×

NMB BANK
NIC ASIA

कामचलाउ मुख्यमन्त्रीको ‘एक्सन’

मन्त्रालय फुटाउने तयारीमा गण्डकीका मुख्यमन्त्री अधिकारी: पहिले घटाए, अहिले फेरि बढाउँदै

पाेखरा | चैत २९, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर संख्या बढाउने तयारी गरेका छन् । 
मन्त्रिपरिषद्का प्रवक्ता मन्त्री हरिबहादुर चुमानका अनुसार मन्त्रालय फुटाएर ९ वटा बनाउने तयारी भएको हो । 

Muktinath Bank

अहिले गण्डकीमा मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र कानून मन्त्रालय थप्न सिफारिस गरेको मन्त्री चुमानले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि तत्कालीन नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले गण्डकीमा मन्त्रालय थपेर १२ पुर्याएको थियो । मन्त्रालयको संख्या बढी भएपछि आलोचनासमेत भएको थियो । त्यसपछि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा निर्वाचित भएर आएपछि आफ्नो नेतृत्वमा मन्त्रालय संख्या घटाउने बताएका थिए । सोहीअनुरुप उनले गण्डकीको मुख्यमन्त्री भइसकेपछि १२ मन्त्रालय घटाएर ७ बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

गण्डकीको मुख्यमन्त्रीमा दोस्रो इनिङ्ग सम्हालिरहँदा भने अधिकारीले मन्त्रालयको संख्या थप्ने निर्णय गरेका छन् । 

Vianet communication

’अप्ठ्यारो परेको थियो स्वास्थ्य मन्त्रालय अलग्गै मन्त्रालयको रुपमा काम गर्नुपर्ने भयो । आन्तरिक तथा कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा लगेर गाभिएको थियो त्यसलाई बाहिर निकाल्नुपर्छ भनेर सिफारिस भएको छ,’ प्रवक्ता चुमानले लोकान्तरसँग भने ।

मंगलवार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य बेग्लै मन्त्रालय बनाउने निर्णय गरेको हो । यस्तै, आन्तरिक मामिला मन्त्रालय फुटाएर कानुन मन्त्रालय थप्ने निर्णय भएको छ । 
बुधवार मात्र सर्वोच्च अदालतले गण्डकीमा मुख्यमन्त्री अधिकारीलाई कामचलाउ सरकारको रुपमा रहँदै दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नलिन आदेश दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x