×

NMB BANK
NIC ASIA

काठमाडौँ, जेठ २९ -मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएसँगै मधेसकै अर्को दल राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) पनि सरकारमा जान सक्ने चर्चा शुरु भएको छ ।

Muktinath Bank

स्वयम् राजपाकै कतिपय नेताले आफूहरू सरकारमा सहभागी हुनसक्ने सम्भावना रहेको बताउने गरेका छन् । तर केही नेता भने यस्तो सम्भावनालाई सिधै नकार्छन् । त्यसमध्येका एक हुन् राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झा आफ्नो पार्टी सरकारमा जान आतुर नभएको बताउँछन् । सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र कुनै छलफल नै नभएको भन्दै उनले त्यस आसयका साथ फैलिएका समाचारप्रति आपत्ति समेत जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

लोकान्तरसँगको छोटो कुराकानीमा झाले कैलालीबाट भारी मतले विजयी भएका रेशम चौधरीलाई नि:शर्त शपथ ग्रहण गराउनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

'आरोप प्रमाणित हुनुअघि नै अपराधीसरह व्यवहार गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्नु हो,' झाले भने, 'रेशमसँगै थुनिएका ३० जना अन्य पार्टी सदस्यलाई पनि विना शर्त रिहा गर्नुपर्छ ।'

हतार-हतार गरेर सरकारमा गइहाल्नु आफ्नो प्राथमिकतामा नरहेको र सरकारमा गएकै कारण फोरमसँग दूरी नबढ्ने कुरमा आफू विश्वस्त रहेको झाको प्रतिक्रिया छ । 

केपी ओली नेतृत्वको सरकार दुईतिहाइ मतसहितको शक्तिशाली सरकार भएकाले राजपा सरकारमा जानु र नजानुमा कुनै अन्तर नरहेको उनले बताए ।

तर मधेस आन्दोलनका माग पूरा गराउन आफूहरू सरकारसँग निरन्तर वार्तामा भने रहेको उनको भनाइ छ ।

झाले यसो भनिरहे पनि केही अध्यक्ष मण्डलकै केही नेताहरू भने सरकारमा जानुपर्ने पक्षमा रहेको बताइन्छ । सत्ताका कारण विगतमा पटक-पटक टुटफुट झेलेका ६ दल मिलेर चुनावअघि राजपा गठन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x