×

NMB BANK
NIC ASIA

बेल्जियमको सुनौलो पुस्ताले ब्राजिललाई पन्छाउला ?

असार २१, २०७५

NTC
Premier Steels

काठमाडौं, २१ असार – सुनौलो पुस्ता भनिनु आशीर्वाद पनि हो, सराप पनि हो । यसले खेलाडीहरूमाथि अपेक्षाको बोझ पार्छ र उनीहरूका लागि प्रमुख प्रतियोगिता जित्न मुश्किल बनाउँछ । 

बेल्जियमका खेलाडीहरूलाई सुनौलो पुस्ता मानिएको छ । बेल्जियम यसअघि सन् १९८६ को सेमिफाइनलमा पुगेको थियो तर त्यतिखेर उससँग अहिलेका जति प्रतिभाशाली खेलाडी थिएनन् । अहिलेको बेल्जियम टोलीमा स्टार फूटबलरहरू छन् र उनीहरूले जस्तो खेल पनि आफ्नो पक्षमा पार्ने हिम्मत देखाएका छन् । 

अन्तिम १६ मा जापानविरुद्धको खेलमा मारूएन फेलाइनी र नासेर चाड्लीले प्रतिस्थापन खेलाडीका रूपमा आएर गोल गरेका थिए । विश्वकपको नकआउट चरणमा दुई सब्स्टिच्युटले आएर गोल गरेको यो पहिलो अवसर हो । 

मूसा देम्बेले वा इंग्ल्यान्डविरुद्ध गोल गर्ने अदनान जानुजाजले त बेन्चबाट मैदानमा आउने अवसर नै पाएनन् । 

यसबाट बेलिज्यमको टीममा प्रतिभाशाली खेलाडीको कमी छैन भन्ने देखिन्छ अनि प्रशिक्षक रोबर्टो मार्टिनेजले चाहिएको बेलामा थिबाउ कोर्तुआ, केभिन डी ब्रूयन, रोमेलु लुकाकु, इडेन हजार्ड र भिन्सेन्ट कोम्पनी जस्ता खेलाडीलाई चाहिएको
बेलामा खेलाउन सक्छन् । 

बेल्जियम जापानविरुद्धको खेलमा दुई गोलले पछि परेको भएपनि अन्तिम समयमा गरेको गोलसँगै विजयी भएको थियो । कप्तान भिन्सेन्ट कोम्पनीले जापानविरुद्धको विजय आफ्नो देशको फूटबल इतिहासकै महत्त्वपूर्ण क्षण भएको मान्छन् । 

‘बेल्जियम पहिलेपहिले त ब्राजिलजस्तो टोलीसँग खेल्नुपर्दा पहिल्यै हारेको अनुभव गर्थ्यो तर हामीसँग भएका प्रतिभाशाली खेलाडीका कारण अब हामी ब्राजिललाई हराउनेमा शतप्रतिशत ढुक्क छौं,’ उनले भने ।

‘ब्राजिलसवरुद्धको खेलले हाम्रो पुस्तालाई परिभाषित गर्नेछ तर त्यसभन्दा माथि जाने लक्ष्य हामीहरूले लिनुपर्छ । यो हाम्रा लागि मात्र नभई ब्राजिलका लागि पनि महत्त्वपूर्ण खेल हो,’ मिडफील्डर कोम्पनी भन्छन् । 

धेरै मानिसले यो नेयमारको विश्वकप हो भन्ने गरेका छन् तर बेल्जियमले ब्राजिलविरुद्ध आफ्नो उत्कृष्ट खेल देखाएमा यो लुकाकु, हजार्ड र डी ब्र्रूएनको विश्वकप हुनसक्छ । ब्राजिलको कुरा गर्दा नेयमारको चर्चा हुने गर्छ तर बेल्जियमको कुरा
गर्दा पूरै टोलीको चर्चा हुन्छ ।

सिन्ह्वामा प्रकाशित पल गिब्लिनको विश्लेषण
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x