×

NMB BANK
NIC ASIA

रसुवाका उम्मेदवारको साझा नारा : गाउँगाउँमा मोटर बाटोदेखि रोजगारीसम्म

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
रसुवा, १९ कात्तिक- नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ । 

मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पक्षमा भोट माग्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवार घरघरमा पुगेर भोट माग्न थालेका छन् । 

जिल्लाका सबै भागमा अहिलेसम्म पनि सडक सञ्जाल नपुगेकाले उम्मेदवार पैदलै हिँडेर भोट माग्न बाध्य भएका हुन् । पछिल्लो समय फेसबुक, ट्वीटर, अनलाइनलगायतका सामाजिक सञ्जालबाट पनि मत माग्ने प्रचलन बढेर गएको छ तर जिल्लाका अधिकांश बासिन्दामा सामाजिक सञ्जालको पहुँच नभएका कारण घरमै पुगेर मत माग्नुपर्ने अवस्था आएको भोट माग्न घर–घर पुग्नुभएका स्थानीय नेता राजेन्द्र आचार्यले बताउनुभयो । 

जनतासँग भोट माग्न रसुवाका उम्मेदवारले पोष्टर, पम्प्लेट, माइक, पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग गर्दै आएका छन् । 

नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता इञ्जनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा हुनुहुन्छ । 

यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा (एमाले)का जनार्दन ढकाल, प्रदेश (क) मा नेकपा (एमाले)का कन्र्याल लामा तथा प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे चुनावी मैदानमा हुनुहुन्छ । यसैगरी केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

रसुवामा उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र पार्वतीकुण्ड गरी पाँच गाउँपालिका छन् । यही वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई, नेकपा (एमाले)ले दुई र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हाँसिल गरेको थियो । 

शनिबार लोकतान्त्रिक गठबन्धनले नौकुण्ड गाउँपालिकाको सर्सिऊँमा आमसभा गरेर आफ्नो पक्षमा भोट मागिरेहको थियो भने वाम गठबन्धनले गोसाइँकुण्ड गाउँपालिकाको धुञ्चेमा आमसभा गरेर मत मागिरहेको थियो । मत माग्ने क्रममा दुवै पक्षका उम्मेदवारले आफ्नो जित सुनिश्चित हुने दाबीसमेत गरेका थिए । 

वाम गठबन्धनका उम्मेदवार ढकाल नेकपा (एमाले) रसुवाबाट विसं २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित सांसदसमेत हुनुहुन्छ । “विसं २०७० को निर्वाचनमा संविधान निर्माणका लागि भोट मागेका थियौँ, अहिलेको निर्वाचनमा समग्र जिल्लाको विकासका लागि भोट मागेको छु”– उहाँले भन्नुभयो । 

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका इञ्जिनियर आचार्य काँग्रेसका युवा नेता हुनुुहुन्छ । उहाँ जिल्लामा भएका स्रोतसाधनको प्रयोग गरी जिल्लालाई नमूना बनाउने उद्देश्यका साथ उम्मेदवार बनेको बताउनुभयो । “म इञ्जिनियर हुँ, रसुवा जिल्लाको विकास कसरी गर्ने भन्ने कुरा मलाई राम्रोसँग थाहा छ”– उहाँले भन्नुभयो । 

यसैगरी दुवै उम्मेदवारले सडक सञ्जालले विदेश छोएको अन्तर्राष्ट्रिय नाका केरुङलाई व्यवस्थित बनाउने, सबै गाउँमा मोटरबाटो पु-याउने, रसुवावासीलाई रोजगारी दिने, जलविद्युत् उत्पादन गरेर रसुवाली जनतालाई शेयर दिलाउने लगायतका नारा मतदातासमक्ष दिएका छन् । रसुवाका २७ वडामा ३२ हजार ३२३ मतदाता छन् । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x