×

NMB BANK
NIC ASIA

गृहमन्त्री जोडिएको सहकारी ठगी

जीबी–रविबाट ठगिएकाको पीडाः मजदुरी गरेर गमकलाले जम्मा गरेकी थिइन् ६५ हजार, डिप्रेसनको औषधि खान्छिन् बिना

बुटवल | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलका ५० वर्षीय देवीलाल भट्टराईले छोरीको बिहेको लागि आफ्नो सामान्य व्यापारबाट बचाएर सुप्रिम सहकारीमा ६० लाख रुपैयाँ राखेका थिए । ब्याज बढी पाइने हल्लापछि देवीलालको आफ्नो बैंकमा रहेको थोरै रकम पनि तानेर सुप्रिममा राखे । 

Muktinath Bank

करिब दुई वर्षअघि सहकारी समस्यामा परेको थापा पाएपछि उनी आफ्नो माग्न सहकारीमा पुगे । तर, अहिलेसम्म पाउन सकेका छैनन् । ‘सरकारले नै मान्यता दिएको संस्थामा पैसा जम्मा गर्दा अपचलन भयो,’ देवीलालले लोकान्तरसँग भने, , ‘सहकारीमा राजनीतिक दलका नेताहरू रहेछन् । सुप्रिममा दुःख गरेर कमाएको पैसा जम्मा गर्नेलाई रवि लामिछाने र जीबी राईले हरिबिजोग बनाए ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरू–शुरूमा उनले हरेक दिन पैसा फिर्ता माग्न सहकारी धाए । अहिले भने सहकारी बन्द छ । ‘सहकारीको पैसा जीबी र रविले दुरुपयोग गरेको देखियो । राज्यले अब जीबीलाई पक्राउ गर्नुपर्छ र दुरुपयोग गर्नेहरूबाट अशुलउपर गरी सर्वसाधारणको बचत फिर्ता गर्नुपर्छ,’ भट्टराइले भने ‘जनताले पसिना बगाएर कमाएको पैसा ठगी गर्न पाइँदैन । अब जीबी राईलाई पक्राउ गरी योजनाबद्ध सहकारी ठगी गर्नेलाई कारवाही गर्नुपर्छ । जनताको उठिबास लगाउनेलाई कहीँ गए पनि सुख हुने छैन ।’


Advertisment
Nabil box
Kumari

पैसा फसेपछि बचतकर्ता डिप्रेसनमा 

Vianet communication
Laxmi Bank

बुटवलको अमरपथमा ब्यूटी पार्लर चलाउँदै आएकी जानु थापालाई सुप्रिम सहकारीमा काम गर्ने बहिनीहरू आएर बचत गर्न निरन्तर अनुरोध गरे । हाम्रो टार्गेट छ बचत गर्नुपर्यो । ब्याज पनि राम्रो दिन्छ भनेर बारम्बार अनुरोध गरेपछि जानुले पनि बचत गर्न थालिन् । जीविकोपार्जन गर्न बैंकबाट ऋण लिएर व्यवसाय गरेकी उनको बचत २८ हजार रूपैयाँ थियो । आफूसँगै आफ्नी दिदी बिनालाई भिनाजुले जापानबाट पठाएको ५० लाख रुपैयाँ पनि सहकारीमै जम्मा गर्न भनिन् ।

null

सहकारी अफ्ठ्यारोमा परेको गाइगुइ सुनेपछि दुई वर्षअघि उनी पनि पैसा लिन पुगिन् । राजमार्ग चौराहामा रहेको कार्यालयमा पुग्दा बचत फिर्ता माग्नेको भीड थियो । जानु सम्झिन्छन्, ‘पैसा फिर्ता माग्दा माग्दा थाकियो । मेरो त केही छैन कम पैसा हो । दिदी ५० लाख फिर्ता नभएपछि अहिले डिप्रेसनको औषधि खानुनुहुन्छ ।’ रवि लामिछानेले जनताको पैसा लगेर घण्टी पार्टी बनाएका रहेछन् । गृहमन्त्रीको लागि किन मरिहत्ते गरेको रहेछन् भनेको त बल्ल थाहा भयो, पैसा लगेकोबाट बाच्न पो रहेछ ।’ 

सामान्य काम गरेर गुजारा चलाउँदै आएकी बुटवल–७ दीपनगरकी गमकला न्यौपानेलाई सुप्रिम सहकारीले राम्रो ब्याज दिन्छ भन्ने कसैले सुनाए । आफ्नो वरपरका पनि बचत गर्न थालेपछि उनको मनले पनि मानेन । अनि बाल बचत, नारी बचत र दैनिक बचत गरी तीन खातामा बचत गर्न थालिन् । उनको बाल बचतमा २७ हजार, नारी बचतमा ११ हजार र दैनिक बचतमा २७ हजार रूपैयाँ पुगेको थियो । उनी भन्छिन्, ‘जनतालाई झुक्काएर गरिबको पसिनामाथि रमाएका रहेछन् । गरिब जनताको उठिबास लगाउनेलाई राज्यको प्रमुख निकायले कडाइका साथ नियन्त्रणमा लिएर बचत फिर्ता गर्नुपर्छ ।’ 

