×

NMB BANK
NIC ASIA

चश्मा लगाउनुपर्ने आँखारोगीलाई लेजर पद्धतिबाट उपचार, के हो लेजर पद्धति ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं,२६ असोज– आँखाको दृष्टिमा कमी भएर समस्या देखिएमा बिरामीले चश्मा लगाउनुपर्ने हुन्छ । आँखाको दृष्टिमा कमी हुँदा औषधिको प्रयोग, अप्रेसन र चश्माको प्रयोगबाट दृष्टि फर्काउन सकिन्छ ।

नेपालमा जनसंख्याको ३ प्रतिशत मानिसहरुले चश्मा लगाउनु पर्ने आँखाको समस्या रहेको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन राइले बताए । ‘ आँखामा समस्या भएका कतिपय मानिसहरुले चश्मा प्रयोग नियमित गर्न सक्दैनन् । चश्मा हरायो,फुट्यो भने समयमै नयाँ चश्मा बनाउने पहँुच चस्मा प्रयोग कर्तामा हुँदैन । त्यसले पनि मानिसहरुले चश्मा लगाउन नपरे हुन्थ्यो भन्ने ठान्छन् ।’

दृष्टि कमजोर भएर चश्मा लगाउनु पर्ने अवस्था भएका विरामीहरुले लेजरको पद्धतिबाट पनि चस्माको प्रयोग विना उपचार गर्न सकिने उनको भनाइ छ । चश्माको प्रयोग भन्दा लेजर पद्धतिबाट गरिने उपचार गुणात्माक हुने राईले बताए । सबै चश्मा लगाउने व्यक्तिलाई लेजरबाट अप्रेसन भने गर्न नपर्ने राइले जानकारी दिए ।

दुई आँखाको पावर २ दशमलब ५ भएमा लेजर पद्दतीबाट उपचार गर्न उपयुक्त हुने राईले बताए । आँखामा माइनस पावरको दृष्टि भएकाहरुको लागि लेजर पद्धतिबाट उपचार गर्न आवश्यक छ ।

के हो लेजर पद्धति

लेजर पद्धति भनेको ल्यासीक र स्माइल नाम गरेका दुई प्रविधि मार्फत आँखाको अप्रेशन गरेर नानीमा समान्य परिवर्तन गरिने उपचार पद्धति हो । तिलगंगा आँखा अस्पतालमा २००१ सालदेखि नेपालमा लेजर पद्धतिबाट आँखाको उपचार हुँदै आएको तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. रोहित सैंजूले बताए । उनका अनुसार सन् २००१ देखि हालसम्म ४ हजार चस्मा लगाउनु पर्ने विरामीहरुले लेजर पद्धतिबाट उपचार गराइसकेका छन् ।

चस्मा भन्दा महंगो भएपनि दिर्घकालिन रुपमा भने यसको उपयोगिता प्रभावकारी रहेको डा. सैंजूको भनाइ छ । ‘लेजर पद्धतिको प्रविधि पनि महंगो छ । त्यसैले लेजरबाट उपचार गराउन महंगो त पर्छ तर अन्य देशहरुमा भन्दा नेपालमा निकै सस्तो छ । उनले लोकान्तरलाई भने,‘ लेजर पद्धतिबाट उपचार गर्न ८५ हजार खर्च लाग्छ । २० मिनेटमै यसको उपचार गराइन्छ । समान्य नेपालीहरुको लागि भने यो महंगो नै देखिन्छ ।’

सामान्य आयस्तर भएका नेपालीहरुका लागि यसको प्रयोग कम भएपनि विदेशमा बस्ने नेपालीको लागि भने लेजर पद्धतिबाट गरीने उपचार प्रभावकारी देखिएको प्रतिष्ठानले जनाएको छ ।

सैंजुका अनुसार नेपाली मात्र नभएर विदेशी नागरिक पनि आँखाको उपचारका लागि तिलगंगा आउने गरेका छन् । विदेशमा भन्दा उपचार नेपाल सस्तो र गुणस्तरीयसमेत हुने भएपछि विदेशी उपचारका लागि आएका सैंजूको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x