×

NMB BANK
NIC ASIA

विश्वकप क्वार्टरफाइनल

ब्राजिलविरुद्ध बेल्जियम : 'मिनी फाइनल'मा कसले मार्ला बाजी ?

असार २२, २०७५

NTC
Premier Steels

काठमाडौं, २२ असार – रुसमा जारी फिफाविश्वकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा शुक्रबार उपाधिका प्रबल दाबेदारद्वय ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन् ।

Muktinath Bank

खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ । यो खेललाई 'मिनी फाइनल'का रूपमा समेत हेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राजिल मेक्सिको र बेल्जियम जापानलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन् । जारी प्रतियोगितामा दुबै टोली अपराजित छन् । बेल्जियमले सबै खेल जित्दा ब्राजिलले १ खेलमा बराबरीमा चित्त बुझाएको छ ।


Advertisment
Nabil box
Kumari

बेल्जियम आफ्नो फूटबल इतिहासकै सबैभन्दा उत्कृष्ट लयमा देखिएको छ । दुवै टोली निकै सन्तुलित पनि छन् ।

Vianet communication

इतिहास ब्राजिलको पक्षमा

यी दुई टीम हालसम्म ४ पटक आमनेसामने भएका छन् । त्यसमध्ये ३ पटक ब्राजिलले बाजी मार्दा १ खेल बेल्जियमले जितेको छ ।

सन् १९६३ मा भएको शुरुवाती भिडन्तमा बेल्जियमले ५-१ ले ब्राजिललाई निराश बनाएको थियो । त्यसको २ वर्षपछि ब्राजिलले ५-० को नतिजा निकाल्दै बदला लियो ।

त्यसपछि १९९८ र २००२ मा भएका दुवै खेल ब्राजिलले २-१ र २-० ले जितेको छ ।

अन्तिम पटक सन् २००२ को विश्वकपमा भेटिएका यी दुई टोलीले एकअर्कासँग १६ वर्षपछि खेल्दैछन् ।

हेर्नलायक खेलाडी

नेयमार, ब्राजिल

नेयमार जुनियर ब्राजिली टीमका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । अघिल्लो पटक नै यी स्टारले विश्वकप जिताउने आशा ब्राजिली समर्थकको थियो । तर नेयमार घाइते भएपछिको खेलमा जर्मनीसँग लज्जास्पद् हार बेहोर्दै ब्राजिलको विश्वकप सपना तुहियो ।

रुस विश्वकपको शुरुवाती खेलमा अपेक्षित प्रदर्शन नगरे पनि त्यसयता नेयमार लयमा देखिएका छन् । अन्तिम खेलमा मेक्सिकोलाई हराउने क्रममा नेयमारले एक गोल गरेका थिए भए अर्को गोलमा पास मिलाएका थिए ।

रुस पुगेयता ब्राजिलले पहिलो पटक आफू बराबरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । यति महत्त्वपूर्ण खेलमा नेयमारको प्रदर्शनले नतिजामा धेरै हदसम्म प्रभाव पार्नसक्ने देखिन्छ ।

रोमेलु लुकाकु, बेल्जियम

बेल्जियमको टोलीका लागि रोमेलु लुकाकुको प्रदर्शन निकै ठूलो महत्त्वपूर्ण छ । 

टोलीमा इडेन हजार्ड, केभिन डी ब्रुयनेजस्ता उत्कृष्ट खेलाडी छन् । उनीहरूले मिलाएको पासलाई गोलको दिशा दिन लुकाकुको आवश्यकता छ ।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फूटबल खेल्ने लुकाकु डी बक्समा निकै प्रभावकारी मानिन्छन् । शारिरिक रूपमा पनि बलिया लुकाकुसँग बललाई जाली चुमाउने क्षमता अब्बल छ ।

जारी प्रतियोगितामा ४ गोल गरेका लुकाकु गोल्डेन बूटको रेसमा पनि छन् ।

डिफेन्स vs एट्याक

टिटेले जिम्मेवारी सम्हालेयता ब्राजिलियन टीम डिफेन्समा निकै बलियो देखिएको छ ।

जारी विश्वकपमा पनि उसले एक गोलमात्र खाएको छ । पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको ब्राजिलले त्यसयता गोल खाएको छैन ।

अर्कातर्फ रोबर्टो मार्टिनेजको बेल्जियन टोली एट्याकमा निकै अब्बल छ । विश्वकप छनोटका १० खेलमा ४३ गोल गरेको बेल्जियमले जारी विश्वकपका ४ खेलमा १२ गोल गरिसकेको छ ।

अझै महत्त्वपूर्ण त राउण्ड अफ सिक्स्टिनअन्तर्गतको खेलमा जापानविरुद्ध दोस्रो हाफमा २-० ले पछि परेको टोलीले निर्धारित समयमै ३ गोल गर्दै खेल जितेको थियो ।

पछाडि परेको अवस्थाबाट कमब्याक गर्दै दर्ता गरेको यो जीतले बेल्जियमको मनोविज्ञान निकै उच्च बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x