×

NMB BANK
NIC ASIA

एक वर्षमा तीन पटक मन्त्री बने भण्डारीलाल अहिर, गाडी पनि उही मन्त्रालय पनि उही

काठमाडाैं | चैत २५, २०८०

NTC
भण्डारीलाल अहिर । शपथपछि बायाँबाट पहिलो
Premier Steels

प्रदेश सरकार अस्थिर हुँदा साना दल हरेकका सांसद निरन्तर मन्त्री बन्दै आएका छन् । यस्तै सांसद हुन्, लुम्बिनी प्रदेशका भण्डारीलाल अहिर । बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित अहिर एक वर्षमा तीन पटक मन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता अहिरले आम निर्वाचन–२०७९ पछि लुम्बिनीमा बनेका तीन वटा सरकारमा तीन पटक नै मन्त्री बनेका हुन् । 

Muktinath Bank

वि.स. २०७९ पुसमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा उनी कृषि तथा भूमि व्यवस्था मन्त्री बने  । तर एमाले नेतृत्वको सरकार तीन महिनामै ढलेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर नेतृत्वमा २०८० वैशाखमा बनेको सरकारमा पनि उनी कृषि मन्त्री नै बने । चौधरीको सरकार ११ महिनामा ढलेपछि अहिले फेरि नेकपा माओवादी नेतृत्वको ‘मिलीजुली’ नेतृत्वको सरकारमा पनि उनले आइतबार मन्त्रीको शपथ लिएका छन् । तर, उनको जिम्मेवारी नतोकिए पनि फेरि सोही मन्त्रालय मागेका छन् । उनीले मन्त्री बनेपछि गाडी समेत फेर्नुपरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाका लुम्बिनीमा तीन जना सांसद छन्  मन्त्री भण्डारीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जनतासँग जोडिनको लागि उहाँ (अहिर) को रोजाइ कृषि मन्त्री रहेको बताए । ‘अहिले पनि उहाँले कृषि मन्त्री दिनुपर्छ भन्नुभएको छ ,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

बाँके डुडुवा गाउँपालिका–३ वनकटटीका ५६ वर्षीया अहिर पूर्व शिक्षक हुन् । उनी शिक्षण पेसा छाडेपछि राजनीतिमा आएका हुन् । नयाँ सत्ता समीकरणपछि प्रदेश सरकार फेरिदा साना दलबिना सरकार बन्ने अवस्था नहुँदा साना दल ‘किङमेकर’ जस्तै बनेका छन् ।  ‘मन्त्री अहिरले पार्टीले अघि सारेपछि मन्त्री बनिरहेको बताए । ‘जबरजस्ती मन्त्री बन्छु भनेर बनेको होइन’ नवनियुक्त मन्त्री अहिरले लोकान्तरसँग भने, ‘यो बाहेक अझै एक पटक बन्छु त्यसपछि अरू पनि अघि सर्नुहोला । मेरो रोजाइ अहिले पनि कृषि नै छ ।’  मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिएपछि मन्त्रालय भागबण्डाको टुङ्गो लाग्ने उनको भनाइ छ । 

Vianet communication

लुम्बिनीमा अहिले माओवादीको नेतृत्वमा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सहितको सरकार बनेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले (नाउपा) पनि सरकारलाई समर्थन गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x