×

NMB BANK
NIC ASIA

इजरायल-इरान आमनेसामने

इजरायलमा इरानी हमला : अर्को खतरनाक युद्धको संघारमा उभिएको हो मध्यपूर्व ?

काठमाडाैं | बैशाख २, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

गत अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी)का जनरल मोहम्मद रेजा जाहेदी र अन्य धेरै अधिकारीहरू मारिएपछि त्यसको बदला लिने धम्की इरानले बारबार दिइरहेको थियो ।

Muktinath Bank

अप्रिल १ मा भएको आक्रमणको आधिकारिक रूपमा जिम्मेवारी नलिए पनि इरानले इजरायलमाथि नै औंला उठाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त हमलामा मारिएका जनरल जाहेदी इरानले सिरिया र लेबनानमा गरेको हमलाको योजनाकार रहेको इजरायलले सार्वजनिक रूपमा बताउँदै आएको छ । त्यसका साथै गत अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गरेर १२ सय जनाको ज्यान लिएको घटनामा पनि जाहेदी जोडिएका थिए ।


Advertisment
Nabil box
Kumari

यद्यपि इरानले इजरायलमाथि हमासले गरेको आक्रमणमा जाहेदी जोडिएको विषय अस्वीकार गरेको छ र इजरायलले पनि सिरियामा भएको जाहेदीको हत्यामा आफू संलग्न नरहेको सार्वजनिक दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

यही पृष्ठभूमिमा इरानले शनिबार इजरायलमा २ सयभन्दा बढी ड्रोन र मिसाइलले हमला गर्‍यो । मत्थर हुँदै गएको मानिएको इजरायल-हमास युद्धमा घिउ थप्ने गरी इरान संलग्न भएपछि यस क्षेत्रमा 'दीर्घकालीन क्षेत्रीय युद्ध' हुने आशंका व्याप्त छ ।

सिरियामा रहेको आफ्नो दूतावासमा आक्रमण भएको १३ दिनमा इरानले ड्रोनसँगै ब्यालेस्टिक र क्रुज मिसाइल प्रयोग गरेर इजरायलमा आक्रमण गरेको हो ।

इरानले दमस्कसमा आफ्नो कूटनीतिक नियोगलाई निशाना बनाएपछि 'आत्मरक्षा'स्वरूप इजरायलमाथि आक्रमण गरेको दाबी गरेको छ । सँगै इरानले आफ्नो कारबाहीकै कारण परिस्थिति थप नबिग्रिने 'अनौठो आशा'समेत गरेको छ ।

इरानको आक्रमणपछि इजरायलले इरानी आक्रमणलाई असफल तुल्याएको दाबी गर्‍यो ।

इजरायलको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, 'सयौं ड्रोन र मिसाइलहरू प्रयोग गरेर इरानले गरेको आक्रमणलाई इजरायली सेनाले असफल तुल्याएको छ । जसमध्ये ९९ प्रतिशतलाई रोकिएको छ । सेनाहरू सबै मोर्चाहरूमा तैनाथ गरिएको छ र इजरायली क्षेत्रको रक्षा गर्न तयार छ ।'

यो आक्रमणपछि अमेरिका पनि खुलेरै इरानविरोधी मोर्चामा सामेल भएको छ । राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण गर्न प्रयोग गरिएका सबै ड्रोन र मिसाइललाई आकाशमै ध्वस्त गर्न अमेरिकी सहयोग रहेको बताए ।

'इजरायलमा इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू निष्प्रभावी बनाउन अमेरिकाले मद्दत गरेको छ,' इजरायल आक्रमणपछि उनले एक वक्तव्य दिँदै भने, 'हामीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आफ्नो सैन्य  समर्थन दिएको पुनःपुष्टि भएको छ ।'

उनले इरान आक्रमणको विरोधमा छिटै जी ७ (ग्रुप-सेभेन) राष्ट्रका नेताहरूसँग भेट र छलफल गर्ने बताए ।  

राष्ट्रपति बाइडेनले आफ्नो शीर्ष सुरक्षा अधिकारीहरूसँगको बैठकमा इरानी आक्रमणविरुद्ध इजरायललाई पूर्ण सैन्य समर्थन दिने वाचासमेत गरेको अंग्रेजी अखबार 'द टेलिग्राफ'ले जनाएको छ ।

यद्यपि ह्वाइट हाउसका केही अधिकारीहरूले स्थानीय सञ्चारमाध्यममार्फत अमेरिकाले इरानविरुद्ध आक्रमण भने नगर्ने दाबी गरेका छन् ।

द टेलिग्राफले अमेरिकी अधिकारीहरूको भनाइ उदृत गर्दै आफ्नो एक समाचार प्रतिवेदनमा भनेको छ, 'अमेरिकाले इरानविरुद्धको कुनै पनि आक्रमणमा भाग लिने छैन । इजरायली प्रधानमन्त्री नेतान्याहूसँग भएको टेलिफोन वार्ताका राष्ट्रपति बाइडेनले यस्तो प्रतिक्रिया दिएका छन् ।'

इरानको आक्रमणपछि प्रधानमन्त्री नेतन्याहूले रक्षात्मक र आक्रामकरूपमा जवाफ दिने बताएका छन् ।

युरोपेली संघ, बेलायत, फ्रान्स, मेक्सिको, चेकिया, डेनमार्क, नर्वे र नेदरल्याण्डले इरानको आक्रमणको निन्दा गरेका छन् । इरानले इजरायलमाथि गरेको ड्रोन र मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने तयारीसमेत रहेको बताइएको छ ।

भारतले इरानी आक्रमणलाई प्रत्यक्षरूपमा निन्दा नगरे पनि पश्चिम एसिया क्षेत्रमा इजरायल र इरानबीच बढ्दै गएको शत्रुताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

'हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको बाटोमा फर्किन आह्वान गर्दछौं,' भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सात महिनाअघिदेखि चलिरहेको इजरायल-हमास बीचको गाजा युद्धमा अब लेबनान, सिरिया, यमन, इराक र इरानसमेत जोडिएका छन् । यसले यस क्षेत्रमै तनावपूर्ण शक्ति संघर्ष हुने र लाखौं मान्छेको ज्यान जोखिमपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् ।

अहिलेसम्म हमासलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको इरानले अमेरिकालाई पनि प्रत्यक्ष युद्धमा तान्ने गरी आक्रमण गरेको भन्दै इजिप्टले क्षेत्रीय संयम अपनाउन सबै शक्तिहरूलाई आग्रह गरेको छ ।

यो समाचार टिप्पणी लेख्दै गर्दा इरानले इजरायलमा गरेको आक्रमणबारे छलफल गर्न इटालीले जी७ नेताहरूको भिडियो बैठक बोलाएको छ ।

रोयटर्सले इटालीको प्रधानमन्त्री कार्यालय स्रोतको हवाला दिँदै भिडियो कल युरोपेली समयअनुसार अपराह्नमा हुने बताएको हो । यतिबेला जी७ को अध्यक्ष राष्ट्र इटाली छ ।

इजरायलमाथि इरानको आक्रमण जारी रहेको अलजजिराका रक्षा संवाददाता एलेक्स गाटोपोलसले रिपोर्ट गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x