×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीमा ठगी

युरोप सपना देखाएर ६ सय युवाबाट ६० करोड ठगी, पुरानो अपराध लुकाउन नयाँ नागरिकता

ठगेको पैसाले सवा ४ करोड ऋण चुक्ता, मेनपावरमा ५० लाख लगानी

काठमाडाैं | माघ १९, २०८०

NTC
Premier Steels

सिन्धुपाल्चोककी २२ वर्षीय नोमु शेर्पा बिहीबार प्रहरीकोमा पुगिन् । उनीसँगै थिए गाउँका २ दाजुभाइ र काका । उनी काठमाडौंको नयाँ बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्दा अन्य ६०० भेला भइसकेका थिए । 

Muktinath Bank

उनीहरूको पीडा लगभग एउटै थियो– विदेश पठाई दिन्छु भन्दै दलालले पैसा खाइदियो । उनीहरूलाई आफूलाई क्रोसिया पठाउँछु भन्दै ठगी गर्ने व्यक्तिलाई हेर्न र फसेको पैसा फिर्ता पाउने आशामा प्रहरीकोमा पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही वर्ष कक्षा १२ सकेर बसेकी नोमुले क्रोसिया जान दलाललाई पैसा दिएकी थिइन् । उनी र उनका दाजुभाइसहित प्रत्येक व्यक्तिहरूले २/२ लाखका दरले पैसा बुझाएको बताए । 


Advertisment
Nabil box
Kumari

पहिला ५० हजार रुपैयाँ चाहिने बताएपछि उनले दिइन् । ‘पहिला ओर्क प्रमिट ल्याउन ५० हजार चाहिन्छ भन्यो र दियौं । वर्क परमिट आयो भनेपछि कार्तिक १ लाख ५० हजार गरेर २/२ लाख दिएका छौं,’ शेर्पाले लोकान्तरसँग भनिन्, ‘पुसमा त ऊ भाग्यो । अनि ठगिएको थाहा पाएका हौं ।’ 

Vianet communication

ठगिएको थाहा पाएपछि उनीहरूले प्रहरीमा उजुरी दिएका थिए । ठगिने उनी मात्र होइनन् । गोरखा भिमसेन थापा गाउँपालिका–२ का एक युवा पनि ठगिए । 

क्रोसिया जान ६ लाख रुपैयाँ लाग्ने उनले पनि दुई लाख बुझाएका रहेछन् । उनले साउन महिनामा ५० हजार र असोज महिनामा १ लाख रुपैयाँ दिएको बताए । 

धादिङका केशवबहादुर तामाङ पनि १ लाख ५० हजार ठगिएको पैसा उठ्ने आशमा अपराध अनुसन्धान कार्यालय आएका थिए । ‘५/६ महिनामा क्रोसियामा उठाउँछु । अर्जेन्ट डिमान्ड आएको छ भन्नुभयो  । २ लाख पैसा मागेका थिए, तर मैले १ लाख हाल्दिएको थिएँ । कार्तिक महिनामा प्रोसेसका लागि भनेर ५० हजार दिएको हुँ,’  तामाङले लोकान्तरसँग भने ।

उनले आफूलाई दलालले बालाजुमा रहेको अफिस पनि देखाएको बताए । दलालले आएको भनेको वर्क परमिट पनि फेक भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको उनले बताए । यी त एक/दुई जना प्रतिनिधि पात्रहरू हुन् । यस्ता ६१५ जनाको करिब ६० करोडभन्दा धेरै ठगी गरेको अभियोगमा अपराध अनुसन्धान कार्यालयले ३२ वर्षीय विकास वाइवा भन्ने सुजन तामाङलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले बिहीबार  सार्वजनिक गरेका तामाङसँग २ वटा नागरिकता छन् । प्रहरीका काभ्रेको कन्जोसोम गाउँपालिका–४ घर भएका सुजन तामाङले २०७७ सालमा ठगी गरेर फरार भएपछि च्यासिङ्गखर्क–३ बाट विकास वाइवाको नामबाट अर्को नागरिकता लिएका थिए । 

उनले सुजनको नामबाट ३२ करोड रुपैयाँ ठगी गरेका छन् भने विकासको नामबाट ३६ करोडभन्दा धेरै ठगी गरेका छन् । ‘दुई वटा नामबाट ७० करोड रुपैयाँ ठगी गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने । 

उनको अपराध यात्रा भने २०७३ सालबाट शुरू भएको प्रहरी अधिकारीहरू बताउँछन् । त्योबेला उनी आयुश मेनपावरमा एजेन्टको रूपमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ५ वर्ष ऐजेन्टको काम गरेपछि विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने भन्दै ठग्न थालेका हुन् । उनी २०७७ सालमा दुबई, कतार र मलेसिया पठाउने भन्दै ठगी गरेर भारतमा बसेका थिए । 

त्यसपछि उनी विकास वाइवाको नामको नागरिकता बनाएर नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । उनले त्यही नाममा बालाजुमा मेन पावर खोलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिँह राठोरले बताए । ‘उनले अर्को नाममा नागरिकता लिएपछि नेपाल आएर फेरि मेनपावर खोलेको देखिन्छ,’ एसएसपी राठोरले भने । उनले २०८० वैशाखमा विकास वाइवाको नामा यूरो विङ्गस् ऐडुकेशन कसन्सल्टेन्सी खोलेर ठगी धन्दा सञ्चालन गर्दै आएका थिए । 

उनले वैशाखयता मात्रै क्रोसिया पठाउने भन्दै ६१५ जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको अनुसन्धानमा देखिएको एसएसपी राठोरले बताए । उनले माल्टामा ८ लाख, पोल्याण्डमा ७ लाख, क्रोसियामा ६ लाख ५० हजार र क्यानडामा जान १८ लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरेको पाइएको छ । 

प्रहरीका अनुसार उनले ठगी गरेको पैसाबाट ४ करोड ऋण तिरेका छन् । ३५ लाखको हुण्डाइको कार खरिद गरेका छन् । उनका भाइ सुवाश तामाङको खातामा १५ लाख ५० हजार जम्मा गरेको भेटिएको छ । बसुन्धारामा रहेका राप्ती मेनपावरमा ५० लाख (५० प्रतिशत शेयर) लगानी गरेका छन् । 

उनले ५ लाखको सुनको ब्रास्लेट किनेको समेत अनुसन्धानमा देखिएको एसएसपी राठोरले बताए । प्रहरीले उनका मार्केटिङ एजेन्ट नुवाकोट किस्पाङ गाउँपालिका–१ का ३२ वर्षीय अर्जुन तामाङ भन्ने कर्म तामाङलाई पनि पक्राउ गरेको छ ।  प्रहरीका अनुसार कर्मले सुजन नभएको अवस्थामा पैसा बुझ्ने गरेका थिए । उनीविरुद्ध पनि वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । उनीसँग पनि प्रहरीले केटा गाडी बरामद गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x