बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
बुटवल | चैत ३०, २०८०
साढे ३ दशकदेखि बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हो, कोहिनुर मेटल उद्योग ।
मोटरसाइकलका लेगगार्ड र हेल्मेट बनाउने कोहिनुर उद्योगलाई जग्गा साँघुरो भएको लामो समय भयो । औद्योगिक क्षेत्र विस्तारको माग सुनुवाइ नभएपछि सञ्चालक रामप्रसाद बस्यालले भवनमा तला थपेर उद्योग सञ्चालन गरिरहेका छन् ।
‘उद्योगीप्रति राज्यको चासो नै छैन,’ बस्याल भन्छन्, ‘जग्गा नपाएपछि दुई तला थपेर उद्योग चलेको छ । पछिल्लो समय नयाँ ठाउँमा जग्गा किनेर सञ्चालन गरिएको छ । करोडौंको लगानी गरेका उद्योगलाई राज्यबाट चासो छैन ।’
उद्योगीहरू आफ्नो उत्पादन क्षमता बढाउन तला थपेर कार्य सञ्चालन गर्न बाध्य भएको उनको भनाइ छ ।
औद्योगिक क्षेत्रको अर्को उद्योग कपिलवस्तु ग्लास फाइबरको समस्या पनि उस्तै छ । उद्योगका सञ्चालक प्रमोद पोदारले उद्योगका लागि जग्गा अभावका कारण तला थपेर काम गरिरहेका छन् ।
‘हाम्रो उद्योग २२ वर्षदेखि सञ्चालित छ,’ पोदार भन्छन्, ‘उद्योगहरूले क्षमता विस्तारका लागि जग्गाको अभाव हुँदा पक्की संरचनामा तला बनाएको हो । तर, पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीले उत्पादन समेत घटेको छ ।’
फेमस स्टील उद्योगका सञ्चालक सहिद अख्तर पनि जग्गा अभावको मार उद्योगले खेप्नुपरेको बताउँछन् । अहिले धेरै उद्योग टिनका ‘ट्रस’ हालेर तला थप्दै चलिरहेको उनले बताए ।
औद्योगिक क्षेत्रस्थित सञ्चालनमा रहेका यी तीन उद्योगजस्तै थापा इन्जिनीयरिङ इन्डस्ट्रिज प्रालि, रेश्मी पोलिथिन इन्डस्ट्रिज प्रालि, शिवशक्ति शोप इन्डस्ट्रिज प्रालि, युनाइटेड प्रालि र इन्टरटेक प्रालिलगायतका उद्योगले क्षमता विस्तारका लागि जग्गा अभाव हुँदा पक्की संरचनामा तला बनाएका हुन् ।
थपिएका तलामा उद्योग व्यवस्थानदेखि उत्पादनसम्मका कार्य सञ्चालन भइरहेको उनीहरू बताउँछन् । ४३४ रोपनी क्षेत्रफलमा रहेको बुटवल औद्योगिक क्षेत्रमा नयाँ वा सञ्चालित उद्योग विस्तार गर्न जग्गाको अभाव छ । त्यसका कारण उद्योगीहरूले सञ्चालन गर्दै आएको उद्योग भवनमा तला थपेर काम चलाउनुपर्ने बाध्यता रहेको औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए ।
यसो गर्दा उद्योगको पूँजी उत्पादकत्वमा भन्दा पनि पूर्वाधार व्यवस्थापनमा खर्च भएको उनले बताए ।
‘जग्गाकै अभावमा एकतले उद्योगले तला थपेर दुई वा तीनतले बनाइसकेका छन्,’ भट्टराईले भने, ‘मोतिपुरमा औद्योगिक क्षेत्र बनेको भए यो अवस्था आउने थिएन । विद्युत् पनि अनियमित ढंगले कटौती भइरहेको छ ।’
औद्योगिक क्षेत्रको १४३ रोपनी ओगटेको सरकारी स्वामित्वको धागो कारखाना हाल बन्द अवस्थामा छ । उद्योगीहरूले धागो कारखाना सञ्चालन नगरिए त्यसले ओगटेको क्षेत्रफलमा अन्य उद्योगहरू विस्तार गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
अहिले बुटवल औद्योगिक क्षेत्रमा रहेका ७२ उद्योगमध्ये ६५ वटा उद्योग चालू अवस्थामा छन् । सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको २ अर्ब ७० करोडमा वि.सं. २०३२ सालमा सो औद्योगिक क्षेत्रको स्थापना भएको हो ।
यस क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र विस्तारको काम अघि बढाउन निरन्तर आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ हुन सकेको छैन । बुटवल औद्योगिक क्षेत्र वि.सं. २०३२ मा स्थापना भएको हो ।
उद्योगीको मागअनुसार औद्योगिक क्षेत्रको उत्तरपूर्व र पश्चिमतर्फको करिब ५५० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना अघि बढेको थियो । तर, वन मन्त्रालयमा फाइल अड्किएपछि औद्योगिक क्षेत्र विस्तार रोकिएको थियो ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले औद्योगिक क्षेत्र विस्तारको काम रोकिएको बताए । मोतिपुर औद्योगिक क्षेत्र बन्ने भएपछि बुटवल औद्योगिक क्षेत्र विस्तारको काम अघि बढ्ने कुरा सकिएको उनले बताए ।
भट्टराईले थपे, ‘हामीले जंगलतर्फको भाग उद्योगका लागि माग्दा दिइएन । अहिले त्यहाँ बसपार्क बनाउने योजना अघि बढेको छ भन्ने सुनेको छु ।’
बुटवल औद्योगिक क्षेत्रको ४३४ रोपनी जग्गामध्ये १ सय ३४ रोपनीमा बुटवल धागो कारखाना छ । २८ रोपनीमा पशु वधशाला छ ।
वि.सं. २०३२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना भएयता रूपन्देहीमा नयाँ औद्योगिक क्षेत्र बनेको छैन । निजी जमिनमा सयौं ठूला उद्योग सञ्चालनमा छन् ।
रूपन्देहीमा मुलुककै सबैभन्दा धेरै उद्योग रहेका छन् । अहिले रूपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको शिलान्यास भए पनि काम अघि बढेको छैन ।
विवादपछि तत्कालका लागि क्षेत्रफल घटाएरै भए पनि औद्योगिक क्षेत्रको काम शुरू गर्ने तयारीमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय जुटेको छ ।
‘शुरूआतमा सेक्टर ‘बी’भित्र रहेको कूल ३६९ बिघामध्ये २६० बिघा क्षेत्रफलमा बनाउन सकिने रिपोर्ट पठाइएको छ । अब त्यहीअनुसार माथिबाट निर्णय भएमा मात्र काम अगाडि बढ्छ,’ मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका निमित्त प्रमुख अधिकारीले भने ।
बुटवल औद्योगिक क्षेत्र विस्तार नहुँदा र मोतिपुर औद्योगिक क्षेत्रको कामले पनि गति नलिँदा अहिले धेरै उद्योगीले भैरहवा–परासी क्षेत्रमा उद्योग विस्तार गरिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...