मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराको मुख्य बजारबाट केही माथि उक्लिएपछि पुगिन्छ, पोखरा महानगरपालिका– २० भलाम । शहरको कोलाहलबाट अलि पर । शान्त, तर शहरी ढाँचाका बस्ती बसिसकेको ठाउँ । अझै पनि माहोल भने गाउँघरको जस्तै । यही भलामको डाँडामा छ, ‘प्रमिस ल्यान्ड’ । केही युवा त्यहीँ उभिएर पोखरा शहर नियाल्दै देखिरहेका छन्, सपना । आफैँसँग गरिरहेका छन् वाचा– विगतबाट वर्तमानलाई टाढा राख्ने । समय न वात्सल्य पाउने, न त किशोरावस्थाको । तर, भर्खरै हो उनीहरू बाँच्न थालेको । जीवन जिउन थालेको ।
उमेरले ३८ वर्षका भए, किशोर गुरुङ । जवान किशोरलाई थाहा थिएन चुरोटको एक खिल्ली शुरूआत हुनसक्छ जवानी जलाउने । साथीको लहडमा तान्न थालेको चुरोट कतिबेला नशामा बदलियो उनले पत्तै पाएनन् । लागूऔषधको लत बस्दै गएको मेसै भएन । शरीरले खोजिरह्यो, उनले दिइरहे । घरमा झै–झगडा सामान्यजस्तै थियो । विगतलाई फर्किएर हेर्दा नमीठो याद मात्र भेट्टाउँछन्, किशोर । भोगाइका कारण पनि जिन्दगीको खराब निर्णय लागूऔषध रहेको निष्कर्षमा उनी पुगेका छन् ।
‘झैझगडा हुने, सामानहरू नसोधी चलाउने कुराले म र मेरो परिवारलाई आर्थिक रूपमा असर गर्यो । गल्ती धेरै भए । तर, लागूऔषध प्रयोग गर्नु मेरो जिन्दगीको सबैभन्दा खराब निर्णय थियो,’ उनले भने ।
त्यही खराब निर्णयले उनलाई ४ वर्षअघि कारागार पुर्यायो । मुद्दा ८ वर्षअघिको थियो । सेवन गर्न ल्याएको लागूऔषधसहित समातिएका थिए, किशोर । मुद्दाको फैसला आउन समय लाग्यो । फैसला आउँदासम्म उनी सुधार केन्द्रमा बसेर नयाँ बाटो समात्न थालिसकेका थिए । दुई वर्ष भयो उनी कारागार मुक्त भएको । कारागार मुक्त भएपछि उनी सुधार केन्द्रमै जागिरे छन् ।
सुधार केन्द्रमा उनको यो पहिलो बसाइ भने हैन । सन् २००४ मा परिवारले उनलाई रिचमन्ड (सुधार केन्द्र) पठाएका थिए । प्रमिस ल्यान्ड त्यसै मातहत हो । उनी बीचमा सुध्रिए पनि, तर लागेको नशा कहाँ सजिलै छुट्थ्यो र, पुनः उही बाटो समात्न पुग्थे । पटक–पटक सुधार केन्द्र बसे । कारागार बसाइपछि बल्ल उनी लागूऔषधबाट टाढा भएका छन् ।
‘रिचमन्डसँग २००४ देखि नै जोडिएको हो । त्यतिबेला लागूऔषध छाड्ने भनेर बसें । विस्तारै स्वयंसेवक हुँदै अहिले कर्मचारीको रूपमा काम गर्छु,’ उनले भने ।
किशोरले सुधार केन्द्रमा वार्डेनका रूपमा काम गर्न थालेको एक वर्ष भयो । लागूऔषध प्रयोगकर्तालाई समाजमा फर्किन सजिलो बनाउनका लागि संस्थाले नयाँ अवधारणा ल्याएको छ । ‘प्रमिस ल्यान्ड सोबर हाउस’ले पुनःस्थापनाका लागि पूर्व लागूऔषध प्रयोगकर्तालाई विभिन्न सीपमूलक तालिम दिन्छ । त्यही हाउसमा काम गरिरहेका छन्, किशोर ।
३८ वर्षको उमेरसम्म उनले धेरै कुरा देखेका छन्, भोगेका छन् । शैक्षिक योग्यता कम थियो । आम्दानीको बाटो खोज्ने क्रममा विदेश रोजे । हङकङ हानिए । सोचेजस्तो भएन । उल्टै फेरि नशामा फसे ।
उनलाई थाहा थियो, छाड्न असहज हुन्छ भन्ने । नशा छाड्नका लागि अरूको सहायता नै चाहिने । किशोर रित्तो हात स्वदेश फर्किए । परिवार र संस्थाको मद्दत मागे । रिह्याब बसे । यहीबीच मुद्दा चल्दै थियो । उनको विपक्षमा फैसला आयो । प्रहरीलाई फोन गरे । पक्राउ गर्न आफैं बोलाए ।
१६ वर्षको उमेरदेखि लतमा फस्न थालेका थिए, उनी । १० कक्षासम्म पढे । त्यसपछि नशामा डुल्न थाले । त्यस समय पोखरामा धेरै सुधार केन्द्र थिएनन् । काठमाडौं पुग्नुपर्थ्यो । १७ वर्षको कलिलो उमेरमा उनी पहिलोपटक काठमाडौंको सुधार केन्द्रमा बसे । सुधार केन्द्रमा समय कटाएका यादहरू उनीसँग प्रशस्तै छन्, त्यसैले पनि उनी अरूलाई यसको सेवन नगर्न सुझाव दिन्छन् । लत छाड्न खोज्नेलाई सहयोग गरिरहेका छन् ।
