×

NMB BANK
NIC ASIA

घटेनन् डेंगुका बिरामी, अझै दुई साता प्रकोप कायम रहने

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ८ कात्तिक– काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका विरामीको चाँप अझै घटेको छैन । अस्पतालमा बुधबार मात्रै १७ जना डेंगुका विरामी भर्ना भएका अस्पतालका निमित्त निर्देशक डाक्टर विमल शर्मा चालिसेले बताए ।

‘अस्पतालमा अहिले पनि डेंगुका विरामी घटेका छैनन् । धेरै विरामीहरु सर्लाही महोत्तरी बाट आएका छन् ।’ चालिसेले भने,‘डेंगुको प्रकोप भएका विभिन्न जिल्लाहरुबाट विरामी आउने क्रम अझै कम भएको छैन । ’

तराई तथा पहाडी जिल्लाहरुमा डेंगुको प्रकोप देखिएपछि सर्वसाधारण त्रसित भएर उपचारको लागि काठामाडौं नै आउने हुँदा टेकु अस्पतालमा विरामीको चाप नघटेको उनको भनाइ छ ।

‘जिल्ला अस्पतालहरुमा पनि बिरामीहरुको उपचार हुन्छ तर डेंगुको छुट्टैऔषधी उपचार नहुने र प्रकोपको रुपमा देखिएकाले बिरामीहरु आत्तिएर जिल्लाबाट काठमाडौं नै उपचारको लागि आउने गरेका छन् । अझै पनि डेंगुको संक्रमण रोकिएको छैन ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बैशाखदेखि असोज मसान्तसम्ममा १ सय २० जना डेंगुका विरामी भर्ना भइ उपचार गराइसकको अस्पतालको तत्थ्याङक छ ।

डेंगुको प्रकोप अझै दुई साता रहने

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि डेंगुको प्रकोप अझै दुई सातासम्म रहने जनाएको छ । यस वर्ष मनसुन ढिलो सकिएकाले डेंगुको प्रकोप कायमै रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । उनले भने,‘ मनसुन सकिनै लागेको छ । अबको दुई साता पछि मात्रै डेंगुको प्रकोप कम हुन्न सक्छ ।’

यस वर्ष डेंगु संक्रमित बिरामीहरु झापामा धेरै रहेको महाशाखाका निर्देशक डा. आचार्यको भनाइ छ । उनका अनुसार तराई र पहाड का १८ ओटा जिल्लामा डेंगुको संक्रमण देखिएको थियो ।

गत जनावरी महिनादेखि अक्टुबरसम्ममा झापा, महोत्तरी, सर्लाही र धादिङमा मात्रै डेंगुको प्रकोप फैलिएको भएपनि र अन्य जिल्लामा भने डेंगु प्रकोपको रुपमा नरहेको पनि उनले बताए ।

जनावरी देखि अक्टुवर सम्ममा झापामा ३ सय ४१ जना, महोत्तरीको बार्दिबासमा १ सय ८९ जना, सर्लाहीको लालबन्दिमा १ सय ८ जना र धादिङमा ५० जनामा डेंगु भेटिएको थियो ।

उनले थपे,‘ यी जिल्ला सहित १८ जिल्लामा ८ सय ४५ जनामा डेंगुको संक्रमण थियो । यो प्रकोप मात्रै हो महामारी होइन । समयमै यसको नियन्त्रण गरिएको छ । सबै विरामीहरुको विभिन्न अस्पतालमा उपचार भइसकेको छ । केही विरामीहरु उपचारत नै छन् ।’

यस वर्ष डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु नभएको उनको दाबी छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x