×

NMB BANK
NIC ASIA

अनुसन्धानको दायरामा रवि

सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध पनि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान शुरू गरेको छ ।

Muktinath Bank

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गैरकानूनीरूपमा ऋण लिएर बचत हिनामिना गरेको भन्दै पूरक जाहेरी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋण लिएर सहकारीको रकम हिनामिना गरेको भनेर नेपालमै पहिलोपटक जाहेरी परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए ।


Advertisment
Nabil box
Kumari

‘यसरी परेको यो नेपालमै सम्भवतः पहिलो जाहेरी हो । नेपाल अहिलेसम्म कुनै पनि ऋणीविरुद्ध यसरी उजुरी परेको जानकारी छैन,’ एसपी थापाले लोकान्तरसँग भने, ‘यसलाई हामीले नितान्त नयाँ ढंगले अनुसन्धान गर्दैछौं ।’

Vianet communication

उनका अनुसार प्रहरीले अहिले उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले रविले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालेको छ ।

सहकारी ऐन– २०७४ को दफा १२२ (ग) बमोजिमको कसूर देखिएपछि जाहेरी लिइएको प्रहरीले जनाएको छ । यस दफाको खण्ड (छ)मा ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसूर मानिने व्यवस्था भएको एसपी थापाले लोकान्तरलाई बताए । 

‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,’ भन्ने कानूनी व्यवस्थामा टेकेर अनुसन्धान हुने उनले बताए ।

दफाको खण्ड (च) मा कुनै पनि सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफूखुशी परिचालन गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएमा कसूर मानिने भनिएको छ । 

सहकारी ऐन दफा १२२ (ट)मा झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा पनि कसूर मानिने भएकाले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी थापाले लोकान्तरलाई बताए ।

रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बम्जन, नेत्रपाणि बास्तोलासहित १८ जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना सञ्चालकविरुद्ध मुद्दा परिसकेको छ । जीबी राई समूहले पोखराका पौने १९ हजार बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित पोखरा महानगरपालिकाले जाहेरी दिएको थियो ।

प्रहरीले अहिलेसम्म सूर्यदर्शन बचत सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका समदस्य भवीश्वर अर्याल, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरूङलाई पक्राउ गरेको छ । 

ग्यालेक्सी टीभीका अध्यक्ष समेत रहेका जीबी राईविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेर खोजी भइरहेको छ ।

जीबी राईको समूहले देशका पोखरा, बुटवल, वीरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै पैसा हिनामिना गरेर ठगी गरेको आरोप छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x