कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
पाहुना टोली भुटानको रोयल थिम्पू फूटबल क्लब (आरटी एफसी)ले विभागीय टीम नेपाल पुलिस क्बललाई हराउँदै विराटनगरमा बिहीबारदेखि शुरू भएको आठौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएको रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा पुलिसलाई ३–० गोलअन्तरले हराउँदै आरटी एफसीले अन्तिम आठको स्थान सुरक्षित गरेको हो ।
आरटी एफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरूङले समान १–१ गोल गरे ।
पहिलो हाफको ३६ औँ मिनेटमा केल्जाङ जिग्मेले गरेको कर्नर प्रहार किन्ले टच गर्दामा गोलमा परिणत भयो । अग्रता लिएको ४ मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औँ मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । खेलको ६३ औँ मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । यससँगै उनले टोलीको जीत सुनिश्चित गरे ।
पहिलो हाफमा २ गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । आफ्ना खेलाडीले गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टीम पहिलो खेलबाटै बाहिरन बाध्य भएको छ ।
खेलको ७ औँ मिनटेमा पुलिसका सञ्जीव लामाको फ्रिकिक प्रहार बाहिरियो । १७ औ मिनेटमा उज्जल राईको डिबक्स भित्रबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार पनि बारमा लागेर फर्कियो । खेलको ३१ औँ मिनेटमा प्रवीण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहारसमेत बाहिरिएका थियो । खेलको ३७ औं मिनेटमा पुलिसका शिशिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन ।
यता ४० औं मिनेटमा आरटी एफसीका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्त्वना गर्नबाट चुकेको थियो ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरू भएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘हाम्रा खेलाडीले राम्रै प्रर्दशन गरेका थिए । तरपनि नतिजा आफ्नो पक्षमा आउन सकेन । यसमा दुःखी छैनौं,’ उनले भने ।
‘ए’ डिभिजन लिगका लागि नयाँ खेलाडी तयार गरिएको प्रशिक्षक घिमिरेले बताए । अब सिमरा गोल्डकप र कपिलबस्तुको गोल्डपको तयारीमा लाग्ने उनले जानकारी दिए ।
यता जीतपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेका कारण फराकिलो जीत हासिल गरेको बताए । ‘पहिलो हाफमा २ गोल गरेर दबाब कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीले राम्रो प्रर्दशन गरे । यसले गर्दा नतिजा हाम्रो पक्षमा आएको छ ।’
खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
शुक्रवारको खेल त्रिभुवन आर्मी क्लब र न्युरोड टीम (एनआरटी) काठमाडौंबीच हुनेछ ।
चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन र स्वदेशी ‘ए’ डिभिजनका ७ गरी १० टोली को सहभागी छन् ।
गोल्डकपका विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएका छन् ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...