×

NMB BANK
NIC ASIA

डेंगुका बिरामीले अस्पताल भरिभराउ, तराईमा मात्र होइन पहाडमा पनि डर

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं २० असोज– ज्वरो आउँने, आँखाको माथिल्लो भाग र शरीरको जोर्नीहरु दुख्ने समस्या भएपछि सर्लाहीकी अनितालाई उनका पति रविन्द्र चौधरीले लालबन्दीकै सरकारी अस्पतालमा लगे ।

अस्पतालले शुरुमा के रोग लागेको भन्ने पत्ता नै लगाउन सकेन । ४ पटकसम्म रगत परीक्षण गरेपछि अनितालाई डेंगुको संक्रमण भएको पत्ता लागेको उनका पति रविन्द्रले बताए । उनले भने,‘ जहानलाई डेंगु भएको थाहा भएपछि दुई दिन भयो, काठमाडौं ल्याएको ।’

अनिताको अहिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ । घरमा झुलको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिएकै भएपनि अनितालाई डेंगुको संक्रमण भएको रविन्द्रले बताए । ‘घरमा त झुल हालेका छौं तर पनि गाउँमा धेरैलाई डेंगुले सताएको छ । वर्खामा बाढीले गर्दा गाउँमा सरसफाइ छैन, लामखुट्टे त जतिवेला नि हुन्छ । सरकारले पहिला नै गाउँमा सरसफाइको बारेमा जानकारी गराएको भए अलि कम हुन्थ्यो होला ।’



अनिताको छेउमा रहेको अर्को शैयामा रहेकी धनुषाकी तारा खड्कालाई पनि डेंगुको संक्रमण भएको छ । सुरुमा बर्दिबासमा उपचार गराएकी खड्कालाई त्यहाको अस्पतालले काठमाडौं रिफर गरीदिएपछि उनी अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत छिन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

चौधरी र खड्का मात्रै हैन । सर्लाही, धादिङ, धनुषा लगायतका जिल्लाबाट आएका डेंगुका विरामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भरिभराउ छ । हालसम्म ९० जना बिरामी अस्पतालमा भर्ना भएरै उपचार गराएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए । भर्ना नभइ उपचार गरेर फर्कने र जिल्ला अस्पतालहरुमा पनि विरामीको चाप उत्तिकै रहेको उनको भनाइ छ ।

सरकारले समयमै सचेतनाको कार्यक्रमहरु गर्न नसक्दा डेंगुको संक्रमण फैलिएको डा. पुनले बताए । उनले लोकान्तरलाई भने,‘ यसको नियन्त्रण भनेको पहिला नै सावधानी अपनाउनु हो । सरकारले अहिले त अभियानहरु चलाईरहेको छ । यो कार्य राम्रो हो । तर अलि अगाडि नै पूर्व तयारी र जनचेतना सम्भावित र प्रभावित क्षेत्रमा पुगेको भए संक्रमण बढ्ने थिएनन् ।’

डेंगुको छुट्टै औषधी नहुने भएकाले लक्षणको आधारमा औषधि उपचार गर्ने गरेको डा.पुनको भनाइ छ ।
सर्लाही, महोत्तरी, चितवन र धादिङ जिल्लाका मात्रै २ सय विरामीमा डेंगुको संक्रमण देखिएको र उनीहरुको उपचार भईरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका विपद व्यवस्थापन प्रमूख एवं उप स्वास्थ्य प्रशासक डा.भेषराज पोख्रेलले बताए ।

उनले भने,‘ डेंगुको संक्रमण सर्लाहिको लालबन्दीमा सबैभन्दा धेरै छ । त्यहा हालसम्म १ सय ८ जनामा डेंगुको संक्रमण देखिइसकेको छ । यस्तै धादिङ चितवन महोत्तरीमा पनि डेंगुका विरामी उत्तिकै छन् । टेकुमा जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीहरु पनि उपचार गराउदै छन् । अहिले जिल्लाका अस्पतालहरुमा पनि डेंगुका विमारीको चाप छ ।’

डेंगुको संक्रमण फैलिएपछि प्रभावित जिल्लाहरुमा विशेष अभियान नै संचालन गरेर डेंगु प्रकोप निम्त्याउने एडिस जातको लामखुट्टेको बासस्थान नष्ट गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।

डेंगुको प्रकोप कात्तिक महिनासम्म हुनसक्ने भएकाले प्रभावित क्षेत्रका स्थानीयले विशेष सावधानी अपनाउनु पर्ने पोख्रेलले बताए । उनले भने,‘हामीले पनि प्रभावित क्षेत्रमा अभियानहरु चलाइरहेका छौंं । यसको संक्रमण अझै एक डेढ महिनासम्म रहिरन्छ । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सर्तकता अपनाउनु पर्छ ।’

डेंगु संक्रमित लामखुट्टेले बिहान दिउँसो र साँझमा आक्रमण गर्ने भएकाले त्यस समयमा विशेष सर्तकता अपनाउन उनको सुझाव छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x