मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
लुम्बिनी प्रदेश सभा संसदीय समितिमा झण्डै डेढ वर्षपछि नेतृत्वको टुंगो लागेको छ । सात वटा संसदीय समितिको प्रमुखमा तीन राजनीतिक दलहरूले भागबन्डा गरेको हुन् ।
जस अन्तर्गत प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई ३, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २/२ वटा समितिको नेतृत्व गर्नेछन् ।
लुम्बिनी प्रदेश सभामा ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समिति छन् ।
जसअनुसार प्रदेश मामिला तथा कानून समितिको सभापतिमा माओवादीबाट रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा माओवादीकै गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा कांग्रेसका नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) का सांसद विश्वप्रेम पाठक चयन भएका छन् ।
त्यस्तै गरी भौतिक पूर्वाधार विकास समितिको सभापतिमा एमालेका अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद रामजीप्रसाद घिमिरे रहेका छन् ।
यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमालेका राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी नेपाली कांग्रेसकी सांसद माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका एमाले सांसद गिरीधारीलाल न्यौपाने रहेका छन् ।
६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटकदेखि नयाँ व्यवस्था गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
समितिका सदस्यहरू यस अघि नै टुंगो लागिसकेको छ । सभापतिहरूले बुधवार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै विषयगत समितिका सभापतिहरूले अब संसद् र सरकारको कामलाई तीव्र गतिमा अगाडि बढाउने गरी काम गर्ने बताए ।
सभापति चयनसँगै अब प्रदेशसभाले बिजनेस पाउने उनीहरूको विश्वास छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...