×

NMB BANK
NIC ASIA

स्कार्इ मार्शलमा भारतीय दाउ : अहिले वासमात्रै, पछि काठमाडौंमै अड्डा ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १३ माघ — नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूको बैठकको विषय अहिले चर्चामा छ । कारण हो — भारतले जेट एयरमा आउने एयर मार्शललाई काठमाडौंमा वास मागेको विषय । यस विषयलाई लिएर संसदमा स्वयं सत्तारूढ दल र विपक्षी दलका सांसदहरूले निरन्तर विरोध जनाइरहेका छन् ।

भारतले यस्तो प्रस्ताव गरेसँगै उसले गरेको गैरकानूनी कार्यको कर्तूत मात्रै खुलेन, सारा नेपालीको ध्यान अहिले त्यतै खिँचिएको छ । भारतले लामो समयदेखि एयर इन्डियाको जहाजमा स्कार्इ मार्शल (इन फ्लाइट सेक्युरिटी अफिसर) राख्दै आएको थियो । तर पर्यटन मन्त्रालय चाहिँ भारतले राख्ने एयर मार्शलको विषयमा बेखबर जस्तै थियो ।

भारतीय टोलीका प्रमुख अरुण कुमारले काठमाडौंका लागि उड्ने जहाजका एयर मार्शललाई काठमाडौंमा वास मागेका थिए । उनले रातिको समयमा जहाज काठमाडौंमै बस्नुपरेमा उनीहरूलाई समस्या भएको विषय बैठकमा उठाए ।

तर यो विषय दुई देशका अधिकारीहरूको वार्ताको एजेण्डा थिएन । हवाई ट्राफिक र नेपाले पाउने नयाँ एयर रुटको विषयमा सो वार्ता केन्द्रित थियो ।

यसैबीच पर्यटन मन्त्रालयले दुई देशका अधिकारीहरूका बीचमा भएको सम्झौतामा एयर मार्सललाई बास दिने गरेर कुनैपनि निर्णय नभएको बताएको छ । मन्त्रालयका उप सचिव हरिबहादुर खड्काले जारी गरेको विज्ञप्तीमा सो विषय भारतीय पक्षले अनपेक्षित रुपमा प्रवेश गराएको तर नेपाली पक्षले एयर मार्सलको विषयमा कुनैपनि धारणा नदिएको उल्लेख छ ।

मन्त्रालयले सो नियमावलीमा स्कार्इ मार्सलाई एयरपोर्ट छोडेर बाहिर आउन पाउने विषयमा उल्लेख नभएकोले यो विषयमा उच्च तहमा छलफल नभएसम्म एयर मार्सलले बास नपाउने जनाएको छ ।

एयर मार्शलको वास, अतिक्रमणको सिलसिला

भारतीय स्कार्इ मार्शललाई काठमाडौंमा वास दिइएमा त्यो वास अतिक्रमणको गम्भीर सिलसिला हुनसक्ने विश्लेषण अहिले नेपालमा गरिएको छ ।

सुरक्षाविद् गेजा शर्मा वाग्ले अन्य देशका स्कार्इ मार्शलहरूलाई वास दिनुभन्दा पनि नेपालको सुरक्षा प्रणाली र उड्डयन क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउँछन् ।

साथै, उनले एयर मार्शलको वास भारतीय अतिक्रमणको गम्भीर सिलसिला हुनसक्ने समेत बताए । ‘भारतले मात्रै होइन, भोलि अरू देशले एयर मार्शल राख्ने प्रस्ताव गर्न सक्छन्,’ उनले लोकान्तरसँग भने, ‘विदेशीले एयर मार्शल राख्दा नेपालको सुरक्षा र उड्डयन क्षेत्र कमजोर भएको सन्देश बाहिर जान्छ ।’

यो विषय नेपालको लज्जाको विषय हुने हुँदा विदेशी एयर मार्शललाई दिने होइन राख्नै दिन नहुने सुरक्षाविद् शर्मा बताउँछन् ।

अहिले गैरकानूनी तरिकाले एयर मार्शल राखेको भारतले अहिले वास मागेर भोलि अन्य सुविधा पनि माग्न सक्ने डर छ । ‘अहिले वास माग्यो, भोलि आवासीय सुविधा पनि माग्छ,’ उनले भने, ‘त्यसपछि एयर मार्शलको कार्यालय नै स्थापनाको प्रस्ताव हुन सक्छ ।’

त्यसैले भारतीय एयर मार्शललाई वास दिनेबित्तिकै नेपाल र भारतको कूटनीति समेत बिग्रने उनले बताए । ‘यस विषयमा भारतीय पक्षले पनि स्वमूल्यांकन गर्नुपर्छ,’ शर्माले भने, ‘आजको दिनमा नेपालमा भारतको भूमिकालाई राम्रो मानिएको छैन ।’

वाग्लेले विदेशी हतियारधारीलाई काठमाडौंमा वास दिनु भनेको नेपालको सम्प्रभुतामाथिको गम्भीर प्रहार समेत रहेको उनले बताए ।

ऐन नै बनाएर बाटो खुल्ला

पर्यटन मन्त्रालयले यही वर्ष जारी गरेको नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले विदेशी एयरलाइन्सले एयर मार्शल राख्न पाउने बाटो खोलिदिएको छ । धेरै पहिलेदेखि अनुमतिविना नै एयर मार्शल राखेको भारतलाई सूक्ष्म तरिकाले बाटो खोलिएको थियो ।

नियमावलीमा गृह मन्त्रालयको स्विकृति लिएमा हतियारधारी सुरक्षाकर्मी राख्न पाउने उल्लेख गरिएको छ । यसभन्दा अघि चाहिँ जहाज चढेर नेपाल आउन पाउने व्यवस्था थिएन ।

अहिले भारतमा भएको छलफलमा भारतीय एयर मार्शललाई काठमाडौंमा वास मागिएको हो । दुई देशबीच भएको सहमतिमा त्यो कुरालाई उल्लेख गरिएको छ । भारतले एयर मार्शललाई वास मागेको तर त्यो कूटनीतिक विषय भएको र त्यसमा कानून समेत बनेकोले कानून अनुसार गर्न नेपाली पक्षले सुझाएको थियो ।

‘अहिले स्कार्इ मार्शललाई वास दिइएको होइन’

नेपाली पक्षको नेतृत्व गरेर सो बैठकका लागि भारत गएका पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भारतीय पक्षले वास मागेको तर सो विषयमा आफूहरूले निर्णय गर्न नसक्ने जवाफ दिएर फर्किएको बताए ।

स्कार्इ मार्शल राख्न पाउने विषयमा नियम नै बनेकाले सोही अनुसार अगाडि बढ्न नेपाली पक्षले भारतीय पक्षलाई सुझाव दिएको थियो । ‘गृह मन्त्रालयको अनुमतिमा सेक्युरिटी अफिसर राख्न पाउने व्यवस्थासहितको कानून बनेको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘भारतीय पक्षले वासको प्रस्ताव गरेको हो, तर हामीले दिएका चाहिँ होइनौं ।’

आचार्यले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियम अनुसार एयर मार्शलले बास पाउने तर त्यसको लागि छुट्टै प्रक्रिया रहेको उनले बताए । ‘एयर मार्शलको वासको लागि चाहिँ आइकाओको छुट्टै प्रावधान रहेको छ,’ उनले भने, ‘अहिले वास दिइएको होइन ।’

तस्वीरः साैरभज्योती

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x