×

NMB BANK
NIC ASIA

फ्रान्स र उरुग्वे : फर्ममा रहेका दुई टोलीको भिडन्त

असार २२, २०७५

NTC
Premier Steels

काठमाडौं, २२ असार – फ्रान्स र उरुग्वेले शुक्रवार फूटबल विश्वकपको पहिलो क्वार्टरफाइनलमा भिडन्त गर्दैछन् । निझ्नी नोभ्गोरोदमा नेपाली समयअनुसार साँझ पौने ८ बजे यो खेल हुन गइरहेको छ । 

Muktinath Bank

ले ब्लेउज भनी चिनिने फ्रान्सले अन्तिम १६ को खेलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई ४–३ गोलको अन्तरले हराएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता उरुग्वे भने क्रिस्टिायानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ ले हराउँदै अन्तिम ८ मा पुगेको हो । 


Advertisment
Nabil box
Kumari

उरुग्वेका लागि पोर्चुगलविरुद्ध गोल गरेका एडिनसन कवानी खेल्ने निश्चित छैन । उक्त खेलमा उनको ह्यामस्ट्रिङमा समस्या आएको थियो । उनलाई स्टार्टिङ लाइनअपमा नखेलाएर क्रिस्थियन स्टुआनीलाई ल्याइने सम्भावना छ । 

Vianet communication

उरुग्वेका अर्का स्टार खेलाडी लुइस सुआरेज भने उपलब्ध हुने देखिन्छ । 

अनि डीएगो गोडिन र जोसे जिमेनेजका रूपमा उरुग्वेसँग बलियो डिफेन्स छ । उनीहरू कति बलिया छन् भन्ने त यस विश्वकपको प्रदर्शनबाटै थाहा हुन्छ । अहिलेसम्म खेलेका खेलमा उरुग्वेले जम्मा एक गोल खाएको छ ।

उरुग्वेका डिफेन्डरहरू काउन्टरअट्याकलाई निरस्त पार्दै बललाई सुआरेज जस्ता फर्वार्डका गोडामा पु–याउन सक्षम छन् । 

उता डिडिएर डीशँप्सको प्रशिक्षणमा रहेको फ्रान्सले किलियन एम्बाप्पे, आत्वाँ ग्रीजम्यान र ओलिभियर जीरू तीनैलाई फर्वार्ड पोजिसनमा खेलाउने सम्भावना छ । उरुग्वेका सेन्टरब्याकहरूलाई हायलकायल बनाउने रणनीतिअन्तर्गत फ्रान्सले ४–३–३ को फर्मेसनमा खेलाउनसक्छ । 

अर्जेन्टिनाविरुद्धको खेलमा एम्बाप्पेले तीव्र गतिको प्रदर्शन गरेर दुई निर्णायक गोल गरेका थिए । उरुग्वेले उनलाई स्पेस नदिनका लागि मिडफील्डमा तोरेरोलाई खटाउन सक्छ । 

अनि ब्लाइसे माटुइडी यो खेलमा सस्पेन्ड भएकाले कोरेन्टिन तोलिसो मिडफील्डमा आउने सम्भावना छ । 

जुझारु उरुग्वेलाई हराउनका लागि फ्रान्सले अर्जेन्टिनाविरुद्ध खेलेको जस्तै तीव्र गतिको खेल देखाउनुपर्ने हुन्छ । समूह चरणको जस्तो अल्छे खेल फ्रान्सले प्रदर्शन गरेमा उरुग्वेले गोलवर्षा गरिदिन सक्छ । 

अनि फ्रान्सका ब्याक पोजिसनका चार खेलाडीले समूह चरणका खेलमा खासै दबाब महसूस गर्नुपरेको थिएन । अर्जेन्टिनाविरुद्धको खेलमा पनि उनीहरू आरामदायी स्थितिमै थिए तैपनि तीन गोल चाहिँ खाए । स्यामुएल उम्टिटी

र रफाएल भरानेको कहिलेकाहीँ ध्यान हट्न जाने देखिएको छ त्यसैले पल पोग्बा र न्गोलो कान्टेले बढी नै सतर्क हुनुपर्छ ।

फ्रान्स र उरुग्वे दुवै टोली विश्वविजेता रहिसकेका छन् । फूटबलमा बाजी लगाउने बूकीहरूले फ्रान्सलाई यस खेलमा फेवरेट मानेका छन् । तर त्यसो भन्दैमा उरुग्वेलाई कम आँक्ने भूल फ्रान्सले गर्ने छैन ।

उरुग्वेको सम्भावित लाइनअप: मुस्लेरा, लाक्साल्ट, गोडिन, जिमेनेन, कासेरेस, बेन्टान्कुर, तोरेरा, भेसिनो, नान्देज, स्टुआनी र सुआरेज
फ्रान्सको सम्भावित लाइनअप: लोरिस, पवार्ड, भराने, उम्टिटी, हर्नान्डेज, कान्टे, टोलिसो, पोग्बा, ग्रीजम्यान, एम्बाप्पे र जीरू  

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x