कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | चैत १६, २०८०
काठमाडौंको नागार्जुन नगरपालिकाले सँधियारको स्वीकृतीबेगर नै फस्कुचोकस्थित बृहत इनभेस्टमेन्ट प्रालिलाई बेसमेन्टसहित ९ तल्ले अपार्टमेन्ट बनाउने अनुमति दिएको छ । पाइनहिल टावर बनाउन नगरपालिकाले अनुमोदन दिएपछि स्थानीयहरू प्रतिरोधमा उत्रिएका छन् ।
व्यावसायिक भवन निर्माणको इजाजत दिन वडा नम्बर ६ ले साँध-सँधियारको सहमति नलिएको र वातावरण प्रभाव मूल्यांकन पनि नगराएको स्थानीयको आरोप छ ।
टावरको निर्माण रोक्नुपर्ने मागसहित स्थानीय सँधियारले वडामा गत पुस ३ गते नै निवेदन दिएका थिए । निवेदनमा कुनै सुनुवाइ नभएको उनीहरूको आरोप छ । दुवै पक्षलाई राखेर छलफल गर्ने भनेर प्राविधिक शाखालाई दिएको जिम्मेवारीमा कुनै किसिमको छलफल नभई सिफारिस दिएको स्थानीयको आरोप छ ।
'नगरपालिकाले निर्माणको अनुमति दिँदा राष्ट्रिय भवन संहिता २०६० अनुसार तोकिएको प्राविधिक समितिको सिफारिसमा भवन ऐन २०५५ को दफा ११(२) अनुसारको प्रकृया पूरा गरी मात्र स्वीकृति दिएको हो कि होइन ?' स्थानीयको प्रश्न छ ।
उनीहरूले भवन निर्माणका क्रममा स्थानीयलाई पर्नसक्ने क्षतिबारे कुनै पनि छलफल नगरी स्वीकृति दिएको आरोपसमेत लगाएका छन् । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ३ मा रहेको सम्पत्तिको उपभोगसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीयले निर्माण रोक्का पहल गर्न सक्ने स्थानीय अमृत रिमालले बताए । 'कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा सँधियारको घर वा जग्गा वा सँधियारलाई कुनै किसिमले हानिनोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ,' संहितामा रहेको व्यवस्थाबारे उल्लेख गर्दै उनले भने ।
यता वडा नम्बर ६ का अध्यक्ष देवेन्द्रराज गिरीले भने अहिलेसम्म सहमति जुट्न बाँकी रहेको दाबी गरे । '२/४ पटक यसअघि पनि छलफल भएको हो, निष्कर्षमा पुग्न सकिएको थिएन,' गिरीले लोकान्तरसँग भने, 'अब आउने आइतवार फाइनल हुन्छ । भवन बनाउने र स्थानीय सरोकारवालालाई बोलाएर छलफल गरेर सहमति गर्नेछौं ।'
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...