मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडौं १२ असार– काठमाडौंमा रेल आउँछ आउँदैन, कुनै निश्चित छैन् । तर अहिले गाउँ टोलदेखि चियापसल र सार्वजनिक यातायातमा सर्बसाधारणको कुरा काट्ने मेलो बनेको छ, भारतीय र चिनियाँ रेल कुन पहिले आउला ? आम बहसलाई एक कदम उछिनेर काठमाडौंको चक्रपथ बारिहको काठ क्षेत्रमा त अब रेल्वे स्टेसन कहाँ बन्छ भन्ने चर्चा शुरु हुन थालेको छ ।
पूर्वाधार विकासप्रति सबभन्दा बढी चनाखो छन्, काठमाडौंका जग्गा दलाल । जग्गा ददालहरु यति बाठा कि, काठमाडौं निजगढ फाष्ट ट्र्याक बन्ने चर्चासंगै उनीहरुले ठाउँ ठाउँमा जग्गाको मूल्य उचाले ।
तर फाष्ट ट्र्याकको दायाँबायाँ बार लगाइन्छ र अरु राजमार्गमा जस्तो होटल व्यबसाय चलाउन मिल्दैन भन्ने थाहा पाएपछि मात्र जग्गा दलालहरु सेलाए । काठमाडौंमा रेल आउने कुराले फेरि एकपटक जग्गा दलालहरु चनाखो भएका छन् । रेल ल्याउने कुरा हल्का पछि छैन, दुई देशका प्रधानमन्त्रीले बारंबार प्रतिबद्धता गरेको कुरा हो ।
उच्चस्तरिय तहमा भएको छलफलका कारण रेलप्रति आम नेपालीलाई चासो बढ्नु स्वभाविक भयो । अव्यवस्थित बसोबासका कारण काठमाडौं उपत्यकामा अब खाली जग्गा भेटन मुस्किल भइसकेको छ । भएका सार्वजनिक स्थानसम्म पुग्नका लागि पनि बाटो छैन ।
काठमाडौं–तराई द्रुतमार्गको प्रस्थान विन्दु खोकनालाई बनाउने बिषयलाई लिएर विरोध भयो । मुआव्जा लगायतको विरोधका कारण खोकानाबाट फर्सिडोलमा प्रस्ताव बिन्दु लैजानेबारे छलफल शुरु भएको छ । यस्तो बेला रेलको स्टेसनका लागि उपयुक्त स्थान कहाँ हुनसक्ला ? रेलका लागि बसपार्क जस्तो सानो स्थानले पुग्दैन ।
काठमाडौँमा रेलवे स्टेसन, आगमन र प्रस्थानको लागि सम्भाव्य र उपयुक्त स्थान कहाँ हुने हो भन्ने विषयमा भने छलफल प्राय शून्य जस्तो देखिन्छ । कतिपय पूर्वाधारविज्ञ यो विषयमा जानकार छैनन् । रेल विभाग पनि प्रष्ट देखिँदैन ।
पूर्वमन्त्री इन्जिनियर गणेश शाहले लोकान्तरसँग छोटो कुराकानी गर्दै रिङरोड भन्दा बाहिर कुनै उपयुक्त ठाउँ खोज्नुपर्ने बताए । जसरी गोंगबुमा बसपार्क बनाइएको थियो, त्यसै गरेर कम मूल्यमा जग्गा अधिग्रहण गर्न मिल्ने ठाउँमा रेल स्टेसन बनाउनुपर्ने शाहको तर्क छ ।
नागार्जुन नगरपालिकाकाे क्षेत्रभित्र रहेको रिङरोडबाट रेलको आगमन सस्तो पर्ने शाहको भनाइ छ । त्यहाँ फ्लाई ओभर बनाएर रेल चलाउँदा बसको आवागमनमा कुनै असर नपर्ने शाहको तर्क छ । उनको भनाइमा किर्तिपुर क्षेत्र अर्को सम्भाव्य रेल स्टेसन हुन सक्छ तर त्यो भूबनोट अलि महँगो पर्न जान्छ ।
काठमाडौँ उपत्याका भित्र दशकौंदेखि विकास निर्माणका कामहरू चलिरहेका छन्, तर दूरदर्शी नेतृत्व नभएको कारणले आज निर्माण गरेको पूर्वाधार भोलि भत्काउनु पर्ने व्यवधान खडा हुने गरेको छ । सडक बिस्तार गरिसकेपछि त्यसमा ढल जोड्नुपर्ने कारण देखाएर फेरी भत्काइने गरेको छ । कलङ्कीमा आम सर्वसाधारणले बाटो काट्ने पुल बनेको केही वर्षमा भत्काइएको थियो र अहिले ‘अन्डरपास’ बन्ने क्रम जारी छ ।
सडक बिस्तार, मेलम्ची खानेपानी आयोजना जस्ता कार्यक्रमहरूले काठमाडौँबासी धूलो र धुँवामा बस्न बाध्य छन् । अझ रेल, मोनोरेल जस्ता आयोजनाका विषय अघि बढ्दै छन् । इन्जिनियर गणेश शाह भन्छन्, 'काठमाडौँमा अबको २० वर्षमा मात्र रेल आउने परिकल्पना गर्न सकिन्छ । त्यो भन्दा अगाडि आर्थिक लगानी र अन्य विविध कारणले रेल आउन सक्ने सम्भावना छैन ।'
