×

NMB BANK
NIC ASIA

म्यानपावरदेखि कन्सल्टेन्सीसम्म खोलेर ठगी

झण्डै ४ करोड ठगीका अभियुक्त खोज्दै जाँदा हलो जोत्ने मानिस भेटिएपछि‍...

काठमाडाैं | माघ २४, २०८०

NTC
Premier Steels

सर, घरमा छोरी, म र श्रीमती छौं । घरनजिकै एउटा पुल छ । मर्छु भनेर हिँडें, तर सकिनँ । एक्लै बस्छु, रुन्छु र सम्झन्छु, एक दिन कसो राम्रो दिन नआउला । प्रहरी चौकीको हवल्दार’साप आउनुहुन्छ, सम्झाउनुहुन्छ र घर ल्याउनुहुन्छ । श्रीमती र छोरी टाढा भएको कसरी हेरौं । एकजना पीडितले प्रहरीलाई ह्वाट्स एपमा पठाएको म्यासेज हो यो ।

Muktinath Bank

राेमानिया पठाइदिने बहानामा ७ लाख ठगिएपछि आत्महत्याको प्रयास गरेका ती पीडितलाई प्रहरीले अहिले काउन्सिलिङ गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफन्तसँग मागेर दलाललाई ७ लाख बुझाएका रहेछन् । पैसा ठगिएर आफन्तको ऋण तिर्न नसकेपछि प्रहरीसँग उनले आफ्नो ‘मनको बह’ पोखेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि प्रहरीले उनलाई ठग्ने व्यक्तिको खोजी गर्न थाल्यो । यस प्रकरणमा अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार हेर्ने ८ नम्बर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीको टीमले सर्लाहीको हरिवन नगरपालिका– ३ का ३५ वर्षीय रामेश्वर सिंह यादवलाई पक्राउ गरेको छ ।

Vianet communication

सिंहलाई पक्राउ गर्दाको कहानी निकै रोचक छ । ठगिएका व्यक्तिले दिएको उजुरीमा उनको नाम नागेन्द्रबाबु यादव उल्लेख थियो । त्यही उजुरीका आधारमा नागेन्द्रबाबुकै नाममा पक्राउ पुर्जी जारी भयो ।

पक्राउ पुर्जी लिएर धनुषा पुग्दा नागेन्द्र खेत जोत्दै गरेका भेटिए । 

‘उजुरी परेपछि नाम र नागरिकताका आधारमा खोज्दै धनुषा पुग्दा पक्राउ पुर्जी जारी भएका व्यक्ति खेत जोत्दै गरेका भेटिए । हामी अचम्ममा पर्‍यौं,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।

त्यसपछि प्रहरीले ‘तपाईंको नाममा यसरी ठगीको उजुरी छ’ भनेर सोधीखोजी गर्दा उनले ७ वर्षअगाडि विदेश जान भनेर भेरी म्यानपावरमा नागरिकतालगायत डकुमेन्ट दिएको र त्यसबाहेक वैदेशिक रोजगारीसम्बन्धी कुनै विषयमा नजोडिएको बताए । उनको भनाइ र म्यानपावरको नाम पच्छ्याउँदै प्रहरी बल्ल वास्तविक ठग रामेश्वर सिंहसम्म पुगेको हो ।

लागूऔषध कारोबार, ठगीलगायत ४ वटा मुद्दामा फरार उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बुधबार) ललितपुरको नख्खुदोबाटोस्थित उनी बस्दै आएको फ्ल्याटबाटै पक्राउ गरेको छ ।

ठगी धन्दाको नालीबेली

सिंहले २०७४ सालमा बजाज ओभरसिसमा कामदारका रूपमा काम शुरू गरेका रहेछन् । प्रहरीका अनुसार १ वर्ष काम गरेपछि ३० लाख पुँजी देखाएर भेरी ओभरसिस नामक म्यानपावर कम्पनी खोले ।

त्यसक्रममा उनले ३ सय जनाको डकुमेन्ट संकलन गरेका रहेछन् । ती व्यक्तिबाट करिब ३ करोड रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

त्यसरी पैसा लिइएका व्यक्तिलाई विदेश पठाउन नसकेपछि वैदेशिक रोजगारी विभागले प्रहरीमार्फत २०७५ साउन ६ मा पक्राउ गर्‍यो । सो केसमा सिंह डेढ वर्ष जेल बसेर छुटे ।

