कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडाैं | बैशाख ७, २०८१
नेपाली सेनाले जिम्मा पाएको काठमाडौं–तराईमधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को हालसम्मको भौतिक प्रगति जम्मा ३३.२० प्रतिशत भएको छ ।
शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उक्त जानकारी गराएका हुन् । समितिले फास्ट ट्रयाकको अवस्थाका बारेमा बुझ्न प्रधानसेनापति शर्मालाई डाकेको हो ।
उनले वन मन्त्रालयले पछिल्लो समयमा वातावरणीय पूरक प्रतिवेदन (एसईआईए) स्वीकृत गरेकाले काम तीव्र गतिमा अगाडि बढेको जवाफ दिएका छन् ।
१३ वटा निर्माण प्याकेजमा ६ वटाको ठेक्का लगाएर काम भइरहेको र बाँकीमध्ये केहीको ठेक्का लगाउने काम शुरू भएको जानकारी प्रधानसेनापति शर्माले दिए । विशेषगरी ललितपुरको प्रस्थानबिन्दु खोकनामा जग्गा मुआब्जा विवाद समाधान नभएकाले त्यहाँ ठेक्का लगाउने काम रोकिएको बैठकमा जानकारी दिइयो ।
आयोजनाअन्तर्गत् १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी छ । त्यसमध्ये ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले जनाएको छ ।
मकवानपुरको मौरीभीरमा बाटोको प्रोटेक्सन गर्न पर्खाल लगाउन र बाटो बनाउँदा लाग्ने कष्टभन्दा दरिलो र फाइदाजनक हिसाबले टनेल बनाउने तयारीबारे सेनाले बैठकमा प्रस्ट पारेको छ । स्लो प्रोटेक्सन गर्दा ६४ करोड खर्च हुने तर ठेकेदार कम्पनीले सुरुङ बनाउँदा करिब १ अर्ब ७१ करोड रुपैयाँ लाग्ने जानकारी बैठकमा दिइयो ।
सेनाले डीपीआर परिमार्जन गरेर मन्त्रिपरिषद्मा पठाउने भएको छ । मौरीभीरको ठेक्का २०८१ मंसिरसम्म भएपनि सम्पूर्ण ट्रयाक सक्नुपर्ने मिति ८३ मंसिरसम्म भएकाले डीपीआर परिमार्जन हुँदा ८२ भित्रै ठेकेदार टनेल सक्ने जानकारी सेनाले दिएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...