सुप्रिमको पैसा नपाएका देवीलाल, जुना र गमकला प्रतिनिधि पात्र मात्र हुन् । बुटवल उपमहानगरपालिका–९ का दुर्गाबहादुर गुरुङको ३ करोड रुपैयाँ सहकारीमा फसेको छ । त्यस्तै अर्का बुटवलकै व्यवसायी कृष्ण खरेलले २ करोड ५० लाख रुपैयाँ पनि सहकारीमै डुबेको छ । सुप्रिममा पैसा जम्मा गरेका रिक्सा चालक, सडकमा मकै पोलेर गुजारा चलाउने र सामान्य मजदूरको पसिनाको मूल्य सकारीले खोसेको छ । 

उनीहरूजस्तै करिब १० हजार बचतकर्ता सहकारी पीडितहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी ) लाई पक्राउ गर्न माग गर्दै आएका छन् । सहकारी पीडित संघर्ष समितिका संयोजकसमेत रहेका पीडित विजयकुमार नेपालले गृहमन्त्री लामिछानेलाई संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । अर्का पीडित बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भए पनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा र आफ्नो बचत फिर्ता हुनेमा शंका लागेको बताउँछन् ।

रवि र जीबीबाटै गडबडी !

एक हजार ८०० बचतकर्ताको प्रहरीमापछि सहकारीका सञ्चालकलाई पक्राउगरी अनुसन्धान गर्दा गोर्खा मिडिया नेटवर्कका नाममा १४ करोड रूपैयाँ र रवि लामिछानेले दुई करोड रुपैयाँ लगेको पुष्टि भएको छ । २ करोड ऋणबापत ४ लाख रुपैयाँ सेवा शुल्क कट्टा गरेर १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको प्रहरीले पुष्टि गरेको छ ।

बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको भन्दै गत वर्ष (२०७९) चैत मा प्रहरीमा जाहेरी परेको थियो ।

null

गोर्खा मिडिया नेटवर्कको नाममा १४ करोड र तत्कालीन टीभीका प्रबन्ध निर्देशक तथा हाल उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रक्रियाबिना नै दुई करोड रुपैयाँ लिएको प्रहरीले अदालतमा दायर गरेको अभियोग पत्रको पृष्ठ नम्बर १५७ मा उल्लेख छ । 

जीबी राई र लामिछानेले सयुंक्त रूपमा २०७७ फागुनदेखि ग्यालेक्सी फोरके टीभी सञ्चालनमा ल्याएका थिए । हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । 

पीडितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । १५७ पृष्ठको अभियोगपत्रमा ९ ठाउँमा रकम, मिति र खातासहित रविको नाम देखिएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौर व्यक्तिभन्दा पनि प्रहरीले बलियो प्रमाण जुटाएर अभियोग दर्ता गरेको बताउँछन् । ‘हामीले लामो अनुसन्धानपछि बचतकर्ताको रकम दुरूपयोग गरेका व्यक्तिहरूको विवरणसहित अदालतमा अभियोगसहित पठाएका छौं,’ राठौरले भने ।

null 

सहकारीको रकम अपचलन सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर छानबिनको माग गर्दै आएको छ । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । यही विषयलाई लिएर कांग्रेसले संसद् अवरुद्ध समेत गरेको थियो । प्रहरी अनुसन्धानबाटै रविको संलग्नता पुष्टि भएपछि कांग्रेसलाई थप बल पुगेको छ । 

प्रतिवादीको जिल्ला अदालत रूपन्देहीमा बयान शुरू भएको छ । जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीले २८ जना प्रतिवादीहरूको मंगलबारदेखि बयान शुरू भएको बताए । ‘अभियोग सोमबार राति आएको हो,’ मरासिनीले भने, ‘आजदेखि बयान शुरू हुन्छ । दीपेश पुनसहित ६ जनालाई उपस्थित गराइएको छ । ६ जनामध्ये २ जना पोखरा कारागारमा छन् । उनीहरूलाई पनि झिकाइन्छ । बयान सकिएपछि थुनछेक बहस हुन्छ ।’ 

को–को हुन् २८ प्रतिवादी ?

जीबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसीलाई प्रतिवादी बनाइएको छ । यस्तै, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धीरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारीलाई पनि प्रतिवादी बनाएको छ । यसैगरी आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई प्रतिवादी बनायएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । तर, रविलाई प्रहरीले प्रतिवादी बनाएको छैन । विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

null

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहामा छ । वि.स. २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रूपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् । बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए । 

प्रक्रिया नपुर्‍याइ ऋण

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी र रविसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी अनुसन्धानअनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १४ करोड ६ लाख रुपैयाँ सारिएको छ । लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ । लामिछाने हालसम्म पनि सुप्रिम सहकारीको ऋणी रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दुई करोड ऋणको किस्ता दुई पटक तिरिएको तर, दुवै पटक सुप्रिम सहकारीकै बचत प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ ।  

पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x