×

NMB BANK
NIC ASIA

बहिनीको फोटो/भिडियो लीक गर्ने भन्दै धम्की

साइबर अपराधमा आफन्त: छोरीलाई 'उठाउँछु' भनेर धम्की दिने व्यक्ति भतिजो परेपछि...

काठमाडाैं | फागुन १५, २०८०

NTC
Premier Steels

 

Muktinath Bank

गत साता भोटाहिटीमा रहेको साइबर ब्यूरोमा मध्याह्न करिब १२ बजे आसपासमा तारकेश्वरका ५० वर्षीय रामबहादुर (नाम परिवर्तन) हस्याङ्फस्याङ् गर्दै आइपुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी यसरी आत्तिँदै आउनुको कारण थियो, उनकी १५ वर्षीया छोरीको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्कीसहितको म्यासेज ।


Advertisment
Nabil box
Kumari

‘उहाँ एक्कासि आउनुभयो र मेरो छोरीको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्दिन्छु भनिरहेको छ भन्ने व्यहोरासहितको उजुरी दिनुभयो,’ ब्यूरोका एक अधिकारीले भने ।

Vianet communication

उनको उजुरीपछि ब्यूरोले सबै प्रक्रिया बुझेर अनुसन्धान अगाडि बढायो ।  रामबहादुरको फेसबूक म्यासेन्जरमा छद्म नामको आईडीबाट ३० लाख रुपैयाँ माग गरिएको थियो । 

रामबहादुरलाई पहिला त कुनै व्यक्तिले त्यत्तिकै धम्क्याएको होलाजस्तो लागेको रहेछ । ‘बिहान साढे ९ बजेतिरको कुरा हो, पहिला कुनै व्यक्तिले रिसले गरेको होला भन्ने लागेको थियो,’ रामबहादुरले लोकान्तरसँग भने । 

उनका अनुसार करिब २ घण्टापछि पैसा नदिएको भन्दै छोरी अपरहण गरेर ‘लाइभ  स्ट्रिमिङ’ गर्ने धम्की आयो । त्यसपछि त्यहाँबाट उनी साइबर ब्यूरोमा आएका थिए । ‘फेरि उसले तेरो छोरी अपहरण गरेर लाइभ गर्दिन्छु भनेपछि हतारिएर ब्यूरो आएको हुँ,’ रामबहादुरले लोकान्तरसँग भने ।

काठमाडौंका रैथाने रामबहादुरलाई ३० लाख रुपैयाँ दिनु ठूलो कुरा त थिएन । तर उनले अपराधीलाई कानूनको दायरामा ल्याउने अठोट गरे । ब्यूरोले कुन ठाउँबाट ‘ब्ल्याकमेलिङ’ भइराखेको छ भन्ने कुराको जानकारीका लागि सामाजिक सञ्जाल फेसबूकको मातृ कम्पनी मेटालाई पत्र पठायो ।

‘त्यो केस आइसकेपछि हामीले तत्कालै एक्सन लियौं । मेटालाई पत्र लेख्यौं । चाइल्डको विषय भएकाले मेटाले केही घण्टामै सबै विवरण उपलब्ध गराएको थियो,’ ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीले लोकान्तरसँग भने ।

त्यसपछि प्रहरीले लोकेसन रामबहादुरकै आसपासमा फेला पार्‍यो । खोज्दै जाँदा रामबहादुरकै भाइका छोरा अर्थात आफ्नै भतिजाले ब्ल्याकमेल गरेको तथ्य फेला पर्‍यो ।

त्यसपछि प्रहरीले उनीविरुद्ध जाहेरी दिन आग्रह गर्दा परिवारभित्रको कुरा भएकाले आफूहरूले मिलाउने तर नमिलेको खण्डमा प्रहरीमा जाहेरी दिने प्रतिबद्धता रामबहादुरले गरे ।

‘उहाँहरू परिवारभित्र कुरा मिलेपछि हामीले मिलापत्र गरेर छाड्यौं, तर ती युवकलाई पनि साइबर अपराध लगायतका विषयमा २ दिनको कक्षापछि मात्रै छाडेका हौं,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।

ती भतिजसँग किशोरीको नग्न फोटो तथा तस्वीर थियो कि थिएन भन्ने विषय प्रहरीले खुलाएको छैन । 

साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालकाअनुसार पछिल्लो समयमा आफन्तभित्रका केशहरू बढी आउने गरेका छन् । त्यस्तो अवस्थामा प्रहरीको लामो समयको अनुसन्धानमा पनि खेर जाने गरेको उनले बताए । ‘अहिले सामाजिक सञ्जालबाट ठगी र अपराध आफन्तभित्रैबाट भएका छन् । प्रहरीले अनुसन्धान गरेपछि जाहेरी दिन नमान्दा समस्या आउने गरेको छ,’ एसएसपी अर्यालले लोकान्तरसँग भने ।

प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराधसम्बन्धी १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धी ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध १ हजार ९०५ वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्यूरोबाट पक्राउ गरिएको छ । 

विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख हैरानी दिने, सरकारी तथा अन्य संघ संस्थाहरूको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने गरेको देखिएको एसएसपी अर्यालले बताए । 

यो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबूक म्यासेन्जरको दुरूपयोगका ९ हजार ३५० वटा, भाइबरका १६ वटा, इमोका ६ वटा, युट्यूबका ३९ वटा, ट्वीटरका ६ वटा, इन्स्ट्राग्रामका ४ सय ३२ वटा, वेबसाइट ह्याकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इसेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा उजुरी छन् ।

यसैगरी सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४ सय ३ वटा, उपहार र पैसा पठाएको सम्बन्धी २ सय ६४ वटा, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा, बैंक तथा वालेट अफिसबाट बोलेको भनेर र एकाउन्ट ह्याकका १ सय ५२ वटा, मास्टर कार्डर मनी एक्सचेन्ज समेतका ६१ वटा, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन शपिङका ४ सय ६० वटा, सामाजिक सञ्जाल फेक आईडी ६७ वटा र अन्यतर्फ २ सय ६२ वटा रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७९/८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्याङ्क विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको पाइयो । यसबाट अपराधमा पर्ने उमेर समूह वयश्क वा जाने/बुझेको नै धेरै देखिन्छ भने पीडकको उमेर पीडितको भन्दा कम देखिन्छ ।  

साइबर अपराध रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरीभित्र रहेका संयन्त्रहरूलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको काम नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले गरिरहेको छ ।

हाल साइबर सम्बन्धी अपराध अनुसन्धानका लागि जिल्ला अदालतलाई समेत अधिकार प्रत्यायोजन भएको छ । देशभर प्राप्त निवेदन तथा उजुरीउपर प्रविधिको प्रयोग गर्दै सूक्ष्म तरिकाले अनुसन्धान गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा साइबर अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कारबाही हुने गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x