×

NMB BANK
NIC ASIA

प्याकेटको जुस पिउनुहुन्छ ? स्वास्थ्यलाई हुन सक्छ हानी

पुस १५, २०७८

NTC
Premier Steels

गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् ।

प्याकेटको जुस पनि भरमार बिक्छ गर्मीमा । यस यस्तो प्याक्ड जुसले स्वास्थ्यलाई फाइदा गर्दैन । 

विशेषज्ञहरूका अनुसार प्याकेटको जुस धेर गुलियो हुनाले बच्चाहरूको शरीरमा चिनीको मात्रा बढाइदिन्छ । यसले गर्दा मोटोपना हुन्छ । यसको साटो फलफूलको ताजा जुस, दही र लस्सी खानु ठीक हुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न तथा एसिडिटीबाट राहत पाउन लस्सी राम्रो हुन्छ । 

प्याकेटको जुसमा पोषक तत्त्व हुँदैन । यस्तो जुस बनाउनुअघि फलहरूको रसलाई उमालिन्छ किनकि ब्याक्टेरियालाई नष्ट गर्नुपर्ने हुन्छ । यसरी उमाल्दा भिटामिन लगायतका पौष्टिक तत्त्व पनि नष्ट हुन्छन् । अनि शरीरले फाइबर पाउँदैन । जुसको साटो सिधै फल खानुभयो भने पोषक तत्त्व पनि पाइन्छ, फाइबर पनि । 

अनि प्याकेटको जुसले मोटोपना बढाउँछ । यसमा प्रशोधित चिनी प्रयोग गरिने हुनाले मधुमेहका रोगी त पिउनै हुँदैन । सुगर फ्री भनेर प्रचार गरेको जुस पनि मधुमेहको रोगीले नपिएकै बेस ।
जुसमा कृत्रिम रंग प्रयोग गरिएकाले हानि गर्न सक्छ । 

यस्ता जुसमा सर्बिटल जस्तो चिनी राखिएको हुन्छ जुन सजिलै पच्दैन । सर्बिटल भनेको कार्बनसहितको अल्कोहल हो र मिठास ल्याउनका लागि यसको प्रयोग हुन्छ । कृत्रिम मिठास आजकल धेरै कुरामा प्रयोग हुन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x