×

NMB BANK
NIC ASIA

असुरक्षित बन्दै विराटनगर, युवकमाथि छुरा प्रहार गरी लुटपाट

बैशाख १०, २०७५

NTC
Premier Steels

विराटनगर, १० वैशाख– पछिल्ला दिनमा विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाए पनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम आक्रमण तथा गोली प्रहार सम्मका घटना भइरहेका छन् । 

Muktinath Bank

तर, यसलाई नियन्त्रण गर्ने संयन्त्र भने फितलो बन्दै गएको छ । मोरङको विराटनगर–११ मा गएराति एक युवकमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ । विराटनगर–११ स्थित सगरमाथा वोर्डिङ स्कुल नजिकै डेरा गरी बस्ने सप्तरी महुली–६ घर भएका १७ वर्षीय आशिष चौधरीमाथि अपरिचित ४/५ जनाको समूहले चक्कु प्रहार गरी नगद १८ हजार रुपैयाँ तथा मोबाइल लुटेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राती १० बजे डेरातर्फ जाँदै गरेका चौधरीलाई उक्त समूहले रोकेर चक्कु हानी लुटपाट गरी फरार भएको घाइते चौधरीले प्रहरीलाई बताए । चौधरीको बाँया कुममा चक्कुले काटेको छ । 


Advertisment
Nabil box
Kumari

उनलाई उपचारका लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । लुटपाटमा संलग्न समूहको प्रहरीबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Vianet communication

यसैगरी सुनसरीको इटहरी ५ स्थित भित्री सडकमा गएराति स्थानीय २३ वर्षीय नगेन्द्र यादवलाई बाटोमा मदिरा सेवन गरेका तीन जनाको समूहले छुरा प्रहार गरी फरार भएका छन् । यादवको ढाडमा र बाँया पातामा छुरा लागेको छ ।

उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ । घटना बारेमा प्रहरीबाट अनुसन्धान एवं छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x