×

NMB BANK
NIC ASIA

चांगान नेपालले सार्वजनिक गर्‍यो दिपल एस०७, कति पर्छ मूल्य ?

काठमाडाैं | चैत १९, २०८०

NTC
Premier Steels

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली दिपल एस०७ सार्वजनिक गरेको छ । ईभी क्षेत्रलाई रुपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी दिपल एस०७ ले नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । 

Muktinath Bank

यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलोपटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने कम्पनीले जनाएको छ ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो । जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरेको यो ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयूभीलाई आइतवार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

दिपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरी गरिएको हो ।

१५ भन्दा बढी ‘फस्ट टाइम इन नेपाल’ फिचर

दिपल एस०७ मा ईभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) दिने कम्पनीले जनाएको छ ।​

अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलोपटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् ।

संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट  हातको संकेतबाट कमान्ड लिन सक्छ ।

साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिंगलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ ।

साथै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ ।​

दिपल ०७ मा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । ​

दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ ।

यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ ।

साथै, नेपालमै पहिलोपटक कुनै पनि ईभीमा चार ‘ड्राइभिंग मोड’ (ईको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिंग अनुभव दिलाउँछ ।​

दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । 

null

साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरू छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ ।

सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत धेरै व्यवस्था रहेको छ । 

इलेक्ट्रिक मोबिलिटीमा नयाँ अध्याय

कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा ईभी मात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुनसक्ने बताए ।

‘हामीलाई गर्व छ कि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौं,’ उनले भने ।

त्यसैगरी, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआयन सिनले चांगानका लागि नेपाली बजार महत्त्वपूर्ण र भरपर्दो भएको बताए । ‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडीहरू ल्याउने लक्ष्य लिएका छौं । साथै ग्राहकको अनुभव र विक्रीपछिको सेवालाई पनि हामी उत्तिकै महत्व दिएका छौं किनभने चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने ।

नेपालमा दिपल एस०७ को शुरूवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यो ६ आकर्षक कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।​

चांगान ब्रान्डबारे

  • सन् १८६२ मा स्थापना भएको चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल उत्पादक हो जससँग ४० वर्षको कार निर्माणको अनुभव छ । 

  • चांगानले हरेक वर्ष आफ्नो आम्दानीको ५ प्रतिशत शोध तथा विकासमा खर्च गर्छ र यो आँकडा सात अर्ब डलर हुन आउँछ ।

  • चांगानले २,९१८ इनोभेसन पेटेन्टसहित १०,३११ पेटेन्ट दर्ता गरेको छ । सन् २०२३ मा उसले हरेक दिन सरदर २२ पेटेन्ट दर्ता गरेको थियो । ​

  • चांगानले दिपल र अवतार जस्ता ब्रान्डका लागि ‘टेक्नोलोजी जायन्ट’ हुवावे, विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता ‘सीएटीएल’ र ‘टेन्सेन्ट’ (विच्याट)सँग सहकार्य गर्दै आएको छ । 

  •  चांगानको ६३ वटा मुलुकमा २२ वटा कारखाना र ६३ हजार ग्लोबल डिलर रहेका छन् । ​

  • चांगान विगत दुई दशकदेखि चीनको टप ३ अटो मेकरका रुपमा रहँदै आएको छ । र उसले विश्वभर दुई करोड ४० लाख गाडी उत्पादन र विक्री गरिसकेको छ । 

  • चांगानको चार वटा मुलुकमा डिजाइन सेन्टर छन् जहाँ ६०० ग्लोबल डिजाइनले कारको डिजाइन गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x