×

NMB BANK
NIC ASIA

सीसी क्यामरा र सुरक्षागार्डको निगरानीमा रहेको चित्तल चोरी, मासु लगेर आन्द्रा यत्रतत्र

पत्ता लागेन चार दिनमा पनि

विराटनगर | फागुन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बेतना सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेर राखेको भाले चित्तल हराएको घटनाबारे सब–डिभिजन वन कार्यालयले उपभोक्ता समितिमाथि छानबिन गर्ने भएको छ । बेलाबारी नगरपालिका– ४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो सिमसारमा शनिवार राति चित्तल मारेर लगिएको समितिको दाबी छ । सुरक्षा घेराभित्र राखिएको चित्तललाई रातको समयमा मारेर लगेको भेटिएको सब डिभिजन वन कार्यालय, बेलबारीका सहायक वन अधिकृत दीपेशकुमार मिश्रले बताए । 

Muktinath Bank

पर्यटकलाई आकर्षित गर्नका लागि सिमसार क्षेत्रमा विभिन्न चराचुरुङ्गी तथा बन्यजन्तु पाल्ने गरिएको छ । सो क्षेत्रमा बाँदर, मुसा, चित्तल लगायतका पशुपंक्षी पालिएको छ । राजनीतिक भागबन्डाले लथालिङ्ग भएको बेतना सामुदायिक वनमा पछिल्लो समय भने पशु–चौपाया नै हराउन थालेका छन् । त्यसमा अहिले हराएको त झनै सीसीटीभी क्यामरा जडान गरिएको ठाउँमा सुरक्षागार्डको नियन्त्रणमा राखिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिमसारमा रहेका ६ वटा चित्तलमध्ये एउटालाई भने फिल्मीशैलीमा मारेर लगिएको देखिएको सहायक वन अधिकृत मिश्रले बताए । ‘सीसी क्यामरा फुटेजमा रुखबाट हाम फालेर समातेको मात्रै देखिन्छ,’ उनले भने, ‘तीन–चार जनाको समूहले मारेर लगेको हाम्रो अनुसन्धानले देखाएको छ ।’ सीसी क्यामरा फुटेजमा टाउको छोपेका एकजना  मात्रै देखिएको मिश्रले बताए । 


Advertisment
Nabil box
Kumari

निकैबेर कुरेर एकजना व्यक्तिले आक्रमण गरेको सीसी क्यामरा फुटेजमा देखिएको बेतना सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष कमल कोइरालाले बताए । भिडियोमा एकजना देखिए पनि तीन–चार जनाको समूहले मारेर लगेको अनुसन्धानले देखिएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘साइडसम्म सीसी क्यामराले क्यापचर गर्दैन । त्यो चित्तललाई मार्दा छटपटाउने यता–उता हुने केही छैन । एकैपटकमा हिर्काएर कुदाउँदै लगेर मारेको देखिन्छ । त्यसपछि केही पनि देखिँदैन,’ वन अधिकृत मिश्रले भने, ‘अर्काे टीम साइडमा लुकेर बसेको र त्यसै लगेको अनुमान गरेका छौं ।’ चित्तलको मासु लगेर आन्द्रा चाहिँ यत्रतत्र त्यहीँ छाडेको उनले बताए ।   

सिमसार क्षेत्रका जनावरको रेखदेख गर्नका लागि दुईजना सुरक्षा गार्डसमेत राखिएको छ । सुरक्षा गार्ड र सीसी क्यामराको निगरानीमा रहेको जनावर चोरी भएको चार दिन बितिसकेको छ । तर प्रशासनले दोषीलाई समाउन सकेको छैन । छानबिन गर्ने निकायले सुराकी पठाएर अनुसन्धान गरिररहेको दाबी गरिरहेको छ । ‘सुरक्षा गार्ड, अन्य कर्मचारी तथा उपभोक्ता समितिमाथि पनि छानबिन गर्छाै,’ सहायक वन अधिकृत मिश्रले भने, ‘मुद्दा परेपछि सबैलाई छानबिनमा ल्याइन्छ । अब केही दिनमा सबै खुलिहाल्छ नि  !’ 

उक्त चित्तल शनिवार बिहान राति ३ः३० बजे  हराएको सीसी क्यामरामा देखिएको छ । ढोकाबाटै मान्छे पसाएर चित्तलको चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको वन कार्यालयले जनाएको छ । मारेर लगिएको चित्तल करिब ६० केजीको रहेको थियो । 

वन कार्यालयका अनुसार सो राति दुईजना रात्रिकालीन सुरक्षा गार्ड राखिएको थियो । राति बस्ने एकजना कर्मचारी भने बिदामा बसेका थिए । चोरी भएको बेला सुरक्षा गार्डहरू गस्तीमा गएको समितिलाई उनीहरू बयान दिएका छन् । ‘छानबिनका क्रममा उनीहरूले वनको माथिल्लो क्षेत्रमा मान्छे बोलेको सुनेपछि गएको भनेर हामीसँग भनेका छन्,’ कोषाध्यक्ष कोइरालाले भने ‘घटनाको प्रकृत हेर्दा यसै हो भन्ने अवस्था छैन । अनुसन्धान गर्दै जाँदा भोलि सबै खुल्दै जाला ।’

दलीय भागबन्डाका कारण अस्तव्यस्त 

पर्यटकको रोजाइमा परेको यो सिमसार पछिल्लो समय भने दलीय भागबन्डाका कारण अस्तव्यस्त बन्दै गइरहेको स्थानीयले बताएका छन् । उपभोक्ता समितिमाथि पटक–पटक अनियमिताको आरोप लाग्ने गरेको छ । तर छानबिन भने नहुने गरेको स्थानियको गुनासो रहेको छ । 

यो सामुदायिक वनमा ८ वर्षदेखि साधारणसभासमेत हुन सकेको छैन । बेतना सिमसार पनि सामुदायिक वनअन्तर्गत नै पर्छ  । केही महिनाअघि नयाँ कार्यसमिति चयन गर्नेगरी साधारणसभाको आयोजना गरिए पनि नेकपा (माओवादी केन्द्र)ले भाग नपाएपछि भाँडिएको थियो ।

नेपाली कांग्रेस, नेकपा (एमाले) जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले भागबन्डा गरेर माओवादीलाई पाखा लगाएको आरोप छ । यसरी प्रतिनिधि छनोट गर्दा महिलाको संख्या ३३ नपुगेको भन्दै मोरङ जिल्ला अदालत, विराटनगरमा मुद्धा दर्ता गराएको थियो । अदालतले निर्वाचन नगराउन अन्तरिम आदेश गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x