मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।
सो कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित १४ बुँदे समसामयिक प्रस्तावमा जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउन वर्तमान गठबन्धन सरकारले लिएको सङ्कल्पलाई साकार पार्न जोड दिइएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार उद्घाटित सो बैठकले संस्थागत भ्रष्टाचार र बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि आग्रह गरेको सो कमिटीका प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।
कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा भएको बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरूको ज्यान समेत गइरहेकाले युद्धग्रस्त देशमा नेपाली युवालाई जानबाट रोक लगाउन, गइसकेका युवालाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाको खोजी गर्न र युद्धमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न आग्रह गरेको छ ।
बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग माग गर्दै महँगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुको आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ ।
बैठकमा एमालेका महासचिव शङ्कर पोखरेलले प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...