×

NMB BANK
NIC ASIA

संरक्षणको पर्खाइमा तनहुँको ‘पराशर पार्क’​​

तनहुँ | माघ १७, २०८०

NTC
Premier Steels
  • सानेबहादुर नेपाली / रासस

    Muktinath Bank

भाइरल पर्यटकीय क्षेत्र मानहुँकोटको फेदी र सेती तथा मादीको सङ्गमस्थलमा निर्माण गरिएको पराशर पार्कको संरक्षण हुन सकेको छैन । सदरमुकाम दमौली नजिकै व्यास ऋषिको तपोभूमि व्यास गुफा छ । उक्त गुफाको ठीक अगाडि भागमा पराशर आश्रम अवस्थित छन् । दायाँ र बायाँ सेती तथा मादी नदी बग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धार्मिक र पौराणिक दृष्टिकोणले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलका रुपमा पनि उत्तिकै परिचित रहेको पाइन्छ । सो स्थानमा घुम्न स्वदेश र भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् । व्यास गुफा, पराशर आश्रम र पार्कलाई जोड्न मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।  


Advertisment
Nabil box
Kumari

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न नेपाल सरकारको आर्थिक सहयोगमा व्यास नगरपालिका–५ बेनीपाटनस्थित सेती र मादी नदीको सङ्गमस्थलमा पराशर पार्क निर्माण गरिएको छ ।​​

Vianet communication

चारवेद र १८ पुराणका रचयिता वेद व्यासको तपोभूमिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण कार्य अघि बढाइएको थियो । आर्थिक वर्ष २०७७/७८ मा अन्तिम निर्माण कार्य सम्पन्न गरे पनि सञ्चालनमा ल्याउन नसक्दा विगत दुई वर्षदेखि पराशर पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।​​

विसं २०७८ मा सेती र मादी नदीमा आएको बाढीले निर्माण गरिएका केही संरचना बगाएर पूर्ण क्षति बनाएको छ । बचेका केही संरचना पनि भत्किन थालिसकेका छन् ।

तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत बचेका संरचना जोगाउन सेती र मादी किनारमा पर्खाल निर्माण गरेका कारण रहेका केही संरचनाको संरक्षणमा सहयोग पुगेको छ ।

पार्क निर्माणपश्चात् शौचालयका लागि पानी आवश्यक पर्ने भएपछि ट्याङ्की निर्माणका लागि विनियोजित रु ५० लाखको लागतमा ट्याङकी निर्माण गरिएको थियो ।​

विसं २०७५ साउन १६ गतेदेखि निर्माण शुरू गरी विसं २०७६ माघ १६ गते नै पार्क निर्माण कार्य सम्पन्न गरे पनि उक्त समयदेखि पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ । 

उक्त पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, वनभोज स्थल, बास्केटबल कोर्ट, एमपी थ्रेटर, पार्किङस्थल निर्माण गरिएको छ । व्यास गुफा र पराशर क्षेत्रलाई जोड्दै धार्मिकस्थलका रुपमा प्रबर्द्धन गर्नमा थप सहयोग पुग्ने स्थानीय पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउँछन् ।

निर्माण गरिएका संरचना संरक्षण गर्न जति सक्दो चाँडो स्थानीय तह मातहत ल्याएर सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । उनका अनुसार संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जति सक्दो चाँडो व्यास नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने देखिएको छ ।

सो संरचना तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग गोरखाले निर्माणको जिम्मा पाए पनि अहिले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्की मातहत रहेको छ ।

आयोजनाको कुल लागत रु तीन करोड ५३ लाख ७१ हजार पाँच सय ७६ रहेकामा भ्याटबाहेक कबोल अङ्क रु दुई करोड ७९ लाख ९८ हजार चार सय तीन लागत रहेको थियो । 

उक्त पार्कको न्यू ड्रैगन/एएनजी जेभी काठमाडौंले निर्माणको जिम्मा पाएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले जानकारी दिए । सङ्घीय आयोजना कार्यान्वयन एकाइले सङ्घीय सरकारबाट प्राप्त बजेटअनुरुप निर्माण कार्य सम्पन्न गरेको उनी बताउँछन् ।

‘पार्क उपयोगमा ल्याउनका लागि स्थानीय तहलाई पार्क हस्तान्तरण गर्ने तयारी भइरहेको छ’, उनले भने, 'व्यास नगरपालिकाले सञ्चालनका साथै संरक्षण गर्न पनि उत्तिकै चासो देखाएको छ, प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो, निर्माण गरिएका संरचना सुरक्षित हुने किसिमले सञ्चालनमा ल्याउन नगरपालिकालाई सुम्पिन लागेका छौं, अब छिट्टै हस्तान्तरण गर्ने तयारी गरिरहेका छौं ।'

पार्क सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा पर्यटकको आवागमनमा वृद्वि हुने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको बजेटमा सङ्घीय आयोजना कार्यान्वयन एकाइले पार्क निर्माण गरे पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुँदा निर्माण गरिएका संरचना अलपत्र बन्दै गएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

पार्कलाई सुन्दर र सफा देखाउन लगाइएको टायल उप्किने तथा भाँचिने भइसकेको छ । पार्कमा बिछ्याइएका टायल फुट्न थालेका र यसको मर्मत सम्भार गरेर नगरपालिकाले संरक्षण तथा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

प्रयोगमा नआउँदै र यसको उद्घाटन नहुँदै जीर्ण देखिन थालेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो कार्य भए पनि सरकारको लगानीको संरक्षण नहुँदा यति ठूलो लगानी बालुवामा पानी हालेजस्तो बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x