×

NMB BANK
NIC ASIA

विराट गोल्डकप : एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला फाइनलमा

विराटनगर | चैत २१, २०८०

NTC
Premier Steels

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

Muktinath Bank

विराटनगरस्थित सहिद रंगशालामा बुधवार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।


Advertisment
Nabil box
Kumari

सडनडेथमा आशिष चापागाईँ, अविशेक लिम्बु, उमेश कार्की र किरण राईले गोल गरे । सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार  एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।

Vianet communication

एपीएफको तर्फबाट दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर विशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । 

सांग्रीलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ । 

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो । 

पहिलो सेमिफाइनलमा एपीएफ र सांग्रीलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल खेलबाट छैटौं संस्करणको विजेता टिम एपीएफ घर फर्कन बाध्य भयो ।

सांग्रीलाका आशिष चौधरीले खेल सुरू भएको १६ औंमिनेटमा गरेको कडा प्रहार एपीएफका गोलकिपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । त्यसलगतै विदेशी खेलाडी स्याङले गरेको प्रहार पनि किपर श्रेष्ठले बिफल पारीदिए ।

एपीएफका अनिष महर्जनले २५औं मिनेटमा डिबक्स भित्रबाट गरेका कडा प्रहार बाहिरियो । ६४ मिनेटमा एपीएफका विदेशी खेलाडी जोनले  गरेको बारमाथिबाट बाहिरियो । 

घरेलु दर्शकको साथ पाएको सांग्रीलाले थुप्रै गोल गर्ने अवसर चुकाउँदा जित हात पार्न सडनडेथ पर्खिनुपर्यो । दोस्रो हाफमको ६५ औं मिनेटमा विदेशी खेलाडी स्याङको प्रहार एपीएफका किपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । थप गरिएको अतिरिक्त समयको १०२ औं मिनेटमा सांग्रीलाका आशिष चापागाइले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर बाहिरियो । 

जितमा सांग्रीलाका गोलकिपर विशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले निर्धारित र अतिरिक्त समयको आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई फाइनलको यात्रा गराए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x