कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
महेन्द्रनगर, १३ चैत– कञ्चनपुरकाे बेदकोट नगरपालिका–५ धरमपुरकी भागरथी पन्तको बछेला खोला किनारमा चार कठ्ठा जमिन छ । बछेला खोलाको कुलो नभत्किएसम्म पाँच बोरासम्म अन्न उब्जनी हुन्थ्यो । अहिले कुलो भत्किएर एक बोरामा पुगेको छ । उब्जनी घटेर पन्त परिवार चिन्तामा परेको बेला दुई वर्ष अघि वस्तीमा झलेखोला लिफ्ट सिँचाई आयोजना पुग्यो । यो आयोजना पुगेपछि पन्त परिवार पहिलाका जस्तै उब्जनी हुने आशमा खुसी भयाे । अहिलेसम्म खेतमा सिँचाइ नपुगेपछि पन्त निराश भएकी छन् । उनी भन्छिन्, ‘कुलो भत्किएर उब्जनी घट्यो, चार पाँच बाेरा उब्जी हुने जमिनमा एकाध बाेरा मात्रै भयो, आयोजना आएपछि पूरानो हिसाबको आम्दानी होला भनेर खुसी भयौं, विवादसंगै त्यो खुसी पनि हराएर गयो ।’
जिल्ला विकास समितिको साना सिँचाई आयोजना कार्यक्रम अन्तर्गत एक करोड बजेटमा धरमपुरका शिर, मध्य र पुछारका ९१ घर परिवारका खेतबारीमा सिँचाई सुविधा पुगाउन निर्माण निर्माण कार्य शुरु गरियो । स्थानीय स्तरमा उपभोक्ता समिति गठन गरियो । सिँचाईको कुलो सहितका संरचना बनाउन निर्माण व्यवसायीलाई जिम्मा दिइयो । सिँचाई आयोजनाको निर्माण कार्य पनि शुरु गरियो । कुलोमा परेको जमिन खन्न थालिएपछि गत बैशाखमा स्थानीय विरोधमा उत्रिए । ठेकेदारले विरोध देखिएर काम बन्द गरेपछि स्थानीयबीच आरोप प्रत्यारोप चल्यो । पाँच महिनासम्म चलेको विवाद स्थानीय स्तरमा मिल्न नसक्ने अवस्थामा आएपछि राष्ट्रिय प्राकृतिक स्रोत द्वन्द्व नेपालसम्म पुग्यो ।
केन्द्रको सहजीकरणमा झण्डै वर्ष दिनपछि स्थानीयले आपशी सहमतिमा विवाद सुल्झाएका छन् । विवाद सहजीकरणका लागि गठन गरिएका माकुरा समूहले विवादलाई ९ बुँदे सहमतिमा पुगाएर समाधान गरेको छ ।
माकुरा समूहका सदस्य झलेखोला लिफ्ट सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष टिकादत्त पन्तले कुलो खन्दा स्थानीयबीच ढल निकास, पम्प सेट राख्ने स्थान र कुलोमा परेको जमिनलाई लिएर विवाद देखिएको बताए ।
‘कुलोको पानीले सिँचाई गरौला भनेर सोचेका थियौ, खन्दा टोला टोलमा विवाद आयो’ विगत सम्झदैं पन्तले भने,‘पटक पटक मिलाउने प्रयास पनि गर्यौं, केही सीप चलेन, त्यसपछि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण पुग्यौं, छलफल गरी आपशमा समाधान गरेका छौ, यसबाट सबै खुसी छौ ।’
गाउँमा मिलाउन नसकेर केन्द्रसम्म पुगेको विवाद फेरि गाउँमा छलफल गरी समाधान गरिएको सबै स्थानीय खुसी भएको अध्यक्ष पन्तले बताए । ‘टोल टोलमा विवाद थियो, मर्दापर्दा पनि समस्या आउने हाे कि भन्ने चिन्ता थियो,’ उनले भने,‘यता नमिलेर उता गएका थियौ, गाउँमा सबै मिलेर मिलाएका छौ, अब त्यसै अनुसार कुलो बनाउनेछौ ।’
स्थानीयले सहमतिलाई बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सार्वजनिक गरे । सबै स्थानीयले ताली बजाएर सहमतिमा समर्थन जनाए ।
स्थानीयबीच सिँचाई आयोजनाको कुलो नक्साङ्कन अनुसार निर्माण गरिनु पर्ने, आकाशे पानीको भर भएका स्थानीयलाई पहिलो प्राथमिकता दिनु पर्ने, कुलोको इष्टमेटमा भल्भ नराखिएका स्थानमा थप भल्भ राख्ने, कुलो खन्दा मासिएको क्षतिपूर्ति ठेकेदारबाट अशुल गर्ने, कुलो निर्माणमा जनश्रमदान गर्ने मानिसको खेतसम्म पानी पुगाइने, पानी बाँडफाँटका लागि सबै टोलको प्रतिनिधित्व हुने गरी समावेशी समिति गठन हुनु पर्ने, सिँचाई आयोजनाको भवन र टंकी निर्माण गरिएको जग्गाको क्षतिपूर्ति दिनु पर्ने र तारजाली तटबन्ध निर्माणका लागि उपभोक्ता समितिले पहल गर्ने सहमति भएको छ । शान्ति टोलका एक दर्जन घर आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । कुलो निर्माणमा अवरोधले यो टोलका वासिन्दा सबैभन्दा बढी चिन्तामा परेका थिए ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति धर्मानन्द पन्तले द्वन्द्वरत सबै पक्षलाई समेटेर गठन गरिएको माकुरा समूहको पहलमा विवाद समाधान गरिएको बताए । ‘माकुरा समूह गठनपछि सबै पक्षबीच पटक पटक पटक बैठक, छलफलपछि समाधान भएको छ’ उनले भने,‘विवादका पक्ष आफैंले समाधान खोज्दा यहाँ हार न जितको भाव कसैमा पनि देखिएका छैन, सबैले जितको अनुभूति गरेका छन् ।’
सिँचाई आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पनि इष्टमेट बाहिर गएर कुलो खनेपछि स्थानीयलाई थप आक्रोशित बनाएको थियो । स्थानीयबीच बोरिङ्ग बनाउन असहयोग गरेको भनेर आपशमा विवाद उब्जिएको थियो ।
२०३८ सालदेखि बसेका तीन टोलका स्थानीय सबै मिलेर यस अघि गाउँमा सडक बनाएका थिए । सडक बनाउँदा एक भएका उनीहरु कुलोलाई लिएर एक आपशमा बाँडिएका थिए । स्थानीय जमुना खत्रीले गहुँ पाक्ने बेलामा कुलो खनेकाले स्थानीय विरोधमा उत्रिएको बताइन् । ‘पहिला रोड खनियो, कुलो नआउने भनेर गहुँ लगाएका थियौ, कुलो आएर गहुँ मासियो’ उनले भनिन्,‘बिचमा विवाद आयो, त्यसले कसैलाई फाईदा भएन, अब सहमति भएर खेतमा पानी आउने भएपछि खुसी छौ ।’
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...