×

NMB BANK
NIC ASIA

भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी तेब्बरले बढाउने लक्ष्य

असार ७, २०७५

NTC
Premier Steels

महेन्द्रनगर, ७ असार– कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले आगामी वर्ष चालु आर्थिक वर्षकोभन्दा तेब्बर आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । भीनपाको तेस्रो नगर सभाबाट आर्थिक वर्ष २०७५/०७६ का लागि १२ करोड २७ लाख अनुमानित बजेट पारित गरिएको हो । 

Muktinath Bank

चालु आर्थिक वर्षका लागि गत वर्ष ४ करोड ६७ लाख बजेट पारित गरिएको थियो । चालु आवको जेठसम्म ४ करोड ६६ लाख राजश्व संकलन गरिएको छ । यस वर्ष पनि सबैभन्दा बढी एकीकृत सम्पत्ति करबाट आम्दानी गरिएको छ । हालसम्म यसबाट ७१ लाख ९० हजार आम्दानी गरिएको छ । एकीकृत सम्पत्ति करपछि घर नक्सा पासबाट ३७ लाख आम्दानी गरिएको छ । व्यवसाय कर, सिफारिश दस्तुर लगायतका शीर्षकबाट चालु आर्थिक वर्षमा आम्दानी 
गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ संविधानमा स्थानीय सरकारलाई कर संकलनका लागि केही थप क्षेत्र तोकिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७६४ मा स्थानीय तहले कानुन बनाएर तोकिएको क्षेत्रमा कर लगाउने अधिकार प्रदान गरिएको छ ।
संविधान अनुसार कर संकलनका क्षेत्र थपिएपछि आन्तरिक आम्दानीको बढ्ने अनुमान गरिएको हो ।


Advertisment
Nabil box
Kumari

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकारले संविधान अनुसार राजश्व संकलनका लागि पाएका अधिकार, करका दायरा र क्षेत्र विस्तारबाट आन्तरिक आम्दानी गरिने बताए ।  ‘कर संकलनका दायरा र क्षेत्र विस्तार गरी आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएका छौ’ नगर प्रमुख विष्टले भने,‘यसका लागि स्थानीय सरकारको कर प्रशासनलाई चुस्त दुरुस्त बनाउँछौ ।’

Vianet communication

तेस्रो नगर सभाबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब १० करोड बजेट पारित गरिएको छ । यसमा ११ प्रतिशत बजेट आन्तरिक आम्दानीबाट पूर्ति गरिनेछ । भीनपाले आगामी वर्षका लागि ५६ करोडको बजेट सिलिङ्ग पाएको थियो । नगर सभाबाट त्यसको दोब्बर बजेट पारित गरिएको हो । 

आगामी वर्षका लागि वित्तिय सामानीकरणबाट २५ करोड, सशर्त अनुदान ३१ करोड, राजश्व बाँडफाँट १४ करोड ३३ लाख, सामाजिक सुरक्षा १८ करोड, नगर विकास ऋणबाट २ करोड, लागत सहभागिता १ करोड, क्षेत्रीय सहरी विकास आयोजना ४ करोड ३५ लाख, सडक बोर्ड नेपालबाट ७२ लाख र सीमा क्षेत्र विकास कार्यक्रमबाट ४५ लाख आम्दानी हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष १ अर्ब ६४ लाख बजेट पारित गरिएको थियो । त्यस अघि २३ करोड बजेट पुगेका थियो । 

भीमदत्त नगरपालिका राजश्व नीति तथा प्रशासन उप शाखाका प्रमुख नर बहादुर शाहले चालु आर्थिक वर्षको आम्दानीको अवस्थालाई मध्यनजर गरी आगामी वर्षको लागि अनुमानन गरिएको बताए । ‘जेठसम्म लगभग अनुमानित आम्दानी संकलन गरिएको छ, असारसम्म लक्ष्य अनुसार पूरै संकलन हुन्छ’ उनले भने ।

करका दायरा र क्षेत्र दुबै विस्तार भएकाले आगामी वर्षको आन्तरिक आम्दानी स्वतः बढ्ने उनले बताए । चालु आर्थिक वर्षमा राजश्वका सम्भाव्यता पहिचानका लागि जनप्रतिनिधि, उद्यमी व्यवसायी, नागरिक समाज, बैक तथा वित्तिय संस्था, सहकारी लगायतका सरोकारवाला क्षेत्रसित कार्यक्रम गरिएका छन् । 

नगर क्षेत्रमा करको दायरा बढाउन चालु आर्थिक वर्षमा वडाहरुमा घुम्ती शिविर आयोजना गरिएका छन् । अहिलेसम्म भीनपाका ४, १८, ६, ५, ३ नम्बर वडाबाट राजश्व संकलन हुने गरेको छ । आगामी वर्ष सबै वडाबाट राजश्व संकलन गरी आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x