टिकाउन विद्यालयले आफ्नै स्रोतबाट कक्षा ८ भन्दा माथि आवासीय कक्षा सञ्चालनको सोच बनाइएको बताए । उनले २०८२ सालको शैक्षिक सत्रदेखि प्राविधिक धारको पढाइ र कक्षा ११ र १२ मा हालको शिक्षा विषयका अतिरिक्त विज्ञान, व्यवस्थापन र कानुनलगायतका विषय थप्ने तयारी गरिएको बताए।

तेमाल गाउँपालिका–५ नारायणस्थानस्थित नारायणस्थान माध्यमिक विद्यालयमा आठ वर्षअघि चार सय थिए भने हाल प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म जम्मा दुई ४० विद्यार्थी छन् । उक्त विद्यालयका प्रधानाध्यापक कालीदास दाहाल अभिभावकहरू अवसरको खोजीमा सहरकेन्द्रित हुँदा विद्यार्थी घटेको स्वीकार्छन् । उनले विद्यार्थीलाई आकर्षण दिन कक्षा ११ र १२ मा सबै विषयका पाठ्यपुस्तक निःशुल्क र उच्च ग्रेडमा उत्तीर्ण भएर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको जनाए । 

सोही गाउँपालिका–८, भोञ्ज्याङस्थित जनज्योति माध्यमिक विद्यालयमा पनि अहिले विद्यार्थी घटेर एक सय ५९ पुगेको छ । पाँच–छ वर्षअघिसम्म यस विद्यालयमा चारसय सम्म विद्यार्थी हुन्थे । सो विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली पढाइको गुणस्तर खस्किएर नभई रोजगारीको अवसरको खोजीमा अभिभावकहरू सहर जान थालेकाले गाउँमा विद्यार्थी कम भएको बताउँछन् । 

तेमालमा विपी राजमार्गको कालढुङ्गा–मेच्छेपौवाको तल्लोबाटो र भकुण्डेबेँसी–नारायणस्थन–मेच्छेपौवाको माथिल्लोबाटो कच्ची भएकाले गाउँमा विद्यार्थीहरूले विद्यालय आउन–जान धुलोमैलो र उकाली ओराली खेप्नुपर्ने हुन्छ । सवारीको असुविधा र विद्यार्थीहरू सहर जान थालेकाले गाउँपालिकामा एउटा वटा पनि निजी (संस्थागत) विद्यालय सञ्चालनमा छैनन् । सबै सामुदायिक (सरकारी) छन् । 

तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङका अनुसार यहाँ हाल १० माध्यमिक विद्यालय छन्, त्यसमध्ये पाँच वटामा कक्षा ११ र १२ को पढाइ हुन्छ । यस्तै आधारभूत तहका आठ र प्राथमिक तहका २१ सामुदायिक विद्यालय छन् । यी सबै विद्यालयमा गरी तीन हजार दुई सय विद्यार्थी छन् ।

यसमा छात्राहरूको सङ्ख्या करिब एक सयले बढी रहेको प्रवक्ता तामाङले जानकारी दिए । गाउँपालिकामा साक्षरताको प्रतिशत भने ९५ दशमलव ९७ रहेको छ । त्यसो त गाउँपालिकाको जनसङ्ख्या पनि घट्दो छ । राष्ट्रिय जनगणना, २०७८ मा  हजार १६ हजार नौ सय ५९ रहेको छ भने २०६८ सालको जनगणनामा २२ हजार सात सय १२ जनसङ्ख्या रहेको थियो । 

'अहिले दुई सन्तानको मान्यताले जन्मदर नै कम हुँदै गएको छ, अर्कातिर रोजगारीका लागि सहरी क्षेत्रमा अभिभावक केन्द्रित भएका छन्,' प्रवक्ता तामाङले भने, 'सामुदायिक विद्यालयका शिक्षक कर्मचारीमा पनि आफूले पढाउने विद्यालयप्रति विश्वास नभएको देखिन्छ । उनीहरूका अधिकांश छोराछोरी काठमाडौं वा अन्यत्रका राम्रा वा निजी विद्यालयमा पढाइएका छन् । छोराछोरीलाई पढाएर यस्तो बनाउँछु भन्ने चेतना भएका अभिभावकले सहरमा विद्यार्थी लगे । पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ भन्ने सोच भएका अभिभावकले मात्रै गाउँकै विद्यालयमा पढाइरहेका छन् ।'

गाउँपालिकामा विद्यार्थी टिकाउन विशेष प्याकेजहरू अघि सारिएको र प्रयोगकै क्रममा रहेको तामाङले जानकारी दिए । काभ्रेपलाञ्चोककै नमोबुद्धमा नगरपालिकाका आवासीय विद्यालयमा गाउँपालिकाले खर्च दिएर विज्ञान विषयामा कक्षा ११ र १२ मा दुई भर्ना गराइएकामा ती विद्यार्थीले पढाइ गाह्रो भएकाले बीचैमा छाडेर भागेको अनुभव पनि उनले सुनाए । अब शिक्षाबारे अभिभावक चेतना दिने, विद्यार्थीहरू नियमित विद्यालय गए/नगएको, समयमा घर फर्किए/नफर्किएको जस्ता विषयमा पनि गाउँपालिकाले अनुगमन गरी अभिभावकलाई सहजीकरण गर्ने उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङबाट प्रस्तुत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ को नारासहित शिक्षालाई मानिसको आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र सीपमूलक पाठ्यक्रम विकास गरी नमुना विद्यालय विकास गर्ने योजना लिइएको छ । 

गाउँपालिकाले सबै विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य, सरसफाइ र आधारभूत खानेपानी सेवा विस्तार गर्ने, अङ्ग्रेजी माध्यमबाट शिक्षणका लागि शिक्षक दरबन्दीमा प्रोत्साहन गर्ने पनि कार्यक्रम अघि सारेको छ । 

नीति तथा कार्यक्रममा शैक्षिक प्रणालीमा रुपन्तरणका लागि पाठ्यक्रमको विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थापन, शैक्षिक पात्रो व्यवस्थापन, अद्यावधिक स्रोत व्यवस्थापन, विद्यालय–अभिभावकबीचको सञ्चार व्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरणलगायतका क्षेत्रमा सूचना प्रणालीको प्रभावकारी उपयोगगरी शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गर्ने उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x