मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेता शुक्रवार काठमाडौं बाहिर पुगेका छन् ।
निर्माण व्यवसायी महासंघको कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौडा पुगेका छन् । शुक्रवार बिहान हेटौडा पुगेका प्रचण्ड माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रवार दाङ पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक आवरण गर्न देउवा शुक्रवार दाङ पुगेका हुन् । कांग्रेस महामन्त्री संवाद यात्राका क्रममा शुक्रवार कपिलवस्तुमा छन् ।
सभापति एवं गृहमन्त्री रवि लामिछाने लगायत रास्वपाका नेताहरू शुक्रवार इलाम पुगेका छन् । इलाम २ को उम्मेदवार घोषणा कार्यक्रममा सहभागी हुन लामिछाने शुक्रवार त्यसतर्फ गएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि शुक्रवार इलाम पुग्दैछन् । इलाम महोत्सवमा सहभागी हुन भट्टराईसहितका नेता इलाम जान लागेका हुन् ।
प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवार झापा पुगेका थिए । एमालेको जिल्ला अधिवेशन उद्घाटनका लागि झापा पुगेका ओली त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
संसदको बैठक लामो समय स्थगित भएपछि नेताहरू काठमाडौं बाहिरका कार्यक्रममा सहभागी भएका हुन् ।
११ दिनको स्थगनपछि प्रतिनिधि सभा बैठक १७ गते आइतवार बस्दैछ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...