२०७६ मा सरकारले म्यानपावर दर्ता गर्न २ करोड धरौटी राख्नुपर्ने व्यवस्था ल्याएपछि उनले कम्पनी ‘रिन्यु’ गर्न सकेनन् । त्यसपछि राजदेवी इन्टरनेसनल कन्सल्टेन्सी दर्ता गरेर ठगी धन्दालाई निरन्तरता दिएको पाइएको छ ।

कन्सल्टेन्सीमार्फत विदेश पठाउने भन्दै ३० जनासँग ५० लाख ठगी गरेको उजुरी परेको डीएसपी पन्थीले लोकान्तरसँग बताए । तत्कालीन अवस्थामा अपराध महाशाखा (हालको अपराध अनुसन्धान कार्यालय)ले मुद्दा चलाएको थियो । रामेश्वर फरार थिए ।

फरार रहेकै समयमा साउथ होल्डिङ नामक कम्पनी खोलेर कुवेत पठाउने बहानामा केही व्यक्तिसँग पैसा उठाएर ठगी गरेको पाइएको डीएसपी पन्थीले जानकारी दिए ।

त्यसपछि आफ्नो नाममा कम्पनी खोलेर चलाउँदा प्रहरीले थाहा पाउने भएपछि भेरी म्यानपावर चलाउँदा आएका डकुमेन्टहरूमध्येबाट सुरेन्द्र यादव, सुरेश मुखिया र नागेन्द्रबाबु यादवको नागरिकतामा आफ्नो फोटो राखेर फेरि नयाँ कन्सल्टेन्सी खोलेको पाइएको छ ।

नागेन्द्रको नाममा विराटनगरमा खोलिएको विराट कन्सल्टेन्सीबाट ३० जनालाई ठगेको उजुरी छ । ‘उसले अरूको नागरिकतामा आफ्नो फोटो राखेर कम्पनी खोली विराटनगरमा ३० जनलाई ठगी गरेको छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।

विराटनगरमा उनले राेमानिया पठाउने भन्दै २० लाख रुपैयाँ उठाएको पाइएको छ ।

उनले लक्ष्मण बस्नेतको नागरिकतामा आफ्नो फोटो राखेर बालुवाटार (काठमाडौं)मा गढीमाई कन्सल्टेन्सी समेत खोलेको पाइएको छ । उनले दुरुपयोग गरेकै नागरिकताका आधारमा बैंक खाता खोली सञ्चालन गर्दै आएको समेत खुलेको छ ।

उनले एक वाणिज्य बैंकमा लक्ष्मण बस्नेतको नाममा खोलेको खातामा १७ लाख रुपैयाँ भेटिएको छ । अर्को एक बैंकमा कन्सल्टेन्सीको नाममा खाता खोली एटीएम प्रयोग गर्दै आएको समेत पाइएको छ ।

उनी २०७९ सालमा लागूऔषध मुद्दामा सिन्धुलीमा पक्राउ परेर २४ दिन हिरासत बसेका रहेछन् । ठगी मुद्दामा भने उनी फरार रहँदै आएका थिए ।

ठगीको पैसाले सिंहले साउथ नेपाल होल्डिङ, साउथ नेपाल कन्सल्टेन्सी, कुमारी मल्टिप्रपोज (कृषिसम्बन्धी कम्पनी) र अञ्जली कन्स्ट्रक्सन खोलेको पाइएको छ ।

‘उसले ठगीको पैसाले विभिन्न कम्पनी खोलेको देखिन्छ,’ डीएसपी पन्थीले लोकान्तरसँग भने ।

एकै परिवारका ५ जनासम्मलाई ठगी

रामेश्वर सिंहले काठमाडौंमा खोलिएको कन्सल्टेन्सीमार्फत एकै परिवारका ५ जनाको १० लाख ठगी गरेको पाइएको छ । धादिङका एक पीडितले क्रोएसिया जान भनेर परिवारका ५ जनाको जनही २ लाखका दरले १० लाख बुझाएको बताए ।

‘दुई महिनामा क्रोएसिया उडाइदिन्छु भन्दै शुरूमा २ लाखका दरले मागेको थियो । हामीले काम हुन्छ भन्ने लागेर पैसा दिएका हौं,’ नाम नबताउने शर्तमा ती पीडितले लोकान्तरसँग भने ।

आफू, दुईवटा भाइ, सालो र साडुभाइको नाममा पैसा बुझाएको उनले बताए ।

३ हप्तामा अफर लेटर, त्यसपछिको २ महिनामा बायोमेट्रिक र त्यसपछि भिसा आउने बताएका सिंहले थप जनही ५ लाख मागेको पीडितले बताए ।

प्रहरीमा परेका उजुरी र उनीमाथिका पुराना अभियोगहरूको आधारमा उनले कुल ३ करोड ८७ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x