‘खाँदाखाँदै यसको लत लाग्छ भन्ने थाहा थिएन । पछि खानैपर्ने बाध्यता बनायो । यसले मेरो धेरै वर्ष खेर फाल्यो । म विभिन्न ठाउँमा डुलेँ । रिह्याबमा धेरै बसेँ । ढिलो चाँडो मार्छ । केही न केही दुर्घटना निम्त्याउँछ यसले । अहिले यो फिल्डमा सेवा गर्छु भनेर लागिराखेको छु,’ उनले सुनाए ।
लत छाड्नका लागि उनी बलियो गरी उभिए । यसमा परिवारको साथ पनि मिल्यो, प्रेम गरेर ल्याएकी श्रीमतीको अनि १९ वर्ष लामो वैवाहिक सम्बन्धको । दुई सन्तानको मुहार आशा बन्यो ।
आफ्नो टिनेज सम्झिँदा ‘ब्याड मेमोरी’ मात्र दिमागमा आउने उनी बताउँछन् ।
अतीतको त्यो पानालाई ‘दुर्घटना’को रूपमा लिएर भुलाउन खोज्दै छन्, उनी । सामान्य मान्छेले बाँच्ने जिन्दगीको केही समय उनले गुमाए । अहिले गुमाएको समय जोड्ने प्रयासमा छन् । परिवारबाट माया पाउन थालेका छन् । त्यसअघि पनि परिवारले माया नगरेका त होइनन्, तर मायाको पोको उनीसामु फुक्दैनथ्यो । अहिले विस्तारै माया महसुस गर्न थालेका छन् । परिवारका सदस्यले ‘के छ ?’ भनेर मात्र सोध्दा पनि उनको खुशीको सीमा रहँदैन ।
‘पहिला मलाई मेरो परिवारले मिस गर्थेन । आजभोलि कहिले आउने भनेर फोन गर्छन् । सुन्दा अचम्म लाग्छ होला, तर मेरा लागि चाहिँ यो एकदमै ठूलो कुरा हो । परिवारसँग डिनर जाँदा खुशी लाग्छ । पहिला त्यो लाइफ थिएन । सँगै बसेर खाना खान पाए पनि धेरै ठूलो कुरा हुन्थ्यो,’ मुस्कुराउँदै उनले सुनाए ।
****
किशोरको जस्तै कहानी छ, पुष्कर गुरुङको । २०६८ सालको एक प्रहर २३ वर्षको जवान नशामा थियो । होश गुमाएको उसले झगडाका क्रममा खुकुरी प्रहार गर्यो । उसको प्रहारले अर्को अर्को कुनै व्यक्तिलाई जीवन र मृत्युको दोसाँधमा पुर्यायो ।
‘नशाको क्रममा टोलमा झगडा पर्यो । खुकुरी हानाहान भयो । मैले अलि बेसी हान्दिएँ । रिसैरिसमा आफूलाई सम्हाल्न सकिनँ । म भाग्नु पर्यो । १० वर्षसम्म फरार थिएँ । प्रायः पूर्वको बोर्डर छेउतिर जहाँ नशा सस्तो पाइन्थ्यो त्यतै बसें । यहाँ २५ सय पर्ने चिज उता सय रुपैयाँमा पाइन्थ्यो । झन् बेसी नशा लिन सजिलो भयो,’ उनले स्मरण गरे ।
कति लुक्नु भनेर उनी घर फर्किए । फर्किएलगत्तै प्रहरीले पक्राउ गर्यो । दुई वर्ष कारागार बसेर छुटे । कारागारबाट छुटे पनि उनको नशा छुटेन । त्यसपछि आफैं चितवनको एक सुधार केन्द्र पुगे ।
त्यतिबेला पोखराका कुनै पनि सुधार केन्द्र उनलाई लिन तयार थिएनन् । ‘सुधार केन्द्र नै १६ पटक बसें । यो सुध्रिन्न भन्ने छाप परेछ शायद,’ आफूलाई नलिनुको कारण अनुमान गर्दै पुष्करले भने ।
अतितको कोठामा केही याद नमीठा हुन सक्छन् । विगतमा फर्किएर टोलाउँदै गर्दा एक्कासि ऐँठन मिल्न सक्छ । पुष्कर ती तीता यादहरूलाई निमोठेर अघि बढिसकेका छन् ।
सुधार केन्द्रको पछिल्लो बसाइमा उनमा धेरै सुधार आइसकेको थियो । विस्तारै स्वयंसेवकका रूपमा काम गर्न थालेका थिए । दुई महिना अघि पोखराको काहुँडाँडामा रहेको रिचमन्डमा वार्डेनको भ्याकेन्सी खुल्यो । उनले आवेदन दिए । छानिए पनि ।
‘मैले नशा छाड्न धेरैचोटी प्रयास गरेको, तर सकेको थिइनँ । अहिले ठीक छ । भोक लाग्छ । पहिला यसरी बोल्न पनि नशा चाहिन्थ्यो । पहिला जे गर्न पनि नशा चाहिन्थ्यो । तर, अहिले नशाको सहारा चाहिन्न, यही लाइफ ठीक छ,’ उनले खुशी हुँदै सुनाए ।
अहिले किशोर र पुष्कर दुवै बाँच्ने प्रयासमा छन् । आफूजस्तै कुलतमा फसेकाहरूलाई बाँच्न सिकाइरहेका छन् । आफ्नो भोगाइ सुनाएर अरूलाई सुधार्न प्रयास गर्दैछन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...