चीनबाट नेपालमा रेल ल्याउन आर्थिक रूपमा कुनै पनि हालतमा सम्भव छैन । तर चीनले आफ्नो ‘रणनीतिक’ स्वार्थको लागि सहयोग गर्ने सम्भावना चाँही छ । त्यो सहयोग नेपाल हुँदै भारतको उत्तर प्रदेशमा व्यापार गर्ने चिनियाँ उद्देश्यले प्रेरित हुनेछ ।
तर जसरी सन् २०२० सम्ममा सिगात्सेबाट केरुङ आइपुग्ने रेल उत्तिखेरै काठमाडौँसम्म आइपुग्छ भन्ने हल्ला पिटिएको छ, त्यो कुनै पनि हालतमा सम्भव छैन । रेलको बाटो र स्टेसन फलानो ठाउँमा बन्दैछ भनेर जग्गा दलालहरूले रुपैयाँको खेती गर्न सक्ने सम्भावना देखिन्छ ।
प्रधानमन्त्री ओली चीन भ्रमण जानुभन्दा अघि नै चिनियाँ प्राविधिक टोलीले ‘केरुङ-काठमाडौँ’ रेल सम्भाव्यताको अध्ययन गरिसकेको थियो । काठमाडौँबाट नुवाकोटको त्रिशुली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन्, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सभाव्यताको बारेमा प्रतिवेदन निर्माण गरेर नेपाल सरकारलाई बुझाउने चिनियाँ प्राविधिक टोलीको तयारी छ ।
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआरका लागि आवश्यक खर्च चिनियाँ पक्षले नै बेहोरेको छ । चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । अहिले ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन अवस्थामा छ । सिगात्सेसम्म रेल ल्याएपछि त्यसलाई केरुङसम्म विस्तार गर्न त्यति कठिनाइ हुने छैन । सन् २०२० मा केरुङमा रेल आउने पक्कापक्की भैसकेको अवस्था छ ।
चीनबाट फर्के लगत्तै प्रधानमन्त्री केपी ओलीले नेपालमा रेल ल्याउन चिनियाँ राष्ट्रपति पनि तयार रहेको जानकारी दिएका थिए । ओलीका अनुसार ‘नेपालमा रेल ल्याउने विषय माओत्से तुङकै पालामा चर्चा चलेको थियो ।’
माओकै पालामा आउने भनिएको रेल के कारणले आएन ? के माओको पालामा देखिएको रेलको सपना सी जिनफिङले पूरा गर्लान ?
तर हालसम्म रेलमार्गमा हुने लगानीको मोडेल र अन्य प्राविधिक पक्षको बारेमा कुनै समझदारी भएको जस्तो देखिएको छैन । चीनको सहयोगमा आउने भनेको रेल, यात्री ओसार्न भन्दा पनि व्यापारका लागि सामान ओसार्ने रूपमा आउने विषय भने प्रष्ट छ ।
नेपालमा पूर्वपश्चिम रेलमार्गको बहस बहुदल आएपछि उठ्न थालेकाे थियो । २८ वर्षसम्म बहस चलिरह्यो । अहिले फाट्ट फुट्ट काम भएको जस्तो देखिएको छ, तर जग्गा अधिग्रहणमा धेरै समय र लगानी नष्ट भैरहेको छ । जग्गा दलालहरू बाठा भएर जहाँ जहाँबाट रेल्वे ट्रयाक बन्दै छ, त्यही त्यही प्लटिङ गरेर जग्गाको मूल्य बढाइरहेका छन् ।
काठमाडौँमा जहाँ रेल्वे स्टेसन बन्ने भए पनि जग्गा अधिग्रहणको काम सबभन्दा कठीन हुने देखिन्छ । रिङरोड बाट ५ किलोमिटर बाहिर अहिले पनि २० लाख प्रति आनामा जग्गा किनबेच हुने गरेको अवस्थामा कसले सरकारलाई रेल्वे स्टेसन बनाउनको लागि आफ्नो जग्गा खाली गर्देला ?
यद्दपि नयाँ बहसको शुरुवात भने भएको छ । काठमाडौँको प्रदुषण कम गर्नुपर्ने जिम्मेवारीका साथै पूर्वाधार निर्माणको जिम्मेवारी पूरा गर्नुछ । बरू रेल केही वर्ष ढिलो आओस्, त्यसका लागि पर्याप्त तयारी हुनै पर्छ । पूर्वाधारको निर्माणले पार्ने वातावरणीय प्रभावलाई नजरअन्दाज गरिनु हुँदैन ।
साथसाथै जनताले आफ्नो थाप्लोमा भारी ऋण बोक्ने तर पूर्वाधार निर्माणले कुनै फाइदा नपुर्याउने परिस्थितिलाई निम्तो दिएर कुनै पनि निर्माणका काम गरिनु हुँदैन ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...